जयपुरहाट सदर उपजिल्ला
जयपुरहाट सदर
জয়পুরহাট সদর | |
---|---|
निर्देशाङ्क: २५°०६′उ॰ ८९°०२′पू॰ / २५.१००°N ८९.०३३°Eनिर्देशाङ्कहरू: २५°०६′उ॰ ८९°०२′पू॰ / २५.१००°N ८९.०३३°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | जयपुरहाट जिल्ला |
क्षेत्रफल | |
• जम्मा | २३८.५४ किमी२ (९२.१० वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[२]) | |
• जम्मा | २८९,०५८[१] |
समय क्षेत्र | युटिसी६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | जयपुरहाट सदर |
जयपुरहाट सदर (बङ्गाली: জয়পুরহাট সদর) बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला जयपुरहाट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[३]
भूगोल
[सम्पादन गर्नुहोस्]जयपुरहाट सदर उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २५°०१' देखि २५°१३' उत्तर अक्षांश र ८८°५५' देखि ८९°१०' पूर्वी देशान्तरणमा अवस्थित छ। जयपुरहाट सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५२.१८ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पाँचबिबि उपजिल्लाल र भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, क्षेतलाल, आक्केलपुर र बदलगाछी उपजिल्लाले दक्षिण, कालाई र क्षेतलाल उपजिल्लाले पूर्व र धामईरहाट र भारतको।पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। जमुना, तुलसी, गङ्गा आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[४][५]
इतिहास
[सम्पादन गर्नुहोस्]सन् १९५२ २४ फेब्रुअरीका दिन यस उपजिल्लाको सरकारी औषधि बिक्री केन्द्रको मैदानमा एक सभा आयोजना गरिएको थियो जहाँ गोलम चौधरी प्रमुख अथितीको रूपमा रहेका थिए। सन् १९५४ देखि १९५५ सम्म जयपुरहाट सदर उपजिल्लाका उखु कृषकहरूले केही समय देखि चल्दै आएको निरङ्कुश दमनको विरोध गर्दै दर्शना चिनी कारखाना विरुद्ध आन्दोलन चर्काएका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो भने जयपुरहाट सदर उपजिल्ला क्षेत्र नम्बर ७ मा समावेश थियो। २३ मार्चका दिन जयपुरहाट सदरमा स्वतन्त्र बङ्गलादेशको राष्ट्रिय झण्डा फर्फराइएको थियो। २४ अप्रिल १९७१ का दिन पाकिस्तानी सेना जयपुरहाट सदर उपजिल्लामा प्रवेश गरेका थिए भने पाकिस्तानी सेना र आतङ्कबादीहरूको सङ्गठनले एकैसाथ २६ अप्रिलका दिन यस उपजिल्लाको बाम्बु सङ्घ परिषदमा आक्रमण गरी ३७१ सर्वसाधारणहरूको हत्या गरेकन थिए। ५ अक्टोबरका दिन पागल दिवाना गाउँको एक मस्जिदमा जुमा भैरहेका बेला पाकिस्तानी सेनाले अन्धाधुन्ध गोली हानि ३०० स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए। जयपुरहाट १४ डिसेम्बरका दिन स्वतन्त्र भएको थियो।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २५६६९१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३४०५४ छ भने महिलाको जनसङ्ख्या १२२६३७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२५६२२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २८९२१ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ११३४, इसाई धर्मवलम्बीको जनसङ्ख्या ७७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ९३७ रहेको छ। यस उपजिल्लामा सन्थल, मुण्डा र ओरन जनजातिहरू बसोबास गर्छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लामा ४०.०६% कृषि योग्य जमिन छ जसमा ४८.६३% सहरी क्षेत्र र ६४.४३% ग्रामीण क्षेत्र रहेको छ। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, तोरी, उखु आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, नरिवल, केरा, लिची, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, सिमेन्ट उद्योग पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, आलु, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा २० माछापालन केन्द्र, २० कुखुरा पालन केन्द्र, २७६ दुग्ध सङ्कलन केन्द्र र ४ ह्याचरी रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६१.४२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.३१% मजदुरी, व्यापार र उद्योगमा १.१८%, वाणिज्यमा १३.६२%, सञ्चार र यातायातमा ५.१३%, निर्माण क्षेत्रमा १.७०%, सुविधा ८.७१%, धार्मिक सेवा ०.१५% र अन्य ५.७८% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय जयपुरहाट थानाको स्थापना सन् १९१८ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लामा हाल १० सङ्घ परिषद्, १ नगरपालिका, १९८ मौजा र १९२ गाउँहरू।रहेका छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ५२.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५६.९% छ भने महिलाको साक्षरता दर ४७.३% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, ३ प्राबिधिक शिक्षण संस्था, ५८ माध्यमिक विद्यालय, १ प्राबिधिक विद्यालय, ९१ प्राथमिक विद्यालय र ३९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाको केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; जयपुरहाट सरकारी क्याम्पस (सन् १९७२), जयपुरहाट सरकारी महिला क्याम्पस (सन् १९७२), जयपुरहाट कन्या सैनिक विद्यालय (सन् २००६), खाँजनपुर उच्च विद्यालय (सन् १९०१), खाँजनपुर कन्या उच्च विद्यालय (सन् १९११), उचाई जर्का अभिदास उच्च विद्यालय (सन् १९२५), टिघर उच्च विद्यालय (सन् १९४०), रामदेव बजला सरकारी उच्च विद्यालय (सन् १९४६), जयपुरहाट सरकारी कन्या उच्च विद्यालय (सन् १९७७), उत्तर जयपुर बिलाटिरल दखिल मदरसा (सन् १९१८), जयपुरहाट सदिक मदरसा (सन् १९६५) आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ http://www.citypopulation.de/php/bangladesh-admin.php?adm2id=3847
- ↑ "এক নজরে জয়পুরহাট সদর উপজেলা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১০ জুলাই ২০১৪।
- ↑ শাহনাজ পারভীন (सन् २०१२), "জয়পুরহাট সদর", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "জেলা আদমশুমারীর পুস্তিকা ২০১১ দক্ষিণ দিনাজপুর", দক্ষিণ দিনাজপুরের মানচিত্র চতুর্থ পৃষ্ঠায় সিডি ব্লক দেখাচ্ছে, আদমশুমারি পরিচালনা অধিদপ্তর, अन्तिम पहुँच ८ डिसेम्बर २०१८।
- ↑ "জেলা মানব উন্নয়ন প্রতিবেদন", উত্তর দিনাজপুর। পৃষ্ঠা १४: মানচিত্র উত্তর দিনাজপুর জেলার স্থানীয় সেটিং দেখায় (দক্ষিণ দিনাজপুর জেলা অন্তর্ভুক্ত), পরিকল্পনা, পরিসংখ্যান এবং প্রোগ্রাম বাস্তবায়ন বিভাগ, পশ্চিমবঙ্গ সরকার, अन्तिम पहुँच ८ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१८ मिति