मुन्सिगञ्ज जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मुन्सिगञ्ज
মুন্সিগঞ্জ
—  जिल्ला  —
Munshiganj sadar.jpg
उपनाम(हरू): विक्रमपुर
बङ्गलादेशको नक्शामा मुन्सिगञ्ज जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग ढाका विभाग
क्षेत्रफल
 - जम्मा १,००४.२९ किमी (३८७.८ वर्ग मी)
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 - जम्मा १,४४५,६६०
 जनघनत्व
मूलबासी नाम मुन्सिगञ्जी, विक्रमपुरी
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+०६:००)

मुन्सिगञ्ज (बाङ्ला: মুন্সিগঞ্জ জেলা) ऐतिहासिक रुपमा विक्रमपुर द्वारा परिचित, बङ्गलादेशको मध्ये भूभागमा पर्ने एक जिल्ला हो।[१] यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ।[२]

भूगोल[सम्पादन गर्ने]

मुन्सिगञ्ज जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°२३' देखि २३°३८' उत्तर अक्षांश र ९०°१०' देखि ९०°४३' पूर्वी देशान्तरणमा अवस्थित छ। मुन्सिगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९५४.९६ वर्ग किलोमिटर अोगटेको। यस जिल्लालाई ढाकानारायणगञ्ज जिल्लाले उत्तर, मादारिपुरशरियतपुर जिल्लाले दक्षिण, कुमिल्लाचाँदपुर जिल्लाले पूर्व र ढाकाफरिदपुर जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, मेघना, धलेश्वरी यस जिल्लाको प्रमुख नदिहरू हुन्।[३]

इतिहास[सम्पादन गर्ने]

मुन्सिगञ्ज क्षेत्रमा ब्रिटिस शासन काल देखिनै विभिन्न उतारचढाव तथा युद्धहरू भएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मार्च २९ मा शुरू भएको थियो भने यस युद्ध भरि बङ्गलादेशका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच थुप्रै प्रत्यक्ष तथा अप्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थिए। युद्धको शुरूवाती अवस्थामा बङ्गलादेशी नागरिक र केही विद्यार्थीको समूहले बङ्गलादेश सरकार द्वरा केही हातहतियार तथा गोली, बन्दुकहरू प्रप्त गर्दै पाकिस्तानी सेना विरुद्धमा लागिपरेका थिए। ९ मेका दिन पाकिस्तानी सेनाले अन्धाधुन्ध गोलि हानि ४०० भन्दा बढी गाउँलेको गजडिया उपजिल्लामा हत्या गरेका थिए। १४ मेका दिन पाकिस्तानी सेनाले केही युवाको हत्या गरेका थिए। ३१ मार्चका दिन मुन्सिगञ्ज जिल्लाका मानिसहरू नारायणगञ्जका मानिसहरूसँग सहकार्य गर्दै पाकिस्तानी सेना विरुद्धमा लागिपरेका थिए। जुलाई महिनामा धलागाँउमा एक सैनिक शिक्षण संस्थाको स्थापना भएको थियो भने त्यस शिक्षण संस्थामा युवालाई विभिन्न हातहतियारहरू हस्तान्तरण गरिएको थियो जसले पछि पाकिस्तानी सेना विरुद्ध विभिन्न सफल आक्रमणहरू गरेका थिए। ११ अगष्टका दिन बङ्गलादेशी लडाकुको एक समूहले श्रीनगर प्रहरी चौकीमा कब्जा जमाएका थिए भने त्यससैगरि १४ अगष्टका दिन लडाकुहरूले लोहागञ्ज प्रहरी चौकीमा कब्जा जमाएका थिए। सेप्टेम्बर महिनाको समाप्ति हुनु भन्दा अघि बङ्गलादेशी लडाकुले तोङ्गीबाडी प्रहरी चौकीमा कब्जा जमाउँदै त्यहाँ रहेका विभिन्न हातहतियार तथा गोली बन्दुकहरू कब्जामा लिन सफल भएका थिए। बङ्गलादेशी लडाकुको एक समूहले श्रीब्राम्पुरमा पाकिस्तानी सेनाको तीन पानी जहाजमा आक्रमण गरि ३ पानी जहाजहरू ध्वस्त पारिदिएका थिए भने उक्त घटनामन थुप्रै पाकिस्तानी सेनाको मृत्यु भएको थियो। शिवपुर उपजिल्लाको चलन्दिया भन्ने ठाउँमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकुको प्रत्यक्ष गोलि हानाहानमा दुई लडाकुहरू मारिएका थिए। पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीचको प्रत्यक्ष गोलि हानाहानमा ३५ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। पाकिस्तानी सेनाले शिकारनगर भन्ने गाउँमा आक्रमण गरि थुप्रै मानिसहरूको हत्या गरेका थिए भने कयौं घरहरूमा आगजनी समेत गरेका थिए। ११५ बङ्गलादेशी लडाकुले पछि एकमुष्ट आक्रमण गरेपछि मुन्सिगञ्ज लडाकुहरूको अधिनमा आएको थियो। ४ नोभेम्बरका दिन बङ्गलादेशी लडाकुले टोङ्गाबाडी प्रहरी च‌ौकीमा कब्जा जगाएका थिए भने ११ डिसेम्बरका दिन सम्पूर्ण मुन्सिगञ्ज जिल्ला मुक्ति तथा स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १२९३९७२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७५५५८५ छ भने महिलाको जनसङ्ख्या ६३८३८७ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ११८१०१२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११०८०४ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १९२२, इसाई धर्मको १०३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३०८ रहेको छ।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३८.६४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.१७% मजदुरी, व्यापार र उद्योगमा १.६९%, वाणिज्यमा २३.१७%, सञ्चार र यातायातमा ३.७५%, रेमिटेन्समा ५.९५%, निर्माण क्षेत्रमा २.२७%, अन्य क्षेत्रमा १०.८७%, धार्मिक सेवा ०.१९% र अन्य १०.३०% रहेका छन्।


प्रशासन[सम्पादन गर्ने]

मुन्सिगञ्ज प्राचीन बङ्गालको एक पुरानो तथा राजनितीक र साँस्कृतिक हिसाबले एक महत्त्वपूर्ण क्षेत्र थियो। यस क्षेत्रलाई सन् १९८६ भन्दा पहिला आधिकारिक रुपमा विक्रमपुरले चिनिन्थ्यो भने यो ढाका जिल्ला अन्तर्गत पर्‍थ्यो। प्रशासकीय मुन्सिगञ्ज उप विभागलाई सन् १९८४ मा जिल्लामा परिणत गरिएको थियो। यस जिल्लामा हाल ६ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला आलमडाङ्गा (३८०.३८ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला जीवननगर (१९९.३२ वर्ग किलोमिटर) हो।[४][५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ५१.६२% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५४.०७% छ भने महिलाको साक्षरता दर ४९.०७% रहेको छ। यस जिल्लामा १६ कलेज, १ व्यवसायीक शिक्षण संस्था, कलेज, १ नर्सिङ शिक्षण संस्था, ८८ माध्यमिक विद्यालय, ५४९, २९ मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; ररिखल जेसी बोस शिक्षण संस्था र कलेज (सन् १९२१), हसारा केके उच्च विद्यालय (सन् १८७९), बाजरायोगिनी जेके उच्च विद्यालय (सन् १८८३), मुन्सिगञ्ज बहुभाषिक उच्च विद्यालय (सन् १८८५), लोहागञ्ज पाइलट उच्च विद्यालय, माल्खानगर उच्च विद्यालय (सन् १८८५), एभिजिएम सरकारी कन्या उच्च विद्यालय (सन् १८९२), इसापुर उच्च विद्यालय (सन् १८९२), श्वारनग्राम आरएन उच्च विद्यालय (सन् १८९८), आब्दुल्लापुर बहुभाषिक उच्च विद्यालय (सन् १८९९), राय बहादुर श्रीनाथ शिक्षण संस्था (सन् १९१८), विनोदपुर रामकुमार उच्च विद्यालय (सन् १९१९), ब्रह्मगाँउ बहुभाषिक उच्च विद्यालय (सन् १९०२),

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्रहरू[सम्पादन गर्ने]