मादारिपुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मादारिपुर
মাদারিপুর
मादारिपुर जिल्ला
मादारिपुरको आधिकारिक छाप
उपनाम: 
লেকপার্কসিটি
बङ्गलादेशको नक्शामा मादारिपुर जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा मादारिपुर जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°१०′N ९०°०६′E / २३.१७°N ९०.१०°E / 23.17; 90.10निर्देशाङ्कहरू: २३°१०′N ९०°०६′E / २३.१७°N ९०.१०°E / 23.17; 90.10
देश बङ्गलादेश
विभागढाका विभाग
क्षेत्रफल
 • जम्मा१,१४४.९६ किमी (४४२.०७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा१,२१२,१९८
 • घनत्व११००/किमी (२७००/वर्ग माइल)
वासिन्दामादारिपुरी
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
७९००
क्षेत्रीय सङ्केत0661
वेबसाइटwww.madaripur.gov.bd

मादारिपुर (बङ्गाली: মাদারিপুর জেলা) बङ्गलादेशको मध्ये भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

मादारिपुर जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°००' देखि २३°३०' उत्तर अक्षांश र ८९°५६' देखि ९०°२१' पूर्वी देशान्तरणमा अवस्थित छ। मादारिपुर ठजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ११४४.९६ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई फरिदपुरमुन्सिगञ्ज जिल्लाले उत्तर, बरिशालगोपालगञ्ज जिल्लाले दक्षिण, शरियतपुर जिल्लाले पूर्व र ढाकाफरिदपुर जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, मेघना, धलेश्वरी यस जिल्लाको प्रमुख नदिहरू हुन्।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

मादारिपुर क्षेत्रमा ब्रिटिस शासन काल देखिनै विभिन्न उतारचढाव तथा युद्धहरू भएको थियो।[४] बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मार्च २९ मा सुरु भएको थियो भने यस युद्ध भरि बङ्गलादेशका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच थुप्रै प्रत्यक्ष तथा अप्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थिए।[५] ८ डिसेम्बर देखि १० डिसेम्बर सम्म पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच शोमादार पुलमा प्रत्यक्ष गोलि हानाहान भएको थियो जहाँ थुप्रै पाकिस्तानी सेना र बङ्गलादेशी लडाकुहरू घाइते भएका थिए।[६] एक प्रत्यक्ष गोलि हानाहानमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेको एक सङ्गठनले ४० पाकिस्तानी सेनालाई पक्राउ गरेका थिए जसमा १ कप्तान पनि समावेश थिए।[७] बङ्गलादेश मुक्ति अभियानका बेला मादारिपुर उपजिल्लाका ५३ लडाकुहरू मारिएका थिए। [८] पाकिस्तानी सेनाले सेण्डिया जिल्लामा ५० सर्वसाधारणहरूको मृत्यु भएको थियो भने पाकिस्तानी सेनाले थुप्रै मानिसहरूको हत्या, बलात्कार तथा घरटहरामा आगजनी गरेका थिए। मादारिपुर जिल्ला १० डिसेम्बरका दिन स्वतन्त्र भएको थियो।[९][१०][११]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ११४६३४९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५८४०१६ छ भने महिलाको जनसङ्ख्या ५६२३३३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १००१३१६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४३०९३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १७२९, इसाई धर्मको ३९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १७२ रहेको छ।[१२]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६१.३३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.५९% मजदुरी, व्यापार र उद्योगमा ०.८४%, वाणिज्यमा १५.४६%, सञ्चार र यातायातमा २.२७%, रेमिटेन्समा ०.८७%, निर्माण क्षेत्रमा १.७१%, सुविधा ७.२५%, धार्मिक सेवा ०.१९% र अन्य ७.४८% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय मादारिपुर उप विभागको स्थापना सन् १८६४ मा बकिरपुर जिल्लाको अधिनमा भएको थियो भने सन् १८७३ मा यो जिल्ला बकिरपुर जिल्लाबाट छुट्टिएर फरिदपुर जिल्लामा गाभिएको थियो। मादारिपुर उप विभागलाई सन् १९८४ मा जिल्लामा परिणत गरिएको थियो।[१३] यस जिल्लामा हाल ४ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला शिवचार (३२१.८८ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला रोजियोर (२२९.२८ वर्ग किलोमिटर) हो।[१४][१५]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४२.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४६.९% छ भने महिलाको साक्षरता दर ३७.३% रहेको छ। यस जिल्लाका केही प्रख्यात विद्यालय यस प्रकार छन्; सरकारी नाजिमुदिन कलेज (सन् १९४८), सरकारी ब्रहम्गञ्ज कलेज (सन् १९६४), रजियोर डिग्री कलेज (सन् १९७०), शेहबरामपुर कवि नजरुल स्लाम कलेज (सन् १९७२), कलिकानी सयद हुसेन कलेज (सन् १९७२), शोशिकर सहिद स्मृति कलेज (सन् १९७२), चरमुगुडिया कलेज (सन् १९७८), सरकारी सुफिया मोहिला कलेज (सन् १९८४), रिजिया बेगम मोहिला कलेज (सन् १९८५), सयद अब्दुल हुसेन कलेज (सन् १९८९), उतरेल उच्च विद्यालय, चमनगुडिया उच्च विद्यालय (सन् १९३१), दोनाभान सरकारी कन्या उच्च विद्यालय (सन् १९१४), मिथापुर एलएन उच्च विद्यालय (सन् १९१५), अमग्रह उच्च विद्यालय (सन् १९१७), बीरमोहन उच्च विद्यालय (सन् १९१९), पञ्चचार उच्च विद्यालय (सन् १९२०), आरएम उच्च विद्यालय (सन् १९३०), मडबरेरचर आरएम उच्च विद्यालय (सन् १९३०), एसबपुर उच्च विद्यालय (सन् १९३२), कदमबाडी उच्च विद्यालय (सन् १९४२), शोसिखर उच्च विद्यालय (सन् १९४३), कालिकानी पाइलट उच्च विद्यालय (सन् १९४६), सहबराम बहुभाषिक उच्च विद्यालय (सन् १९४६), मुन्सि कदिरपुर उच्च विद्यालय (सन् १९५०), संयुक्त स्लामिया सरकारी उच्च विद्यालय (सन् १९५०), टेकरहाट उच्च विद्यालय (सन् १९५२), भण्डारी काण्डी उच्च विद्यालय (सन् १९५३), टाण्टीबाडी स्लामिया उच्च विद्यालय (सन् १९५३), राजकुमार एडवर्ड शिक्षण संस्था (सन् १९९५) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "পপুলেশন এন্ড হাউজিং সেন্সাস ২০১১", বাংলাদেশ পরিসংখ্যান ব্যুরো, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, আগস্ট ২২, ২০১৯। 
  2. Shahidul Haq (सन् २०१२), "মাদারিপুর", in সিরাজুল ইসলাম, আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "মাদারীপুর জেলা", বাংলাপিডিয়া 
  4. "বাঙালির সাংস্কৃতিক ও বৌদ্ধিক ইতিহাস – পর্ব ৫ – অন্যদেশ" (बाङ्लामा), २०१९-०८-१९। [dead link]
  5. শৈলেন্দ্র নাথ সেন (१९९९), "প্রাচীন ভারতীয় ইতিহাস ও সভ্যতা", নতুন বয়স আন্তর্জাতিক, पृ: २७७–२८७। 
  6. "মাদারীপুর জেলা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, २०१९-०६-२४। 
  7. "মাদারীপুর জেলা পরিচিতি", মিসেস লীনা জাব্বার, ১৯৯৪। 
  8. "উত্তর মাদার্শা ইউনিয়ন", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন 
  9. "যাঁর নামে মাদারিপুর", দৈনিক সুবর্ণগ্রাম, ২১ জুলাই ২০১৯। 
  10. "অসমাপ্ত আত্মজীবনী", দি ইউনিভার্সিটি প্রেস লিমিটেড, ২০১২। 
  11. "১০ ডিসেম্বর মাদারীপুর মুক্ত দিবস", সোময় টিভি (अङ्ग्रेजीमा), २०१९-०८-१९। 
  12. "এক নজরে মাদারীপুর জেলা", মাদারীপুর জেলা, अन्तिम पहुँच २०१९-०८-०३ [dead link]
  13. "আ.লীগের পুরুষরা প্রশাসক নিয়োগ করেছেন", দ্য ডেইলি স্টার, १६ डिसेम्बर २०११, अन्तिम पहुँच २०१७-०५-१८ 
  14. "জেলা প্রশাসক", अन्तिम पहुँच २०१८-०६-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०७ मिति
  15. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]