मानिकगञ्ज जिल्ला
मानिकगञ्ज
মানিকগঞ্জ | |
---|---|
निर्देशाङ्क: २३°५१′N ९०°०१′E / २३.८५°N ९०.०१°Eनिर्देशाङ्कहरू: २३°५१′N ९०°०१′E / २३.८५°N ९०.०१°E | |
देश | बङ्गलादेश |
विभाग | ढाका विभाग |
क्षेत्रफल | |
• जम्मा | १,३८३.६६ किमी२ (५३४.२३ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१]) | |
• जम्मा | १,३९२,८६७ |
• घनत्व | १०००/किमी२ (२६००/वर्ग माइल) |
साक्षरता दर | |
• जम्मा | ५६.०% |
समय क्षेत्र | युटिसी+०६:०० (बङ्गलादेशी मानक समय) |
हुलाक कोड | १८०० |
वेबसाइट | www |
मानिकगञ्ज (बङ्गाली: মানিকগঞ্জ জেলা) बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ।
भूगोल
[सम्पादन गर्नुहोस्]मानिकगञ्ज जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २३°३८' देखि २५°०३' उत्तर अक्षांश र ८९°४१' देखि ९०°०८' पूर्वी देशान्तरणमा अवस्थित छ। मानिकगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३८३.०६ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई टाङ्गाइल जिल्लाले उत्तर, फरिदपुर र ढाका जिल्लाले दक्षिण, ढाका जिल्लाले पूर्व र पाबना, राजबाडि र सिराजगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ।यस जिल्लामा ५ प्रमुख नदिहरू छन्: पद्मा, कालिगङ्गा, जमुना, इचामती र धलेश्वरी। यी नदिहरू सुरमा-मेधना नदि प्रणाली अन्तर्गत पर्छन्। यस जिल्लाको अौसत अधिकतम तापक्रम ३६ डिग्री हुन्छ भने अौसत न्युनतम तापक्रम १२.७ डिग्री हुन्छ। यस जिल्लामा वार्सिक २३७६ मिलिमिटर (९३.५ इञ्च) वर्षा हुने गरेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]मानिकगञ्जको स्थापना ढाका विभाग एक भागको रूपमा भएको थियो। मानिकगञ्जलाई सन् १९८४ मा जिल्लामा परिणत गरिएको थियो।
२६ अप्रिल १९८९ का दिन मानिकगञ्ज जिल्लामा एक भयानक समुन्द्री छाल आएको थियो। उक्त विनाशकारी आँदिमा परि १,३०० मानिसहरूको मृत्यु भएको थियो भने १२,००० घाइते भएका थिए। सेतरिया र मानिकगञ्ज उपजिल्लामा एक प्रतिवेदनका अनुसार ८०,००० मानिसहरू घरवारविहीन बनेका थिए।
बङ्गलादेश मुक्ति अभियान
[सम्पादन गर्नुहोस्]सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो भने तात्कालिक समयमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले सैनिक किल्ला तिर जान लागेका ३०० जना पाकिस्तानी सेना सवार ३ पानी जहाजमा बहबारुद र आक्रमण गरेका थिए जसको फलस्वरूप कयौं पाकिस्तानी सेना र सेना प्रमुखहरू मारिएका थिए। २२ नोभेम्बरका दिन पाकिस्तानी सेनाले घ्योर उपजिल्ला अन्तर्गत पर्ने ताराश्री भन्ने ठाउँमा अन्धाधुन्ध गोली हानि ४१ गाउँलेको हत्या गरेका थिए। १४ डिसेम्बरका दिन बङ्गलादेशी लडाकुले मानिगञ्ज सदर उपजिल्ला अन्तर्गत पर्ने काजीनगर गाउँमा पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए जसको फलस्वरूप सेना तितरबितर हुन बाध्य बनेका थिए। १४ डिसेम्बरका दिन बालटिक गाउँमा भएको पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको प्रत्यक्ष गोलि हानाहानमा केही पाकिस्तानी सेना र लडाकुको ज्यान गएको थियो। १५ डिसेम्बरका दिन बङ्गलादेशी लडाकु र पाकिस्तानी सेना बीच युद्ध भएको थियो जहाँ महम्मदपुर अमिनुर रहमान, सरिफुल स्लाम, चखेल उडिन आदि लडाकुको मृत्यु भएको थियो।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ६९८४४७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ३५३२०१ छ भने महिलाको जनसङ्ख्या ३४५२४६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ११५५२०२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १२९४८८ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २१४, इसाई धर्मको २८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४८ रहेको छ। यस जिल्लाको जनघनत्व ३६७४ रहेको छ। यस जिल्लामा ३५७५ मस्जिद, १६० हिन्दु मन्दिर, १० गृजाघर र ५ बौद्ध स्तुपाहरू रहेका छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५६.१५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.२८% मजदुरी, व्यापार र उद्योगमा १.४८%, वाणिज्यमा १४.०३%, सञ्चार र यातायातमा ३.२५%, रेमिटेन्समा २.१०%, निर्माण क्षेत्रमा १.४५%, अन्य क्षेत्रमा १०.६७%, धार्मिक सेवा ०.२१% र अन्य ७.३७% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय मानिकगञ्ज उप विभागको स्थापना सन् १८८५ मा भएको थियो भने पछि सन् १९८४ मा यसलाई जिल्लामा परिणत गरिएको थियो। यस जिल्लामा हाल ७ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला हरिरामपुर (२४५.४२ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला सुतरिया (१४०.१२ वर्ग किलोमिटर) हो। यस जिल्लाका ७ उपजिल्ला यस प्रकार छन्:
शिक्षा
[सम्पादन गर्नुहोस्]यस जिल्लाको कुल साक्षरता दर ४१.०२% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४६.०३% छ भने महिलाको साक्षरता दर ३५.९८% रहेको छ। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; सरकारी दिभेन्द्र कलेज (सन् १९४२), सरकारी मोहिला कलेज (सन् १९७२), दराग्राम विकू स्मारक कलेज (सन् १९६६), कोन्दाकार नुरल हुस्न ल एकेडेमी, प्राथमिक शिक्षण संस्था, मानिकगञ्ज सरकारी उच्च विद्यालय (सन् १८८४), पटग्राम अनाथ बन्धु सरकारी उच्च विद्यालय (सन् १९१५), नाली बगरिया कृष्ण चन्द्र उच्च विद्यालय (सन् १९१५), धनकोरा गिरिश शिक्षण संस्था (सन् १९१७), धुला बिएम उच्च विद्यालय (सन् १९२०), जमरटा एसजी विद्यालय (सज् १९२१), ताराश्री केएन शिक्षण संस्था (सन् १९२२), इब्राहिमपुर ईश्वर चन्द्र उच्च विद्यालय (सन् १९२३), बारङ्गाली गोपाल चन्द्र उच्च विद्यालय (सन् १९२४), मानिकगञ्ज नमुना उच्च विद्यालय (सन् १९२५), झट्का आनन्द मोहन उच्च विद्यालय (सन् १९२६), सुरेन्द्र कुमार सरकारी कन्या उच्च विद्यालउ (सन् १९३८), बालती ईश्वर चन्द्र उच्च विद्या रलय (सन् १९१९), घियोर डिएन पाइलट उच्च विद्यालय (सन् १९२९), जय मन्ताप उच्च विद्यालय (सन् १९२१), मानिकगञ्ज ईस्लामी मदरसा (सन् १९५३) आदि।[२][३] [४]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৩০ জুন ২০১৬), "এক নজরে মানিকগঞ্জ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-११ मिति
- ↑ "ইনস্টিটিউট তালিকা", বাংলাদেশ মাদ্রাসা শিক্ষা বোর্ড, শিক্ষা মন্ত্রণালয়, अन्तिम पहुँच २१ मार्च २०१९।
- ↑ "কলেজের তালিকা", মাধ্যমিক ও উচ্চশিক্ষা বিভাগ, শিক্ষা মন্ত্রণালয়, अन्तिम पहुँच २१ मार्च २०१९।
- ↑ "क्याम्पसहरूको सूची", माध्यमिक तथा उच्च शिक्षा विभाग, शिक्षा विभाग मन्त्रालय, अन्तिम पहुँच २१ मार्च २०१९।