केन्द्रीय सहिद मिनार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
केन्द्रीय सहिद मिनार
কেন্দ্রীয় শহিদ মিনার
Shaheed minar Roehl.jpg
सन् १९७२ मा पुनर्निर्माण गरिएको केन्द्रीय सहिद मिनार
सामान्य विवरण
अवस्थासम्पूर्ण
प्रकारस्तम्भ
वास्तुकलाको ढाँचाआधुनिक
स्थानढाका, Flag of Bangladesh.svg बङ्गलादेश
ठेगानाढाका मेडिकल कलेज र ढाका विश्वविद्यालय क्याम्पसको बीचमा, ढाका
उचाइ१४ मिटर (४६ फिट)
योजना तथा निर्माण
वास्तुकारहामिदुर रहमान

केन्द्रीय सहिद मिनार (बङ्गाली: কেন্দ্রীয় শহিদ মিনার) सन् १९५२ को भाषा आन्दोलनको एक स्मारक हो। यस स्मारक बङ्गलादेशको राजधानी ढाकाको केन्द्रमा ढाका मेडिकल कलेजको बाहिरी क्षेत्रमा अवस्थित प्रत्येक वर्षको फेब्रुअरी २१ दिन हजारौँ मानिसहरू भाषा आन्दोलनका सहिदहरू प्रति सम्मान तथा श्रद्धाञ्जली दिनका लागि यहाँ आउने गरेका छन्। यो स्मनरक ढाकाको केन्द्रमा स्थित पर्यटकीय स्थलहरू मध्ये एक हो। [१]

पाकिस्तानको स्थापना हुनु भन्दा अगाडिनै आलिगड विश्वविद्यालयका डाक्टर जियाउद्दिनले उर्दु भाषालाई पाकिस्तानको राष्ट्रभाषा बनाउने प्रस्ताव गरेका थिए भने यसको विपक्षमा ढाका विश्वविद्यालयका डाक्टर मुहम्मद शहीदुल्लाहले बङ्गली भाषालाई राष्ट्रभाषा बनाउने प्रस्ताव गरेका थिए। सोही समय ढाका विश्वविद्यालयका अध्यापक आबुल कासेमको नेतृत्वमा तमद्दुन मजलिसले बङ्गला भाषालाई पाकिस्तानको राष्ट्रभाषाको रूपमा दावि गर्दै प्रचार अभियान सुरु गरेका थिए। सन् १९५२ फेब्रुअरी २१ र फेब्रुअरी २२ का दिन ढाका विश्वविद्यालय र ढाका मेडिकल कलेजका विद्यार्थी तथा राजनीतिक कार्यकर्ताहरूको हत्या गरिएको थियो जब पाकिस्तानी प्रहरी बलले बङ्गाली प्रदर्शनकारीहरू माथि गोली चलाएको थियो जसले आफ्नो मातृभाषा बङ्गालीका लागि राष्ट्रको आधिकारिक भाषा बनाउनु पर्ने मागका साथ प्रदर्शन गरेका थिए। पाकिस्तानी सेनाद्वारा विद्यार्थी तथा राजनीतिज्ञहरूको नरसंहार ढाकामा ढाका मेडिकल कलेज र रमना पार्क नजिक भएको थियो। ढाका मेडिकल कलेज र अन्य शैक्षिक संस्थानहरूका विद्यार्थीहरूद्वारा २३ फेब्रुअरीका दिन एक विशाल स्मारकको निर्माण भएको थियो तर त्यसको केही क्षण पश्चात् उक्त स्मारकलाई पाकिस्तानी सेनाले ध्वस्त पारेका थिए।[२]

भाषा आन्दोलनले गति लिँदै लामो सङ्घर्ष पश्चात् बङ्गाली भाषाले सन् १९५६ मा पाकिस्तानमा आधिकारिक भाषाको दर्जा प्राप्त गरेको थियो। भाषा आन्दोलनका सहिदहरूको सम्झनामा सहिद मिनारलाई बङ्गलादेशका मूर्तिकार हामिदुर रहमानद्वारा नोभेरा आहमेदको सहयोगमा नक्शा तैयार तथा निर्माणकार्य गरिएको थियो। देशमा सैन्य शासन लागु गरिएपछि यसको निर्माणकार्यले गति लिन नसकेतापनि यस स्मारकको निर्माणकार्य अन्ततः सन् १९६३ मा सम्पन्न भएक‍ थियो जुन सन् १९७१ को स्वतन्त्रता युद्धसम्म खडा रहेको थियो। सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तान सेनाद्वारा अपरेसन सर्चलाइट नामक एक सुनियोजित सैन्य कार्वाहीमा यस स्मारकलाई पूर्णतया ध्वस्त पारिएको थियो। बङ्गलादेशको स्वतन्त्रता पश्चात् सन् १९८३ मा यस स्मारकलाई विस्तार गरिएको थियो।

इतिहास[सम्पादन गर्ने]

प्रथम सहिद मिनार[सम्पादन गर्ने]

सन् १९५२ फेब्रुअरी २३ का दिन बनाइएको प्रथम सहिद मिनार
दोस्रो सहिद मिनार, २१ फेब्रुअरी १९५४

पहिलो सहिद मिनारको स्थापना सन् १९५२ फेब्रुअरी २१ र २२ का दिन घटेको घटना लगत्तै भएको थियो। यस स्मारकका प्रमुख योजनाकार तथा नक्शा विकासकर्ता साइद हयदरका अनुसार यस स्मारकको स्थापना गर्न निर्णय सर्वप्रथम ढाका मेडिकल कलेजका विद्यार्थीहरूद्वारा गरिएको थियो। सहिद मिनार ढाका मेडिकल कलेज अस्पतालको नजिक र ढाका विश्वविद्यालयको क्षेत्रमा अवस्थित छ। यस स्मारक ढाका विश्वविद्यालयको गणित विभागबाट नजिकैको दूरीमा रहेको छ भने यो शाहबागबाट मात्र ०.५ किलोमीटर (०.३ माइल) को दूरीमा रहेको छ। सहिद मिनार बङ्गलादेशको उत्कृष्ट स्मारक हो। यस स्मारक भाषा आन्दोलनका समयमा भाषाका लागि आफ्नो बलिदान दिएका सहिदहरू प्रति भएका श्रद्धाञ्जलि र सम्मान व्यक्ति गर्न निर्माण गरिएको थियो। भाषा आन्दोलनको मुख्य घटना ढाका मेडिकल कलेज अस्पतालको परिसरमा घटेको थियो। त्यसकारण ढाका मेडिकल कलेज अस्पतालले आफ्नो परिसरमा सहिद मिनारको स्थापना गर्ने निर्णय गरेको थियो। यस स्मारको स्थापना गर्ने निर्णय २२ फेब्रुअरीका दिन भएको थियो भने अर्को दिनबाट निर्माणकार्यले गति लिएको थियो। यस मिनार पुरानो ढाका पञ्चायत सरदारहरू मध्ये एक पिरू सरदारद्वारा प्रायोजन गरिएको थियो भने ढाका मेडिकल कलेज अस्पतालका विद्यार्थीहरूले स्मारक बनाउनका लागि आवश्यक कच्चापदार्थको सङ्कलन गर्नका लागि २२ फेब्रुअरीको मध्यरातमा उनलाई सहयोग गरेका थिए। त्यससमय निशेधाज्ञा जारी रहेकाले विद्यार्थीहरूले २३ फेब्रुअरीका दिन मिनार निर्माणकार्य सुरु गरेका थिए। त्यसदिन रातभर काम गरेर विद्यार्थीहरूले अर्को दिन स्तम्भ खडा गर्न सफल भएका थिए। हातले लेखिएको कागज मिनारसँग जोडिएको थियो जहाँ सहिद स्मृतिस्तम्भो (শহীদ স্মৃতিস্তম্ভ) लेखिएको थियो। प्रमुख मिनारको कुल उचाइ १०.५ फीट (३.२ मिटर) रहेको थियो। यस मिनारको उद्घाटन सोफिउर रहमानका बुबाले गरेका थिए। यस स्मारकलाई २६ फेब्रुअरीका दिन पाकिस्तानी सेना र प्रहरी बलले ध्वस्त पारेका थिए। तत्कालीन समयमा स्मारकका छोटा संस्करणहरू अन्य स्थानहरूमा बनाइएको थियो[३]

पहिलो सहिद स्मारक पाकिस्तानी सेनाद्वारा ध्वस्त पारिएको दुई वर्ष पश्चात् सन् १९५४ मा सोही स्थानमा नयाँ सहिद मिनारको स्थापना गरिएको थियो जुन आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा बनाइएको थियो। यस मिनारको उद्घाटन ढाका विश्वविद्यालयका तत्कालीन अग्रगामी अध्यापक प्रख्यात साँस्कृतिक र साहित्यिक व्यक्तित्व नाट्यगुरु नुरुल मोमिनले गरेका थिए। वास्तुकार हामिदुर रहमानले नक्शा कोरेको ठूलो स्मारकमा निर्माणकार्य सन् १९५७ मा संयुक्त मोर्चा सरकारको सहयोगमा सुरु भएको थियो।[३]

सहिद स्मारक (सन् १९६३-१९७१)[सम्पादन गर्ने]

मओलाना आब्दुल हामिद खान भसानीले सन् १९५६ फेब्रुअरी २१ का दिन सहिद मिनारको शिलान्यास गर्दै

सन् १९५४ को अप्रिल महिनामा संयुक्त मोर्चाद्वारा स्थानीय सरकार गठन गरिएपछि २१ फेब्रुअरीको वार्षिकोत्सवमा विदा दिने घोषणा गरिएको थियो भने त्यसपछि नयाँ सहिद स्मारकको निर्माण सम्भव भएको थियो। सन् १९५६ मा नयाँ स्मारकको शिलान्यास गरिएको थियो भने ढाका विश्वविद्यालय उपकुलपति माहमुद होसेनको अध्यक्षतामा एक सरकारी समिति तथा ललित क्याम्पसका प्राचार्य जयनुल आबेदीन सहितका व्यक्तिहरूलाई स्मारक निर्माणको योजना, नक्शा तयार र अनुमोदन गर्न कामका लागि गठित गरिएको थियो।[४] यस समितिले मूर्तिकार हामिदुर रहमानको सहिद मिनारको नक्शालाई अनुमोदन गरेपछि सन् १९५७ मा सहिद मिनारको निर्माणकार्य सुरु भएको थियो। ढाका मेडिकल कलेज छात्रावासको भूमपको ठूलो क्षेत्रमा हामिदुर रहमानको नक्शा एक विशाल परिसर अन्तर्गत रहेको थियो। स्मारकको विशाल नक्शामा आमाको प्रतीकको रूपमा एक अर्ध गोलाकार स्तम्भ सामेल जुन स्मारकको केन्द्रीय मञ्चमा खडा रहेको थियो। यसमा चम्किलो काँच र गाढा नीलो रङ्गले सूर्यलाई दर्शाउँछ आँखा हो भने त्यसलाई भनि स्तम्भमा सामेल गरिएको थियो। मिनारलाई कलात्मक ढुङ्गाहरूको प्रयोग गरी बनाइएको थियो भने यस मिनारलाई सुन्दर बनाउनका लागि सिँढी र बाँधमा विभिन्न रङ्गहरू लगाइएको थियो। कलात्मक पत्थरहरूको प्रयोग गरी स्तम्भहरूको गतिशील छाया देखाउनका लागि विषेश प्रकारले यसको निर्माण गरिएको थियो। मिनारको आधारमा भाषा आन्दोलनको इतिहासलाई दर्शाउँदै १५००-वर्ग फुट (१४० वर्ग मिटर) भितेचित्रलाई पनि सामेल गराइएको थियो।[५] नक्शाका अनुसार बङ्गाली वर्णमालाबाट सजिएको एक बाँध स्मारको अगाडि बनाइएको थियो भने रातो र कालो रङ्गका दुई पैतालाको निशानले दुई विपरीत शक्तिलाई अङ्कित गर्दछ। यसबाहेक एक सङ्ग्रहालय र एक पुस्तकालय पनि हामिदुर रहमानको नक्शामा सामेल थिए। रहमानले विशेष रूपबाट क्षेत्रको उष्णकटिबन्धीय जलवायुको सामना गर्नका लागि स्मारकको नक्शा बनाएका थिए।[३]

सन् १९५७ को नोभेम्बर महिनामा हामिदुर रहमान र नोभेरा आहमेदको सुपरिवेक्षणमा मिनारको निर्माणकार्य सुरु गरिएको थियो। निर्माणकार्यमा मिनारको आधार, मञ्च, बाँधको साथ केही स्तम्भ, पैतालाको निशान र केही भित्ति चित्र सहित अधिकांश कार्यहरू त्यस क्षेत्रमा सैन्य शासन घोषित गरिएपछि समाप्त भएको थियो भने अपूर्ण रहेको निर्माणकार्यलाई ठप्प पारिएको थियो जुन सन् १९६३ मा सम्पन्न भएको थियो। यस मिनारको उद्घाटन सन् १९६३ फेब्रुअरी २१ का दिन आबुल बरकतकी आमा हसिना बेगमले गरेकी थिइन्। सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा पाकिस्तानी सेनाद्वारा मिनारमा भारी मात्रामा क्षति पुर्‍याइएको थियो। सन् १९७१ मार्च २५ कन दिन सुनियोजित सैन्य कार्वाही तथा नरसंहारको रात स्तम्भलाई ध्वस्त पारिएको थियो पाकिस्तानी सेनाले मिनारलाई पूर्णरूपमा ध्वस्त पार्दै त्यहाँ "मस्जिद" लेखिएको पर्चा गाडेर छोडेका थिए।[६]

सहिद मिनारको पुनर्निर्माण तथा हालको स्थिति[सम्पादन गर्ने]

सन् १९७२ मा बङ्गलादेशका तत्कालीन राष्ट्रपति आबु साइद चौधुरीको नेतृत्वमा एक समिति गठन गरी सहिद मिनारको पुनर्निर्माण कार्यलाई सुरु गरिएको थियो। यस मिनारको मूल नक्शालाई वेवास्ता गरिएतापनि पछिमिनारको भवन निर्माण निर्देशनालयले सन् १९६३ मा मिनारको नक्शालाई अपनाएको थियो। सन् १९६३ देखि संशोधित नक्शा अनुसार मिनारको निर्माण कार्य द्रुत गतिमा अघि बढेको थियो। द्रुतगतिमा गरिएको पुनर्निर्माणका कारण पाकिस्तानी सेनाद्वारा ध्वस्त पारिएको भित्ते चित्र पुनःस्थापना हुन नसकेपछि निर्माण कार्य रोकिएको थियो। पछि हामिदुर रहमानको नक्शाको आधारमा मिनारको पुनर्निर्माण कार्यलाई निर्देशनालयले अनुमोदन गर्नबाट अस्वीकार गरेको थियो। सन् १९८० को दशकको मध्यमा मिनारको तत्कालीन वास्तुकला विभागका प्रमुख वास्तुकारर एसएचएम आबुल बासारको रेखदेखमा मिनारको पुनर्निर्माण कार्यले गति लिएको थियो जसले सहिद मिनारको परिसरको क्षेत्रफल विस्तार गर्दै यसले त्रिकोणीय आकारबाट वृत्त आकार दिएको थियो। पछि यससँग सम्बन्धित संस्थानहरूले हामिदुर रहमानले मूर्तिकार नोभेरा आहमेद र डेनमार्केली वास्तुकार जीन देलेउरनको सहयोगमा तयार पारेको नक्शाको उचित कार्यान्वयनको माग गरेका थिए।[३] एएसएम इस्माइलका अनुसार मिनारको पुनर्निर्माणले आधार भित्ताका दुईव प्रवेशद्वारहरू स्थायी रूपमा बन्द भएका थिए भने १५ वर्षसम्म बेवास्ता गरिएका भित्ताहरूले आफ्नो चमक धेरै गुमाइसकेका थिए। सन् १९८३ मा गरिएको पुनर्निर्माणमा मिनारका वास्तविक अंशहरूलाई कलात्मक पत्थरका साथ पङ्क्तिबद्ध गरिएको थियो। मूल योजनामा एक सङ्ग्रहालय र पुस्तकालयलाई पनि चित्रित गरिएको थियो। सन् २०१० को अगस्ट महिनामा उच्च अदालतले सहिद मिनारको व्यवस्थापन र पुनर्निर्माणका लागि ८ निर्देशनहरू जारी गरेको थियो भने सार्वजनिक निर्माण विभागलाई आफ्नो परिसरमा एक सङ्ग्रहालय र एक पुस्तकालय स्थापना गर्ने निर्देशन दिइएको थियो।

समानुपातिकताको केही त्रुटिहरूको बाबजुद पनि सहिद मिनार निकै आकर्षक छ। यो सहरको सबैभन्दा महत्वपूर्ण स्मारक हो। ढाकाको सहिद मिनारको सम्बन्धि सहरीय साँस्कृतिक इतिहाससँग धेरै नजिकको रहेको छ। यो स्मारक प्राथमिक ढाका पर्यटकीय आकर्षण मध्ये एक ह‍ भने प्रत्यक्ष वर्ष यहाँ हजारौँ पर्यटकहरूले भ्रमण गर्दछन्। यो बङ्गलादेशको सबैभन्दा व्यवस्थित स्मारक हो। प्रत्येक वर्षको २१ फेब्रुअरीको (एकुशे फेब्रुअरी) अवसरमा यस स्मारकलाई विशेष रूपले रेखदेख गरिन्छ भने त्यसदिन यसको परिसर राम्रोसँग धोइन्छ। ढाका विश्वविद्यालयको ललित कला सङ्कायका कलाकारहरूले केन्द्रीय सहिद मिनार परिसरलाई विभिन्न रङ्गका साथ चित्रित गरेका थिए यस प्रकारले सहिद मिनार परिसर वर्षभरी रङ्गीन हुन्छ।[३]

वास्तु नक्शा[सम्पादन गर्ने]

शेरेबाङ्ला आबुल काशेम फजलुल हक र आवामी लिगको पहलमा संयुक्त मोर्चा सरकारद्वारा सन् १९५८ मा एकुशे फेब्रुअरीलाई उत्साहपूर्वक रूपमा सम्पूर्ण पूर्व पाकिस्तानमा मनाइएको थियो। जसले गर्दा सहिद मिनारमा नयाँ प्रतिष्ठानहरूको निर्माण गर्न सरल भएको थियो।[७] बङ्गलादेशका प्रसिद्ध चित्रकार हामिदुर रहमानको पहिचान सहिद मिनारको वास्तुकारको रूपमा भएको थियो जो भाषा आन्दोलनसँग जोडिएका थिए। हामिदुर रहमानको कल्पनामा स्मारको बीच एक उच्च संरचना सामेल थियो जसले आमाको प्रतिनिधित्व गर्दथ्यो भने त्यसको दुवै तर्फ आमाका बहादुर सन्तानहरूको प्रतिनिधित्व गर्ने छोटो संरचनाहरू खडा रहेका थिए र त्यसैगरी त्यसको पछाडि भित्ते चित्र पनि रहेको थियो।[८] स्मारकको अघिल्लो भागमा मूर्तिकार नोभेरा आहमेदले दुई भित्ति चित्र बनाउने योजना गरेका थिए। सहिद दिवसको प्रतीकको रूपमा एक मानवनिर्मित पानीको फोहोरा स्थापना गर्ने पनि योजना गरिएको थियो। यस योजनाका अनुसार केन्द्रीय सहि मिनारको निर्माण कार्य सन् १९५६ को नोभेम्बरमा सुरु भएको थियो। यस स्मारकको नक्शा चित्रमा ढाका मेडिकल कलेजको छात्रावास अगाडि एक विशाल क्षेत्र सामेल थियो तर मूल नक्शा चित्रको आधारमा स्मारकको निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्ने उद्देश्यका साथ यसलाई सरलीकरण गरिएको थियो।

सहिद मिनारको पवित्रता र मर्यादा[सम्पादन गर्ने]

केन्द्रीय सहिद मिनारको सुरक्षा तथा रेखदेख गर्ने काम ढाका विश्वविद्यालय हो यद्यपि बङ्गलादेश सरकार संस्कृति मन्त्रालयले सहिद मिनारमा प्रत्येक वर्षको २१ फेब्रुअरीको उपलक्ष्यमा अनुदान प्रदान गर्दै आएको छ। २१ फेब्रुअरीको दिन बाहेक अन्य समय यो स्मारक ढाका विश्वविद्यालयका अधिकारीहरूको समग्र रेखदेख र व्यवस्थापनमा रहेको छ। सहिद मिनारको परिसरमा विभिन्न गतिविधि तथा निर्माणकार्यहरू गरिएको भएतापनि यी सबै कार्यहरू अपूर्ण अवस्थामा छन्। २१ फेब्रुअरीको दिन बाहेक सहिद मिनार उपेक्षित छ भने यस दिन बाहेक सहिद मिनारको क्षेत्रमा विभिन्न असामाजिक गतिविधि तथा घटनाहरू घटेका थिए। यस ऐतिहासिक क्षेत्र मादक पदार्थ सेवन गर्ने स्थल देखि अस्थायी फोहोर फाल्ने ठाउँसम्म भएको थियो। जसको फलस्वरूप सहिद मिनार क्षेत्रको पवित्रता र प्रतिष्ठानै कलङ्कीत हुन पुगेको छ। यस स्मारकको ऐतिहासिक क्षेत्र नजिकमै कथित रूपमा धार्मिक स्थलको विकास भएको छ। यसबाहेक सहिद मिनारको २० कठ्ठा जमिन हाल कब्जा गरिएको स्थितिमा रहेको छ।[९][१०]

वास्तुकला[सम्पादन गर्ने]

विशाल आकारमा निर्मित सहिद मिनारलाई आमाको प्रतीकको रूपमा एक अर्धवृत्ताकार बनाइएको‍ छ। यस स्मारको पछाडि एक रातो सूर्य चम्की रहेको छ।ढाकाको केन्द्रीय सहि मिनारको कुल उचाइ १४ मिटर (४६ फिट) रहेको छ भने यसलाई कलात्मक ढुङ्गाहरूको प्रयोग गरी बनाइएको छ। यस मिनारलाई सुन्दर बनाउनका लागि सिँढी र बाँधमा सेतो रङ्ग लगाइएको छ। यस मिनारको दुवै तिरका बाँधहरूमा महान कविद्वारा रचित कविताका पङ्क्तिहरूलाई फलामे अक्षरका साथ कोरिएको छ। आगन्तुकहरूले स्मारकभित्र प्रवेश गर्दा देशभक्तहरूको दुई मूर्ति देख्न सक्नेछन् जसले सन् १९५२ को आन्दोलनमा जघन्य सैन्य गोलीबारीमा देशका लागि आफ्नो ज्यान अर्पण गरेका थिए। कलात्मक पत्थरहरूको प्रयोग गरी स्तम्भहरूको गतिशील छाया देखाउनका लागि विषेश प्रकारले यसको निर्माण गरिएको छ। सहिद मिनारको आधारमा भाषा आन्दोलनको इतिहासलाई प्रतिनिधित्व गर्ने १५०० वर्ग-फुट (१४० वर्ग मिटर) भित्ताहरूलाई समावेश गरिएको छ। सहिद मिनार ध्वस्त भएपछि यसको शीघ्र निर्मारको कारण यसलाई गलत रूपबाट पुनर्निर्माण गरिएको थियो। शीघ्र निर्माण गरिँदा यस मिनारको उचाइ कम थियो भने यसको माथिल्लो भाग नक्शामा बनाइएको स्तम्भ भन्दा तुलनात्मक रूपमा अधिक झुकेको थियो। शीघ्र पुनर्निर्माण गरिँदा यस मिनारका विभिन्न भागहरूको अनुपात राम्रोसँग मिलाइएको थिएन।

महत्त्व[सम्पादन गर्ने]

भाषा आन्दोलन बङ्गलादेश सबैभन्दा ठूलो र महत्त्व आन्दोलनहरू मध्ये एक थियो। यस प्रकार केन्द्रीय सहिद मिनारले बङ्गलादेशी राष्ट्रवादको भावनाको प्रतिनिधित्व गर्ने प्रसारको एक प्रतीक हो भने यसले सामाजिक र साँस्कृतिक प्रगतिमा बङ्गाली भाषाको महत्वलाई उजागर गर्दछ। यसको फलस्वरूप बङ्गलादेशको सामाजिक र साँस्कृतिक क्षेत्रमा सहिद मिनारको निकै महत्वपूर्ण स्थान रहेको छ। राष्ट्रिय, शोक, साँस्कृतिक र अन्य गतिविधिहरू प्रत्येक वर्षको २१ फेब्रुअरी (एकुशे फेब्रुअरी) का दिन भाषा आन्दोलन दिवस र सहिद दिवासको उपलक्ष्यमा केन्द्रीय सहिद मिनारमा केन्द्रित हुन्छन्। सन् २००० फेब्रुअरी २१ का दिनबाट २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो।

चित्र दीर्घा[सम्पादन गर्ने]

केन्द्रीय सहिद मिनारको परिसर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. বাসের আল হেলেল (২০১২), "ভাষা আন্দোলন", in সিরাজুল ইসলাম ও আহমেদ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় জ্ঞানকোষ (দ্বিতীয় संस्करण), এশিসাটিক সোসাইটি অফ বাংলাদেশ, मूलबाट ७ मार्च २०१६-मा सङ्ग्रहित। 
  2. আল হেলাল, বাসের (२००३), ভাষা আন্দোলনের ইতিহাস (बाङ्लामा), ঢাকা: আগামী প্রকাশনী, पृ: ৪৭৪–৪৭৬, आइएसबिएन 984-401-523-5 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ আহমেদ রফিক (২০১২), "শহীদ মিনার", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিড়িয়া: বাংলাদেশের জাতীয় জ্ঞানকোষ (দ্বিতীয় संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. ইসলাম, সাইদ মনজারুল (১৯৯৪), এসসে অন একুশে: ভাষা আন্দোলন ১৯৫২ (बङ्गालीमा), ঢাকা: বাংলা একাডেমি, आइएसबिएन 984-07-2968-3 
  5. Hussain, Syed Sajjad (१९९६), The Wastes of Time, Institute of Islamic Culture, ओसिएलसी 41452432 
  6. ইমাম, জাহানারা (१९८६), একাত্তরের দিনগুলি (बङ्गालीमा), ঢাকা: সন্ধানি প্রকাশনি, पृ: ৪৪, आइएसबिएन 984-480-000-5 
  7. ইসলাম, সৈয়দ মঞ্জুরুল (১৯৯৪)। একুশে উপর প্রবন্ধ: ভাষা আন্দোলন ১৯৫২। ঢাকা, বাংলা একাডেমি। आइएसबिएन ९८४-०७-२९६८-३
  8. "Picture BD. Retrieved 12 November 2010."। सङ्ग्रह मिति ३ डिसेम्बर २०१२ 
  9. "কেন্দ্রীয় শহীদ মিনারের পবিত্রতা ও মর্যাদা রক্ষা করতে সরকারকে লিগ্যাল নোটিশ"। ३० जुलाई २०१३। ,দৈনিক সংগ্রাম। তারিখঃ০৭ ফেব্রুয়ারি ২০১০
  10. ৪৮ ঘণ্টার মধ্যে কেন্দ্রীয় শহীদ মিনারের পাশের স্থাপনা উচ্ছেদের নির্দেশ

बाह्य कडीहरू[सम्पादन गर्ने]