फरिदपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फरिदपुर

ফরিদপুর
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लापाबना जिल्ला
क्षेत्रफल
 • जम्मा१३८.३६ किमी (५३.४२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१११,४६४
 • घनत्व८१०/किमी (२,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटफरिदपुर उपजिल्लाको आधिकारिक नक्शा

फरिदपुर (बङ्गाली: ফরিদপুর) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला पाबना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

फरिदपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०५' देखि २४°१४' उत्तर अक्षांश र ८९°२२' देखि ८९°३२' पूर्वी देशान्तरमा अवस्थित छ। फरिदपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३८.३६ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई उलापाडाभङ्गुडा उपजिल्लाले उत्तर, आटघोरियासाँथिया उपजिल्ला दक्षिण, शाहाजदपुर उपजिल्लाले पूर्व र भाङ्गुडाचाटमोहर उपजिल्लाले पश्चिमबाट घेरेको छ। गुमानी, बडाल, चिकनाई, केनाई पहार बिल, आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २२ मे १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको हदाल गाउँमा आचानक आक्रमण गरी १५६ सर्वसाधारणहरूको विभत्स सामूहिक हत्या गरेका थिए भने सेनाले उक्त गाउँका ७० घरहरूमा पूर्णतया आगजनी र महिलालाई दुर्ववहार गरेका थिए। ३० वैशाखका दिन पाकिस्तानी सेनाले राजाकारसँग साझेदारी गर्दैे यस उपजिल्लाको दिमरा भन्ने गाउँमा अन्धाधुन्ध गोली चलाउँदा ८०० सर्वसाधारणहरूको मृत्यु भएको थियो भने सेनाले यस गाउँका महिला माथि दुर्ववहार गर्दै यहाँ रहेका मस्जिद, मदरसा र विद्यालयमा समेत आगजनी गरेका थिए। ४ भाद्रका दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको गोपालपुर भन्ने गाउँका ७०० स्थानीय मानिसहरूको अपहरण गरेका थिए भने उनीहरूले २६ लाई मारिदिएका थिए। २७ रामदानका दिन पाकिस्तानी सेनाले मजात गाउँका ८ सर्वसाधारणहरूको हत्या गरेका थिए भने सेनाले सोही दिन रत्नपुर गाउँका ३ मानिसको समेत हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १२३९१९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६३६१८ छ भने महिलाको जनसङ्ख्या ६०३०१ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ११८९३५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४९७८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६ रहेको छ। यस उपजिल्लामा १५० मस्जिद, २५ हिन्दु मन्दिर, १ गिर्जाघर र १ प्यागोडा रहेका छन्। [३] पार फरिदपुर मस्जिद, चितौलीमा रहेक१ हजरत शाह फरिदको चिहान, चितौलीमा रहेको ठाकुर शम्भु चन्दको आश्रम आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९६.२९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०९% ले पोखरी, ०.५०% ले टुटी र ३.१२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, ६ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्र, १ आँखा अस्पताल, ६ शिशु स्वस्थ्य जाँच केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये १.८८% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए र त्यस्तैगरि सन् १९८० को महाभुकम्पले यस उपजिल्लाको विभिन्न स्थानहरूका जमिन चर्किएका थिए।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, लसुन, प्याज, हरियो खुर्सानी, अदुवा तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, सुख्खा माछा, दुध तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, अमन जातको धान, बदाम, कोदो, तिल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १५ माछापालन केन्द्र, ४६२१ दुग्ध सङ्कलन केन्द्र तथा,२५१ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६९.३०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.४९% मजदुरीमा, उद्योगमा ४.९१%, वाणिज्यमा ११.२३%, सञ्चार र यातायातमा २.३३%, निर्माण क्षेत्रमा ०.६७%, सुविधामा ५.१४%, धार्मिक सेवामा ०.०८%, वैदेशिक रोजगारी तथा भाडामा ०.३१% र अन्यमा ३.५४% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय फरिदपुर उपजिल्लाको स्थापना सन् १८६९ मा गरिएको थियो।[४]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४७.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.५% छ भने महिलाको साक्षरता दर ४३.५% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, १३ माध्यमिक विद्यालय, ११४ प्राथमिक विद्यालय, १ सामुदायिक विद्यालय, ४ बाल उद्धान केन्द्र र ६६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; महम्मद यासिन डिग्री क्याम्पस (सन् १९८२), बनवारीनगर सिबी उच्च विद्यालय (सन् १९१२), दिमरा एचजेड उच्च विद्यालय (सन् १९४७), बानवारीनगर पाइलट कन्या उच्च विद्यालय (सन् १९७२), बानवारीनगर आलिम मदरसा (सन् १९०६), हदला फजिल मदरसा (सन् १९०९) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৬ ডিসেম্বর ২০১৪), "এক নজরে ফরিদপুর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "फरिदपुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]