आटघोरिया उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आटघोरिया
আটঘোরিয়া
आटघोरिया is located in बङ्गलादेश
आटघोरिया
आटघोरिया
बङ्गलादेशको नक्शामा आटघोरिया उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°८′उ॰ ८९°१५′पू॰ / २४.१३३°N ८९.२५०°E / 24.133; 89.250निर्देशाङ्कहरू: २४°८′उ॰ ८९°१५′पू॰ / २४.१३३°N ८९.२५०°E / 24.133; 89.250
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लापाबना जिल्ला
क्षेत्रफल
 • जम्मा१८६.१५ किमी (७१.८७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१२४,४५४
 • घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआटघोरिया उपजिल्लाको आधिकारिक नक्शा

आटघोरिया बङ्गाली: আটঘোরিয়া बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला पाबना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

आटघोरिया बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०३' देखि २४°१२' उत्तर अक्षांश र ८९°१०' देखि ८९°२५' पूर्वी देशान्तरमा अवस्थित छ। आटघोरिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८६.१५ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई चाटमोहरफरिदपुर उपजिल्लाले उत्तर, पाबना सदरईश्रवरदी उपजिल्ला दक्षिण, साँथिया उपजिल्लाले पूर्व र नाटोर जिल्लाको बाडाइग्राम उपजिल्लाले पश्चिमबाट घेरेको छ। इचामती, चिक्नाई, कमला, जलका, ताकीगुरी बिल आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस उपजिल्लाको माझपाडा सङ्घ अन्तर्गत पर्ने एक गाउँ भाङ्सिपाडा घाटमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहानमा १२ लडाकु, १ पाकिस्तानी सेनाका अधिकारी र एक स्थानीय मानिसको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १३६४८० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७०३४३ छ भने महिलाको जनसङ्ख्या ६६१३७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३३५०४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २८५२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ११५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ९ रहेको छ। यस उपजिल्लामा १६१ मस्जिद, १७ हिन्दु मन्दिर र १ गिर्जाघर र १ प्यागोडा रहेका छन्। बेरुन मस्जिद, आटघोरिया मस्जिद, दिबोट्टार मस्जिद, श्रीकान्तपुर मस्जिद, एकदन्त मस्जिद, राधाकान्तपुर मस्जिद आदि यस उपजिल्लाका केही चर्चित धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९५.७४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०९% ले पोखरी, ०.६४% ले टुटी र ३.५३% ले अन्य माध्यमबाट पानीको प्रयोग गरेका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र र ५ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो।[३]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, पानको पात, जुट, उखु, तोरी, लसुन, प्याज, हरियो खुर्सानी, अदुवा तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, गहुँ, जुट, पानको पात तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, कोदो, तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १२५ माछापालन केन्द्र, १७० दुग्ध सङ्कलन केन्द्र तथा २३० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७३.७६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.२५% मजदुरीमा, उद्योगमा ०.९१%, वाणिज्यमा ८.३३%, सञ्चार र यातायातमा २.०९%, निर्माण क्षेत्रमा ०.५३%, सुविधामा ३.९६%, धार्मिक सेवामा ०.०८%, वैदेशिक रोजगारी तथा भाडामा ०.२६% र अन्यमा ४.८३% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय आटघारिया थानाको स्थापना सन् १३ जनवरी १९१५ मा भएको थियो भने सन् १९८३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा ५ सङ्घ परिषद्, १११ मौजा/महल्ला र १२६ गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४४.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.९% छ भने महिलाको साक्षरता दर ४३.२% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, १५ माध्यमिक विद्यालय, १८ मदरसा, ४४ सरकारी प्राथमिक विद्यालय, २९ गैरसरकारी प्राथमिक विद्यालय आदि रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्था यस प्रकार छन्; खदिरपुर डिग्री क्याम्पस (सन् १९९५), दिबोट्टर डिग्री क्याम्पस (सन् १९९५), आटघोरिया डिग्री क्याम्पस (सन् १९७२), खदिरपुर प्राविधिक तथा बजार व्यवस्थापन क्याम्पस (सन् २००३), आटघोरिया पाइलट उच्च विद्यालय (सन् १९५४), दिबोट्टर पाइलट उच्च विद्यालय (सन् १९६६), डिबोट्टर नमुना सरकारी प्रथमिक विद्यालय (सन् १८८०), ताहा इस्लामिया दखिल मदरसा (सन् १९२३), धलेश्वरी इस्लामिया दखिल मदरसा (सन् १९२२) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৬ ডিসেম্বর ২০১৪), "এক নজরে আটঘরিয়া", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "आटघोरिया उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]