१९९१ भारतीय आर्थिक सङ्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् १९९१ को भारतीय आर्थिक सङ्कट खराब आर्थिक नीतिहरू, सार्वजनिक क्षेत्रका असक्षम इकाइको कारणले सिर्जना भएको भारतको आर्थिक सङ्कट थियो । सन् १९९१ जनवरीमा भारतको विदेशी विनिमय सञ्चय १.२ अर्ब डलर थियो [१][२][३] र जुन महिनाको मध्य सम्ममा यो सञ्चय आधाले घट्यो,[३] जुन रकम आवश्यक आयातको लागि मुस्किलले ३ हप्ता मात्र धान्न सक्थ्यो।[२][४][३]

सन् १९९१ को जुनमा भारतको तत्कालीन प्रधानमन्त्री नरसिह रावले पदभार लिए र मनमोहन सिंहलाई वित्तमन्त्रीको रूपमा नियुक्त गरेका थिए।[५] नरसिंह राव सरकारले थुप्रै आर्थिक सुधारहरू आरम्भ गर्‍यो जसलाई भारतीय सञ्चार माध्यममा सामूहिक रूपमा उदारीकरण भनिन्छ। सन् १९९१ जुलाई १ मा भारतीय रिजर्भ बैंकले भारतीय रुपैयाँ ९% र ३ जुलाई मा ११% ले अवमूल्यन गरेपछि सन् १९९१ जुलाई १ बाट भारतीय अर्थतन्त्रमा औपचारिक रुपमा सुधार सुरु भएको थियो।

सन् १९९० मा सुरु गरिएको आर्थिक नीति सुधार कार्यक्रमले आश्चर्यजनक परिणामहरू ल्यायो जसले नाटकीय रूपमा भारतको जीवनस्तरमा सुधार ल्याउन सफल भएको थियो। भारतमा व्यापार उदारीकरण पनि असमानता र सम्बन्धित सामाजिक मुद्दाहरूमा नाटकीय वृद्धिसँग मेल खान्छ। [६]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Rajghatta, Chidanand; Sinha, Prabhakar (४ नोभेम्बर २००९), "Full circle: India buys 200 tons gold from IMF", Rediff News, अन्तिम पहुँच २००९-१०-२० 
  2. २.० २.१ "Why India bought IMF gold", Rediff News, मूलबाट ६ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१०-२० 
  3. ३.० ३.१ ३.२ "RBI to buy 200 tonnes of IMF gold", LiveMint, मूलबाट ३ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१०-२० 
  4. "RBI's gold buying has its own sentimental value: FM", PTI, मूलबाट ६ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१०-२० 
  5. "India shining, India scraping", The Telegraph, मूलबाट ६ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१०-२० 
  6. https://counterview.org/2018/04/04/gini-of-wealth-in-india-in-2017-is-at-0-83-which-puts-india-among-countries-with-high-inequality/ वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१२ मिति