केन्द्रीय बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपालको केन्द्रिय बैंकको भवन

केन्द्रीय बैंक देशको सबैभन्दा ठूलो बैंक हुन्छ जसले निजी र सरकारी बैंकको निरीक्षण गर्दछ । केन्द्रीय बैंकले बनाएका नीति र दिशानिर्देश निजी तथा सरकारी बैंकले मान्नु पर्छ । देशमा कुनै पनि राष्ट्रिय दर नीति केन्द्रीय बैंकले गर्छ । देशमा आवस्यकता अनुसार केन्द्रीय बैंकले मुद्रा छाप्छ । देशको अर्थव्यवस्था अनुसार निजी तथा सरकारी बैंकलाई दिने दिशा निर्देशहरू तय गर्ने काम केन्द्रीय बैंकको हुन्छ । यो बैंकको गभर्नरले नोटहरूमा हस्ताक्षर गर्छन् , जसकारण त्यो नोट देशमा मान्य हुन्छ ।

२० अौं शताब्दीको सुरुवात हुनुपुर्ब सम्म विश्वमा केन्द्रिय बैंकका कार्यहरु स्पस्ट रुपमा परिभासित भै सकेका थिएनन् । वास्तवमा केन्द्रिय बैंकको भूमिका योजनाबद्द र सुबिचारित ढंगले परिभासित र विकास भएको पनि होइन । अाबश्यकता र अनुभवको आधारमा केन्द्रिय बैंकको अबधारणाले क्रमिक रुपमा आकार ग्रहण गर्दै गएको देखिन्छ । नोट निस्कासन गर्ने र सरकारी कारोबार गर्ने एकलौटी अधिकार पाएका वाणिज्य बैंकहरु नै पछी गएर केन्द्रिय बैंकको रुपमा रुपान्तरित हुन पुगेको देखिन्छ । त्यस बखत त्यस्ता बैंकहरु लाई केन्द्रिय बैंक नभनी नोट जारी गर्दा जमानत राख्नुपर्ने र माग भएका बखत त्यस्ता नोटहरुको भुक्तानी सुन चाँदी या दुबैको रुपमा दिने सरकारले जारी गरेका निर्देशनहरु पालना गर्ने कार्य ति बैंकहरुले गर्ने गर्दथे । सरकारले ति बैंकहरुलाई आवश्यकता बमोजिम अरु यस्तै प्रकृतिका जिम्मेवारीहरु थप्दै गए । अन्ततागत्वा त्यस्ता बैंकहरु केन्द्रिय बैंकको रुपमा स्थापित हुँदै गए र केन्द्रिय बैंकले गर्ने कार्यहरु पनि स्तरीकरण हुँदै गयो ।

स्वीडेनको बैंक अफ स्वीडेन विश्वमा सबैभन्दा पहिले स्थापित केन्द्रिय बैंक भएता पनि बेलायतको बैंक अफ इङ्ल्यान्डलाई नै विश्वको सबैभन्दा पहिलो केन्द्रिय बैंकको रुपमा लिईन्छ । बैंक अफ इङ्ल्यान्ड सर्बसाधारण जनतालाई शेयर बिक्री गरी सन् १६९५ मा स्थापना गरिएको थियो । सरकारलाई आवश्यकता पर्दा रीण दिनुपर्ने सर्तमा सरकारले त्यस बैंकलाई नोट जारी गर्ने अधिकार दिएको थियो । सन् १८३३ मा पारीत ऐनले उक्त बैंकले जारी गरेको नोटलाई मात्र मान्यता दिने ब्यबस्था गरेपछी बेलायतको केन्द्रिय बैंक हुन पुग्यो ।

स्वीडेनको रिस्क बैंक अफ स्वीडेन सन् १६५६ मा स्थापना गरिएको भएतापनि नोट छाप्ने अधिकार भने यो बैंकले सन् १८९७ मा मात्र पाएको थियो । त्यसै गरी बैंक अफ फ्रान्स सन् १८०० मा स्थापित भएको थियो पछी गएर नेपोलियन बोनापार्ट ले यो बैंकलाई केन्द्रिय बैंकको रुपमा पूर्णता दिएका थिए ।

बिभिन्न मुलुकका सरकारहरुले यात कार्यरत वाणिज्य बैंकहरु मध्ये कुनै एकलाई नोट छाप्ने सरकारका बिशेष अधिकार र जिम्मेवारी दिएर केन्द्रिय बैंकको रुपमा रुपान्तरण गरे या त यस्ता बिशेष कार्य गर्ने गरी बिशेष सुबिधा र अधिकारहरु दिएर छुट्टै नयाँ बैंक स्थापना गरे ।

केन्द्रीय बैंकका कार्यहरु

  • नोट निस्कासन
  • सरकारको बैंक वा प्रमुख सल्लाहकार
  • बैंकहरुको बैंक
  • बिदेशी बिनिमय नियन्त्रण
  • बैँकिङ प्रथाको विकास
  • पुँजीको परिचालन र राष्ट्र ऋणको ब्यबस्था
  • साख सृजना र नियन्त्रण
  • अन्तिम त्रृणदाता
  • सरकारी कोषको संरछक

केन्द्रीय बैंकले गर्न नहुने कार्यहरु:-

  • कुनै कर्जा प्रदान गर्ने,कुनै पनि किसिमको निक्षेप राख्ने वा कुनै किसिमको आर्थिक उपहार दिने,
  • कुनै वाणिज्य बैंक, वित्तीय संस्था,सार्वजनिक संस्थान वा कम्पनीको शेयर खरिद गर्ने वा अन्य कुनै पनि किसिमले कुनै वित्तीय, व्यापारीक,कृषि,औधोगिक वा अन्य संस्थामा स्वामित्वसम्बन्धी अधिकार प्राप्त गर्ने,
  • कुनै किसिमको व्यापार गर्ने, वा
  • खरिद गरेर,भाडामा लिएर वा कुनै तरिकाबाट चल अचल सम्पत्ति माथी अधिकार प्राप्त गर्ने।

तर आफ्नो कारोबार र व्यवस्था सन्चालन गर्न वा आफ्नो उधेश्य पुरा गर्न आवश्यक पर्ने सम्पत्ति भने बैंकले प्राप्त गर्न सक्नेछ । माथी जुनसुकै कुरा लेखिएको भए तापनि बैंकले देहायका काम गर्न सक्नेछ :- (क) बैंकको आफ्नो काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने काम कामकारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूंजीको दस प्रतिशत ननाघ्ने गरि ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने । (ख) बैंकले आफ्ना कर्मचारीलाइ कर्जा प्रदान गर्ने ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]