नव-चिरसम्मत अर्थशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नवक्लासिकल वा नवशास्त्रीय विचारको प्रतिपादन प्रसिद्ध अर्थशास्त्री अलफ्रेड मार्शलले गरेका हुन् ।

क्लासिकल विचारमा सुधार[सम्पादन गर्नुहोस्]

एड्म स्मिथ र उनका अन्य शास्त्रीय अर्थशास्त्र समर्थकहरूले अर्थशास्त्रको धन सम्बन्धी दिएको परिभाषा धनको विज्ञान ले समाजलाई निकृष्ट र दुखदायी बनाएर समाजका असन्तोष, आर्थिक, असमानता, निराशा र दरिद्रता जस्ता समस्या निम्त्याउने सम्भावना सूचित गर्न थाल्यो । अर्थशास्त्रको यस परिभाषामा मानिसलाई भन्दा धनलाई बढी महत्त्व दिएको छ । यो परिभाषाले अर्थशास्त्रलाई धेरै घृणित गरायो । यसरी अर्थशास्त्रलाई आलोचनाहरूबाट जोगाउन अलफ्रेड मार्शलले प्रयास गरे । उनले अर्थशास्त्रलाई राजनीतिबाट अलग गर्दै मानवीय व्यवहारको अध्ययनको शास्त्रको रूपमा प्रतिष्ठित गराए ।
उनको नयां अवधारणा छिटै प्रसिद्ध भयो । त्यस बेलाका अनेक प्रसिद्ध अर्थशासत्रहिरुले यस विचारलाई समर्थन गरे । यसमा ए.सी. पिगु, इडविन केनन, डब्लु वेभरिज, र जे.बी. क्लार्क विशेष प्रसिद्ध छन् । आज पनि मार्शलको विचारका समर्थक अर्थशास्त्रीहरूको कमी छेन ।

नवक्लासिकल/नवप्रतिष्ठित/नवसंस्थापित अर्थशास्त्र[सम्पादन गर्नुहोस्]

मार्शलले क्लासिकल विचार धारामा सुधार गर्दै अर्थशास्त्रको अध्ययनमा जोड दिएकाले यसलाई नवक्लासिकल, नवप्रतिष्ठित वा नवसंस्थापित अर्थशास्त्रीय सम्प्रदाय Neo-classical School of Economics भनिन्छ ।
नव शास्त्रीय अवधि शास्त्रीय अवधिको समाप्ति लगत्तै शुरु भएको हो । यसको प्रभाव उन्नाइसौँ शताब्दीको अन्तमा सुरु भई बीसौं शताब्दीको मध्यहुन पुगे । यस अवधिमा नवशास्त्रीय अर्थशास्त्रीहरूको नायक तथा अर्थशास्त्रलाई परिभाषित गर्ने अर्थशास्त्री अल्फ्रेड मार्शलको जन्म ई.सं. ज्ञडद्धद्द मा भएको हो । मार्शल क्याम्ब्रिज विश्वविद्यँलयमा अर्थशास्त्रको प्रोफेसरको रूपमा कार्यरत रहंदा प्रिन्सिपल अफ इकोनोमिक्स (सन् १८९०) नामक पुस्तक प्रकाशन गरे ।
यस पुस्तकमा अर्थशास्त्रलाई सामाजिक विज्ञानको रूपमा परिभाषित गरेका छन् । अर्थात् अर्थशास्त्र मानिसको केन्द्रीय महत्त्वको अध्ययन हो भनी व्याख्या गरेका छन् । उनको भनाई अनुसार– “नीतिशास्त्र अथवा अर्थशास्त्रले सामान्य व्यवसायिक जीवनमा मानिसस“ग क्रियाकलापहरूको अध्ययन गर्दछ” यसले मानिसले कसरी आम्दानी गर्दछ र कसरी खर्च गर्दछ भन्ने कुराको खोजी नीति गर्दछ । यसप्रकार अर्थशास्त्रले एकतिर धनको अध्ययन गर्दछ भने अर्कोतिर जुन बढी महत्त्वपूर्ण छ मानिसको अध्ययनको एक भाग हो ।”

मार्शलको परिभाषाका विशेषताहरु[सम्पादन गर्नुहोस्]

अल्फ्रेड मार्शलले अर्थशास्त्रलाई धनको विज्ञानबाट भौतिक कल्याणकारी विज्ञानको रूपमा रुपान्तरण गरेका छन् । उनले धन मानव कल्याणको लागि चाहिने एउटा माध्यमको रूपमा लिएका छन् । अर्थात् मानवको भौतिक कल्याण वा सामाजिक कल्याणलाई पहिलो प्राथमिकता तथा धनलाई दोस्रो प्राथमिकता दिएका छन् । मार्शलले अर्थशास्त्रको परिभाषामा निम्न मुख्य बु“दाहरु व्याख्या गरेका छन् ।

धनलाई दोस्रो प्राथमिकता[सम्पादन गर्नुहोस्]

अल्फ्रेड मार्शलको अर्थशास्त्रको परिभाषाबाट प्रष्ट हुन्छ कि मानिसले धन भौतिक सुखको लागि कमाउने गर्दछ । तसर्थ धन मानिसको जीवनमा दोस्रो प्राथमिकताको रूपमा स्थान ओगटेको हुन्छ र पहिलो प्राथमिकता मानिसको सामाजिक र नैतिक पहिचान गराउनु हो ।

आर्थिक क्रियाकलापको अध्ययन[सम्पादन गर्नुहोस्]

अल्फ्रेड मार्शलले मानिसको सामान्य व्यवसायिक जीवनको आर्थिक क्रियाकलापलाई दुई भागमा बा“डेका छन् । त्यो क्रियाकलाप जुन धनोपार्जनको लागि गरिन्छ त्यसलाई आर्थिक क्रियाकलाप भनिन्छ । र जुन क्रियाकलाप धनोपार्जनको लागि गरिन्न, त्यसलाई अनार्थिक क्रियाकलाप भनिन्छ । मानव जीवनमा कतिपय क्रियाकलापहरु कहिले आर्थिक त कहिले अनार्थिक हुन सक्छ । यदि शिक्षक पढाउनको लागि किताब पढ्छ भने त्यो आर्थिक क्रियाकलाप हो । यदि शिक्षकले किताब रमाइलोको लागि पढ्छ भने त्यो अनार्थिक क्रियाकलाप हो ।तसर्थ, जुन क्रियाकलापमा मानिसले कसरी आम्दानी गर्छ र कसरी खर्च गर्दछ भन्ने कुराको खोज नीति हुन्छ, त्यसलाई आर्थिक क्रियाकलाप भनिन्छ ।

भौतिक कल्याणको विज्ञान[सम्पादन गर्नुहोस्]

अल्फ्रेड मार्शलले अर्थशास्त्रलाई भौतिक कल्याणको विज्ञानको रूपमा परिभाषित गरेका छन् । भौतिक वस्तुहरु जस्तै टि.भि. फ्रिज, पंखा, साइकल, मोटरसाईकल, बस, मोबाइल, आदिबाट भौतिक सुख प्राप्त गर्नुलाई भौतिक कल्याणको रूपमा ब्याख्या गरेको छ । अर्थशास्त्रले अभौतिक कल्याणको व्याख्या गर्दैन भन्ने मार्शलको दृष्टिकोण रहेको छ ।

सामान्य व्यावसायिक जीवन[सम्पादन गर्नुहोस्]

अल्फ्रेड मार्शलको भनाई अनुसार मानिसले त्यस्तो सामान्य व्यावसायिक जीवन रोज्नु पर्छ जसमा उसले आप्mनो परिवारको आधारभूत आवश्यकतालाई पूरा गर्न सक्छ साथै माया, प्रेम, शान, इज्जत, गर्व, सहकारिता आदि जस्ता सामाजिक क्रियाकलापको अनुभव गरी समाजमा आप्mनो राम्रो स्थान प्राप्त गर्न सक्छ । अर्थात् सामाजिक र नैतिक क्रियाकलापलाई पूर्ण रूपले त्याग नगरेर अपार धन कमाउने क्रियाकलापमा संलग्न मानिसको जीवन असामान्य व्यावसायिक जीवन हो ।

सामाजिक विज्ञान[सम्पादन गर्नुहोस्]

अल्फ्रेड मार्शलको भनाई अनुसार अर्थशास्त्रमा सामान्य व्यवसायिक जीवन मात्र सामाजिक व्यक्तिहरूले विताउन सक्छन् । समाजबाट बाहिरिएका व्यक्ति जस्तै साधु, महात्मा, भिखारी, पागल, पुजारी, जोगी आदि अर्थशास्त्रको क्षेत्रमा पर्दैनन् । यसरी कल्याणकारी अर्थशास्त्रको परिभाषाले समाजको अध्ययन गरेको हुंदा यसलाई सामाजिक विज्ञान पनि भनिएको छ ।