नारीवाद


नारीवाद भन्नाले नारीको सामाजिक, राजनीतिक, आर्थिक, व्यक्तिगत वा अन्य कुनै महत्त्वपूर्ण विषयमा पहुँच हुनुपर्छ भन्ने समूहगत विचार हो। विशेत: नारीलाई शिक्षा र रोजगारमा अवसर प्रदान गर्नैपर्छ भन्ने नारीवादको मुख्य विषय रहि आएको छ। नारीवादी सिद्धान्तको उद्देश्य लैङ्गिक असमानताको प्रकृति र कारणहरूलाई सम्झिने र यसको फलस्वरूप जन्म लिने लैङ्गिक भेदभावको राजनीति र शक्ति सन्तुलनको सिद्धान्तहरू माथि यसको असरलाई व्याख्या गर्नु हो। स्त्री विमर्श सम्बन्धि राजनीतिक प्रचारहरूको मुद्दा प्रजनन सम्बन्धि अधिकार, घरेलु हिंसा, मातृत्व अवकाश, भेदभाव र यौन हिंसा माथि रहेको हुन्छ।
नारीवादले आधुनिक समाजलाई पितृसत्तात्मक मान्दछ जहाँ पुरुषको दृष्टिकोणलाई मात्र प्राथमिकता दिइनुका साथै समाजमा महिलाहरूलाई अन्यायपूर्ण व्यवहार र भेदभाव गरिन्छ। यस अवस्थालाई परिवर्तन गर्ने प्रयासमा नारीवाद दृष्टिकोणले लैङ्गिक पूर्वाग्रहविरुद्ध संघर्ष, साथै महिलाका लागि शैक्षिक, पेशागत र अन्तरव्यक्तिगत अवसर र उपलब्धिहरू सुधार गर्ने प्रयासहरू गर्दछन् र महिलामाथि हुने सबै प्रकारका उत्पीडनविरुद्ध संघर्ष गर्छ।[१]
१८औँ शताब्दीको अन्त्यमा युरोपबाट उदाएको नारीवादी आन्दोलनले महिलाका अधिकारका लागि अभियान चलाएको छ र आज पनि चलाइरहेको छ। यसमा: मतदानको अधिकार, सार्वजनिक पदका लागि उम्मेदवारी, काम गर्ने अधिकार, समान पारिश्रमिक प्राप्त गर्ने अधिकार, सम्पत्ति स्वामित्व, शिक्षा प्राप्त गर्ने अधिकार, कानुनी सम्झौता गर्ने अधिकार, वैवाहिक सम्बन्धमा समान अधिकार, र मातृत्व बिदा समावेश छन्। नारीवादीहरूले गर्भनिरोधक पहुँच, कानूनी गर्भपतन, र सामाजिक समावेशीकरण सुनिश्चित गर्ने काम पनि गरेका छन्; साथै महिलाहरू र किशोरीहरूलाई यौन हिंसा, यौन उत्पीडन, र घरेलु हिंसाबाट सुरक्षा प्रदान गर्न पहल गरेका छन्। महिलाको पोशाकका मानकहरूमा परिवर्तन र महिलाका लागि स्वीकार्य शारीरिक गतिविधिहरूको विकास पनि नारीवादी आन्दोलनको हिस्सा हुन्।
सिद्धान्त
[सम्पादन गर्नुहोस्]नारीवादी सिद्धान्तले नारीवादलाई सैद्धान्तिक वा दार्शनिक क्षेत्रमा विस्तार गर्ने प्रयास गरेको पाइन्छ। यसमा मानवशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, महिला अध्ययन, साहित्यिक समालोचना, कला इतिहास, मनोविश्लेषण, र दर्शनशास्त्र जस्ता विभिन्न शैक्षिक क्षेत्रहरूको कार्य समेटिएका छन्। नारीवादी सिद्धान्तले लैङ्गिक असमानतालाई बुझ्ने प्रयास गर्दै लैङ्गिक राजनीति, शक्ति सम्बन्ध र यौनिकतामा केन्द्रित गरेको छ। सामाजिक तथा राजनीतिक सम्बन्धहरूको आलोचना गर्ने क्रममा, यस सिद्धान्तले महिलाका अधिकार र हितको प्रवर्द्धनमा पनि जोड दिएको छ। नारीवादी सिद्धान्तले अन्वेषण गर्ने मुख्य विषयहरूमा भेदभाव, पूर्वाग्रह, वस्तुकरण (विशेषगरी यौनिक वस्तुकरण), दमन, र पितृसत्तात्मक संरचना पर्छन्।
साहित्यिक समालोचनाको क्षेत्रमा एलेन शोवाल्टरले नारीवादी सिद्धान्तको विकासलाई तीन चरणमा वर्णन गरेकी छिन्। पहिलो चरणलाई उनले "नारीवादी आलोचना" भनेकी छिन्, जसमा नारीवादी पाठकले साहित्यिक घटनाका पछाडि रहेका विचारधारालाई विश्लेषण गर्दछ। दोस्रो चरणलाई उनले "गाइनोक्रिटिसिज्म" नाम दिएकी छिन्, जसमा "महिला नै पाठ्य अर्थको उत्पादक"को रूपमा प्रस्तुत हुन्छिन्। अन्तिम चरणलाई उनले "लैङ्गिक सिद्धान्त" भनेकी छिन्, जसमा "लैङ्गिक/लिङ्ग प्रणालीका विचारधारात्मक अंकन र त्यसका साहित्यिक प्रभावहरू" अन्वेषण गरिन्छ।
संस्कृति
[सम्पादन गर्नुहोस्]नारि एक सन्सार, एक भगवान हुन्
[सम्पादन गर्नुहोस्]शास्त्र हरुमा पनि नारीहरुलाई सदा पवित्र बताइएको छ-[२]
स्त्री मुखं च सदा शुद्धम्।(बृहत्पराशरस्मृति, ६।३३७) अर्थ:- स्त्रीहरुको मुख सदा शुद्ध हुन्छ।।
स्त्रियो वृद्धाश्च बालाश्च न दुष्यन्ति कदाचन:।(गरुडपुराण, आचार. २१४।२२) अर्थ:- स्त्री वृद्धा र बालिकाहरु कहिलेपनि अशुद्ध हुँदैनन्।।
स्त्रियो वृद्धास्तथा बाला: न दुष्यन्ति कदाचन:।
क्षुते निष्ठीवने चैव दन्तोच्छिष्टे तथानृते।।(पराशरस्मृति, ७।३७) अर्थ:- मान्यजनलाई दिने खाद्यान्नमा पनि स्त्री वृद्धा र बालिकाहरुले हाच्छ्युँ गर्दा वा थुक पर्दा, दाँतमा जुठो रहदा र झुट बोल्दा दोष लाग्दैन।।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- ↑ Mohajan, Haradhan (२०२२-०६-२०), "An Overview on the Feminism and Its Categories", mpra.ub.uni-muenchen.de (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०८-१८।
- ↑ Nari, Nari (०५), [nari.com "Nari"]
|url=योजना जाँच गर्ने (सहायता), शास्त्रीय प्रमाणहरु प्रस्तुत गरिएको छ।