जिन ज्याक्स रुसो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

जिन ज्याक्स रुसो Jean-Jacques Rousseau (ब्रिटिस: /ˈrs/, अमेरिकी: /rˈs/;[१] फ्रान्सेली: [ʒɑ̃ʒak ʁuso]; २८ जुन १७१२-२ जुलाई १७७८) जेनेभन दार्शनिक तथा लेखक थिए। उनको राजनैतिक दर्शनले युरोपेली ज्ञानोदयको युगको विकासमा तथा फ्रान्सेली राज्यक्रान्ति र आधुनिक राजनैतिक, आर्थिक र शैक्षिक विचारको विकासमा ठूलो प्रभाव छ। उनी एक गरिब परिवारमा जन्मेका थिए र करिब १६ बर्षजति उनी काम र स्थाइ बसोबासको लागि भट्किरहे।उनी एक वेटरदेखी आर्टिस्ट,गाएक सबैथिए।१७४४ मा उनी फ्रान्स पुगे र ५० मा उन्ले पहिलो निबन्ध लेखे।एक प्रतियोगिता जाहाँ, नवोदयकालमा बिज्ञान र कलाको बिकासले मानिसको नैतिक बिकासमा कस्तो प्रभाव पार्‍यो भन्नेबारेको शिर्षक लेख्नु थियो र उनले लेखे, "The discourse of the arts and science"(first discourse)।जस्मा उनले बढ्नुको सट्टा झन् गिरेको तर्क दिए र उनले पहिलो पहिलो पुरस्कार पाए र उनी दार्शनिक माहोलमा जमे।त्यसपछि उनले ५५ मा "The discourse on the origin of inequality" (second discourse) लेखे।जस्मा उनले असमानताको उदय कसरी भयो भन्नेबारेमा लेखे।यो पनि एक प्रतियोगिता थियो तर उनले यसमा जित्न भने सकेनन र पनि मानिसको समर्थन र आलोचना दुवै पाए।अब उनको अर्को एक किताब जन्म्यो जस्ले त्यतिबेला विश्व हाल्लायो।त्यो थियो उनको चर्चित पुस्तक, "Social contract"(१९६५)।जस्मा उनको सम्पुर्ण राजनीतिक दर्शन झलक देखिन्थ्यो। उनको दोस्रो निबन्धमापनि राजनितिक दर्शन देखिन्थ्यो। जस्मा उनले 'state of nature' र 'evolution of society'  को कुरागरे।यसरी उनको सम्पुर्ण बिचार बुझ्न हामी उनको यी दुई किताबको साहरा लिने छौं।                               ✏️    उनको राजनैतिक दर्शनले युरोपेली ज्ञानोदयको युगको(enlightenment) विकासमा तथा फ्रान्सेली राज्यक्रान्ति र आधुनिक राजनैतिक, आर्थिक र शैक्षिक विचारको विकासमा ठूलो प्रभाव पार्यो।उनले 'popular sovereignty' अर्थात सर्बोच्च शक्ति जुन छ,त्तो जनतामा निहित हुने कुरा गरे।उनको दर्शनमा बिरोधाभाष पाइन्छ।जस्तै:   "Man is born free,but every where he is in chains."एकातिर स्वतन्त्रताको कुरा छ भने अर्कोतिर जंजिरको! निकै बिरोधाभाषपुर्ण कथन छ यो।यो हो रुसोको चर्चित कथन, जस्लाई बुझ्न हामीलाई उनको राजनीति दर्शनलाई बुझ्नु जरुरी छ।यस्तै उनको बिचार लाक र हब्स भन्दा निकै भिन्न छ।उनी 'representative democracy' को बोरोधमा देखिन्छन् भने 'direct democracy' का समर्थनमा देखिन्छन् ।त्यस्तै उनको अर्को विशेषता के भने उनको बिचारमा एकसाथ liberas, socialist, democrats र तोतलितरिअन्स सबै सहमत देखिन्थे।यो सब कुराहरू अब हामी उनको बिचारको माध्यमले बिस्तारै बिस्तारै बुझ्ने छौं।                                            👉️State of nature and General will:-यो उनको second discourse मा पाइन्छ।यसरी हामी उनिपनि हाब्स र रुसो झैं प्राकृतिबादि चिन्तक थिए भनेर बुझ्नसक्छौं।त्यस्तै उनी लाक र हाब्स झैं एक सामाजिक सम्झौताबादी चिन्तक थिए भनेर नि बुझ्नसक्छौं।हरेक सम्झौताबादीहरुको लेख 'state of nature' बाट शुरु हुन्छ र यिन्कोपनि यसरी नै शुरु हुन्छ।   ✏️रुसो पहिले state of nature कसरी 'state of war' मा बद्लिन्छ र war बाट छुटकारा पाउन कसरी 'social contract' गर्छ र अन्तमा कसरी सरकार र राज्यको स्थापना हुन्छ भन्दै, यी चारवटा स्तरहरुको ब्याख्या गर्छन्।State of nature➡️state of war➡️social contract➡️Goverment and state.यो स्तरहरु हामी हाब्स र लाकमापनि पाउँछौं।                                                                                    ✏️State of nature अर्थात कुनै समाज नभएको अवस्था र कुनै राजनितीक सत्ता नभएको अवस्थाको एक प्राकृतिक अवस्था हो।जाहाँ कुनै कानुन हुंदैन्।तर रुसो को यो आवस्था हाब्सको झैं नकारात्मक नभै सकारात्मक देकिन्छ।जाहाँ मानिसहारु बिच एकदम शान्ति छ, भाषा छैन र भविस्यको कुनै चिन्ता छैन।'state of bliss' को सकारात्मक अवस्था  हाब्सको 'War of one against all' भन्दा फरक।याहाँ मानिसबिच कुनै झैझगडा छैन, किनकी मानिस एक्लो बस्छ्न्, समाज बनेकै छैन।स-सानो संख्यामा मानिस बस्छन्।याहाँ न कुनै सद्गुण छ न अवगुण नै छ, न कुनै चिजको अभाव छ न प्रचुरता छ र याहाँ न कोहि खुशी छ न दुखी।यी कुरा मानिसलाई थाहै छैन, जस्तै जनावर झैं।तर यश पशु झैं 'state of nature' को समयमापनि मानिसमा दुई गुणहरु हुन्छ। पहिलो हो स्वतन्त्रताको अर्थात आफ्नो निर्णय आफैं लिने क्षमता।बरु एउटा पत्थर माथी बाट तल झर्दा स्वतन्त्र झैं देखिएपनि बास्तबमा  गुरुत्वबलले गर्द तल झरिरहे झैं देखिन्छ, एउटा बाघ निडर शिकारी झैं देखेपनी उ भोकले या भनौं प्रकृतिले बाँधिएको  छ।तर मानीसमा प्रकृतिको बन्धन टोड्नेपनि क्षमता छ।               ✏️दोस्रो मानिसमा भएको गुण हो।दया र मायाको,जुन अरुप्रति झल्किन्छ।यहि दुई योग्यताले मानिसलाई 'The noble savage' अर्थात सभ्य जंगलि बनाउने तर्क रुसोको छ।तर बिस्तारै  खासगरी निजि समप्त्तिको बिकाससँगै मानिस बिस्तारै भ्रष्ट हुन थाल्छ र state of nature बाट बाहिर आउन थाल्छ।यहि निजि सम्पत्तिले नै बास्तबमा मानिसलाई state of nature बाट बाहिर ल्याइ समाजको जन्म दिने कुरा रुसो भन्छन् ।"The first person who having enclosed a piece of land, took into his head to say this is mine and found people simple enough to believe him was the true founder of society." यसरी निजि सम्पत्ति बाट समाजको निर्माण र असमानताको उत्पत्ती(तेरो र मेरोको भावना)र असमानताबाट दुख र कष्टको सुरुवात भएको मानिन्छ। यो असमनताले मानिसको state of nature मा भएको freedom मा धक्का पुग्छ।किनकी निजि सम्पत्ति जोसँग हुन्न, उ भएकाहरूकोमा निर्भर हुनुपर्ने अवस्था आउँछ।  ✏️त्यसोभए मानिस निजि सम्पत्तिको इच्छा किन राख्छ त?  रुसो भन्छ्न् , भौतिक सुबिधाको आवस्यकता भन्दापनि आफुप्रती गरिने प्रेम(self love) लागि गरिन्छ।हामी आजपनी हरेक कुरा भौतिक आवश्यकताको लागिमात्र सामान जोड्दैनौ।यस्तो self love दुई किसिमको हुन्छ।पहिलोलाई रुसोले भने 'Amour de Soi', अर्थात आफुलाई जिवित राख्न खोज्नु(love for self preservation)।जिवित राख्ने प्रयासमा गरिने सम्पत्ति रक्षा, जुन उचित देखिन्छ।तर सम्स्या दोस्रो self love मा देखिन्छ, जस्लाई उनले भने 'Amour propre' अर्थात अरुबाट सम्मान र आफ्नो पहिचान बनाउन गर्ने अस्वस्थ प्रतिस्पर्धा, जस्बाट खतरनाक अवस्था सुरु हुन्छ।यदि आफुले सोछे जस्तो सम्मान पाइएन भने enemity को सुरुवात हुन्छ।यसरी निजि समपत्तिले हामीलाई बिस्तारै 'state of nature' बाट 'state of war' मा पुर्याउँछ भन्दै मार्क्सपछी निजि सम्पत्तिको यति धेरै बिरोध गर्ने दोस्रो ब्यक्ति बने।मार्क्स आफैं रुसोबाट प्रभावित थिए।तर रुसोले निजि सम्पत्तिले मानिसको मनिबिज्ञानमा कस्तो प्रभाव पर्‍यो भन्ने कुरा गरे भने मार्क्सले यस्को भौतिक अवस्थामा ज्यादा केन्दृत भए। यसरी मानिस war बाट मुक्त हुन 'social contract' को अवस्थामा आए।यस्तो सामाजिक सम्झौता रुसोको दोस्रो निबन्ध र उन्को सामाजिक सम्झौताको किताब दुबैमा पाइन्छ।उन्को पहिलो सामाजिक सम्झौता झन् खतरनाक थियो।किनकि यो धनी, जोसँग निजि सम्पत्ति धेरै थियो उस्ले आफ्नो सम्पत्तिको रक्षार्थ यस्तो सम्झौता बनाएको थियो।जस्ले यस्तो युद्धको अन्त गर्न सरकार बनाउनुपर्ने अवधारणा अघि सारे र "मरता क्या नहि करता भने झैं", गरिबहरु स्विकार्न बाध्य हुन्छन् , तर यो सरकारमा त्यही धनिहरुको बर्चस्व रहन्छ र उनिहरुले शक्तिको माध्यमबाट त्यस्तो असमानतालाई पुन जिवितै राख्छ्न्, जुन गलत र बैध थिएन।किनकि यस्ले असमानता र निर्भरतालाइउ हटाएन बरु झन् बढायो।त्यसपछि यिनले आफ्नो पुस्तक "Social contract" मार्फत यस्तो सम्झौतालाई कसरी बैध बनाएर समाधान गर्नसकिन्छ भन्ने तर्फ लागे। यसरी उनको कथन    "Man is born free,but every where he is in chains." याहाँ आएर सार्थक देखिन्छ कि, प्राकृतिक अवस्थामा जुन स्वतन्त्रता र समानता थियो त्यो बिस्तारै बिस्तारै समाज बने सँगै गुम्दै गएर एक आसमानता र निर्भरता बढ्दै गएकोथियो।त्यो जंजिर भनेकै बास्तबमा परर्निभर्ता थियो जुन जन्मिदां स्वतन्त्र भएको मानिसमा बाँधिन आयो।बास्तवमा समाजमा यस्ता थुप्रै जंजिरहरु छ्न्, जस्ले हामीलाई परनिर्भर बनाएको छ।हामी एकाअर्कासँग निर्भर छौं, सरकारसँगपनि यसैले हामी स्वतन्त्र भएतापनी कैदमा छौं।तर कतिले रुसो पुन पहिलेकै प्राकृतिक अवस्थामा जान चाहेको बताए।रर रुसोले ख्ण्डन गर्दै यो असंभव रहेको बताए।त्यसो गर्दा एक घरपालुवा जनावरलाई जंगलमा छोड्नु जस्तो हुन्छ।तर समाजभित्र रहेरपनी हामी पुन पहिलेकै झैं सामानता र स्वतन्त्रता भएको प्राकृतिक अवस्थामा पुग्न सक्छौं, जस्कोलागि हामीलाई पुन एक सामाजिक संम्झौताको आवश्यकता छ।                                                            👉️Social Contract: - उन्को social contract यस्तो छ।पहिलो हरेक ब्यक्तिको जीवन र संम्पत्तिको रक्षागर्नु(similar to Locke) र दोस्रो पहिलेको state of nature कै अवस्थाको स्वतन्त्रताको पुन प्राप्तिगर्नु(go back to nature)।तर यो बिरोधाभाष छ।अब हामीले एकअर्काको सम्मान र रक्षाकपनि बन्नु छ र पुन पहिलेको अवस्थापनि प्राप्तगर्नु छ।यस्तो कसरी संभाव छ? ओशो भन्थे,"All civilization are corrupted ". जुन पहिलेको सिधा, निश्च्ल,एककर्कामा माया र सहयोग गर्थ्यो, तर यो सभ्यताको नाममा सब एक अर्कालाई खसाल्न र निचो देखाउन ब्यस्त छ,भ्रस्ट र कपट छ।तर  अब हामी कुनप्रकारले फेरि पहिलेको अवस्थामा त जान नस्क्ने तर त्यस्तो बैज्ञानिक तरिकाले स्वतन्त्रता प्राप्त गर्नुपर्ने भन्दै रुसोले नारादिए, "Go back to bature"।त्यस्कोलागी रुसोले सम्पुर्ण को सामुहिक हित(collective interest)  पुराहुने 'general will' को अवधारणा अघि ल्याउँछ्न्। एक ब्यक्तिभित्र तीन प्रकारको will हुन्छ।1.)General will(सबैको), 2.)Corporate will(सामुहिक), 3.)Private will(ब्यक्तिगत). जस्तो corporate will मा मानिस आफ्नो समुहको हितमात्र चाहन्छ,जस्तै आफ्नो जातिको, धर्मको,देशको,आफ्नो समुहको तर general will मा समुर्ण as a one हुन्छ।जस्तो बातावरणिय रक्षा गर्नु, युद्द रोक्नु आदि general will हुन्।private will र corporate will लाई general will मा coinside गर्नुपर्छ।यसरी social contract को माध्यमबाट ब्यक्तिले gernel will के हो निर्णय गर्नुपर्ने छ र यसैको पालनागर्नुपर्ने छ।किनकि यो will हामीले नै मिलाएर बनाएका हुन्छौं।त्यसपछि हामी आफैंमा स्वतन्त्र हुन्छौं।यानी general will सबैको सहमतिमा बनेको will हो। तर यो आर्थिक समानतामामात्र संभव छ।General will unitary हुनुपर्छ, यानी एक ठाउँको एक general will, एक राज्य एक general will ।त्यस्तै general will मा मानिसको real will र actual will बिच भिन्न्ता हुन्छ।याहाँ केबल मानिसको real will को मात्र उप्स्थित हुन्छ, जुन सबैको साझा हितमा लागू हुन्छ।"General will is different than will of all."अनि यसरी बनाइएको general will सर्बसम्म्त हुन्छ। याहाँ यस्तो gernal will पालना गर्ने अधिकार हाब्सले राजालाई दिए भने, लाकले सरकार चुन्ने र सरकारले हामीलाई दिशा देखाउने कुरा भने, तर रुसोले sovereignty अर्थात हरेक  ब्यक्ति आफ्नो शासक आफै हो। आजभोलि यहि चलेको छ संप्रभुता कसमा जनतामा। यसरी रुसोले प्रजातान्त्रिक अवधारणालाई जन्माए।यहि हो रुसोको 'direct democracy' अर्थात आफ्नो लागि कानुन अफै बनाउ।तर राज्यको will मा यदि धर्म, जाति आदिको कुरा आउँछ भने त्यो actual will बन्छ, real will होइन् ।                                     👉️Rousseau's concept of freedom: - Freedom लाई दुई तरिकाले बुझ्न सकिन्छ।1.)Freedom as absence of restraints."Freedom for something". :  जाहाँ हाब्सले जाहाँ कानुन चुप छ, त्यो काम गर्न हामी स्वतन्त्र हुने बताए।अर्थात हाब्स र लाकका अनुसार fredom त्यो हो जुन कुनै काम गर्नमा रुकावट नआवोस्।                   2.)Freedom as self-determination. "Freedom to become something." : यस्मा, यदि एक ब्यक्ति आफ्नो इच्छा अनुसार मस्तले चुरोट पिउँछ भने त्यो ब्यक्ति के स्वतन्त्र छ? तर रुसो भन्छन् , छैन।किनकि हरेक ब्यक्तिमा एक higher self र अर्को lower self हुन्छ।जको बिच द्वन्द्व हुन्छ।याहाँ चुरोट पिउनु राम्रो होइन भन्ने high self हुंदा हुंदैपनि उस्को lower self हावी हुन्छ र उ चुरोट पिउँछ।फ्रायडले ego ले id र super ego लाई नियन्त्रणमा राख्छ भने झैं।त्यसैले स्व्तन्त्रतामा self-determination को आवश्यकता पर्छ।तर यस्तो संकल्पमा higher self हावी हुनु जरुरी छ।याहाँ एक स्वस्थ बन्ने र नबन्ने स्वतन्त्रता छ।कतै सार्त र कृष्णले भने झैं कर्म गर्ने अधिकारको स्वतन्त्रता।✏️याहाँं रुसो lower self भन्दा ब्यक्तिको higher self हावी भएमात्र उसलाई पुर्ण स्वतन्त्र भन्न सकिने बताए।त्यस्तै एक समुदायमापनी यी दुई सेल्फ हुन्छ।रुसोको अनुसार एक समुदायको lower self त्यतिबेला हुन्छ, जब उ actual will र corporate will मा चल्छ।तर यदि higher self छ भने त्यो समुदाय general will मा चलेको हुन्छ।दाउराकोलागि रुख काट्नु lower सेल्फ र रुख रोप्नुचाहिं general will यानी higher self।यओ general will नै सार्वभौम हुन्छ, किनकी यो सामुहिक हितको लागि लोकले नै बनाएको हुन्छ।हाब्स भन्थे, "Freedom is the silence of law" अर्थात जाहाँ कानुन चुप छ त्यहिं स्वतन्त्रता छ, तर रुसोले भने, "Freedom begins with the law"। किनकि कानुन त त्यही general will पुरागर्न बनाइएको हो। याहाँ यो general will पुरागर्ने agency चाहिँ सरकार हुन्छ, जो यस्लाई कार्वयन गर्छ।उनले representive democracy को आलोचना गरे र भनेकी यस्मा जनता प्रतिनिधित्वको निर्भरतामा रहन्छ                                      👉️Criticism: - रुसोको gernal will ले direct democracy जन्माउँछ।तर यो स-सानो राज्यमा त संभव छ तर ठुला-ठुला देश, जस्तो भारत, चिनमा यो संभव छैन्।त्यसैले यसलाई आलोचक हरुले सुन्दर झुठ(noble lie) भने।किनकी कसरी थाहा हुन्छ कि कसैले real will को लागि काम गरिरहेका छन् कि actual will को लागि काम गरिरहेको छ्न्।याहाँ check and balance को कुनै सयंन्त्र बनाउन असंम्भव छ।त्यसैले  यस्ले totalitarian जन्माउँछ।किनकि याहाँ कसैले gernal will पूरा गर्न काम गरे नगेरेको हेर्ने संयन्त्रै छैन्।तर gernal will को लागि काम गरेको भनेर गरिएको कार्यको कुनै टोड नै छैन्।त्यसैले हिटलरले आफ्नो actual will पुरागर्न राष्ट्रियताको साहरा लिएका। कसैले रुसोको general will हाब्सकै "Levithein" को घुमौरो रुप हो भने जाहाँ हाब्सले जुन सार्बभौमसत्ता बनाए त्योपनी एक absoulote थियो।त्यस्तै रुसोको general will ले जे भन्छ त्यही absoulte हुन्छ।" अर्थात रुसोको general will ,हाब्सकै लेबिथियन नै हो तर त्यस्को शिर काटिएको छ।Rouseaau's general will is Hobbe's Leviethan, but his head chopped off."महिलाबादीहरुलेपनी आफुहरु यस्तो general will मा पर्न मुस्किल रहने कुरा गरे।


जीवनी[सम्पादन गर्नुहोस्]

दर्शन[सम्पादन गर्नुहोस्]

धर्म[सम्पादन गर्नुहोस्]

विरासत[सम्पादन गर्नुहोस्]

कार्यहरु[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

टिप्पणी[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Webster, "Rousseau", Random House Webster's Unabridged Dictionary, Random House। 

पुस्तक[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्क[सम्पादन गर्नुहोस्]