नेपोलियनकालीन युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपोलियनकालीन युद्ध (सन् १८०३-१८१५) नेपोलियन प्रथमको नेतृत्वमा रहेको फ्रान्सेली साम्राज्य र सहयोगी र अन्य युरोपेली शक्तिको गठबन्धन; जसको खर्च तथा नेतृत्व संयुक्त अधिराज्यले गरेको थियो। यो युद्ध फ्रान्सेली राज्यक्रान्ति पछि समाधान नभएका विवादसँग सम्बन्धित छ। यो युद्धलाई कहिलेकाँही पाँच द्वन्दहरूमा वर्गीकरण गरिन्छ।

फ्रान्स विरुद्ध तेस्रो समूहको गठन[सम्पादन गर्नुहोस्]

तृतीय गुट युद्ध पहिले १८०५ मा युरोपको रणनीतिक स्थिति

यूरोपमा अन्य देश माथि नेपोलियनको आधिपत्य स्थापित गर्ने प्रयासहरूलाई निष्फल गर्नको लागि यूरोपको मुख्य राज्यहरूले १८०५ ई. मा नेपोलियन र फ्रान्स विरुद्ध तृतीय गुट बनाए। यसको नेतृत्व बेलायतले गरेको थियो। यस गुटमा इङ्ल्यान्ड, अस्ट्रिया, रूस, स्विडेन जस्ता देशहरू थिए, जबकि अस्ट्रियाको विरोधी दक्षिणी जर्मन राज्यहरूले यो समूहको विरुद्ध नेपोलियनलाई समर्थन गरे।

फ्रान्स र इङ्ल्यान्डको युद्ध[सम्पादन गर्नुहोस्]

मे १८०३ मा फ्रान्स र बेलायत बीच परस्पर युद्ध भयो। नेपोलियनले इटालीको पिडमोन्ट राज्यलाई फ्रान्समा सम्मिलित गर्यो। हल्याण्डलाई आफ्नो अधिकारमा लिनको लागि त्यहाँको एण्टवर्प बन्दरगाहमा जल सेनालाई विस्तृत कार्य प्रारम्भ गर्यो। फ्रान्सको यो कार्य बेलायतको हित विपरित थियो। त्यसकारण १८ मे १८०३ मा इङ्ल्यान्डले फ्रान्स विरुद्ध युद्ध घोषणा गर्यो।

सन्दर्भ[सम्पादन गर्नुहोस्]