सामग्रीमा जानुहोस्

अग्नीप्रसाद सापकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अग्निप्रसाद सापकोटा
Agni Prasad Sapkota
अग्निप्रसाद सापकोटा
१८ औं प्रतिनिधि सभा सभामुख
पदमा
२०७६–२०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीकृष्णबहादुर महरा
उतराधिकारीदेवराज घिमिरे
सूचना तथा सञ्चार मन्त्रालय
पदमा
मे २०११  जुलाई २०११
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीकृष्णबहादुर महरा
उतराधिकारीपोष्टबहादुर बोगटी
व्यक्तिगत विवरण
जन्म (1958-03-07) ७ मार्च १९५८ (उमेर ६८)
दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी
दम्पतीतारा देवी सापकोटा
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

अग्निप्रसाद सापकोटा प्रतिनिधि सभा सभामुख थिए । सिन्धुपाल्चोक-२ बाट निर्वाचित एकीकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा उक्त पार्टीका केन्द्रीय सदस्य पनि थिए । संविधान सभा निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई धेरै मतान्तरले जित्ने १० जनामध्ये सापकोटा एक हुन्। उनी सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ फागुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मेका थिए । पूर्वशिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सङ्घीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजकसमेत रहेका सापकोटा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रवक्तासमेत थिए। प्रचण्डका नजिकका नेता मानिने सापकोटालाई पार्टीको प्रभावशाली नेताको रूपमा पनि हेर्ने गरिन्छ।

२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए। माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए।

सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका पूर्वप्रधानाध्यापक सापकोटाले शिक्षण पेसा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए। २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि त्यतिबेला उनी पराजित भए। सापकोटाकी श्रीमती तारादेवी पनि माओवादीको क्षेत्रीय सदस्य हुन्।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]