सामग्रीमा जानुहोस्

पोष्टबहादुर बोगटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोष्टबहादुर बोगटी
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन, उर्जामन्त्री
व्यक्तिगत विवरण
जन्मthumb
२०१० साल साउन ३
नुवाकोट, तुप्चे
सञ्चारमन्त्री भएपछि बोगटी
मृत्यु२०७१ भदौ ३०
काठमाण्डौं
right
सञ्चारमन्त्री भएपछि बोगटी
चिहानthumb
200px
right
सञ्चारमन्त्री भएपछि बोगटी
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
जीवनसाथीसञ्चारमन्त्री भएपछि बोगटीराम माया बोगटी
सन्तानरबि बोगटी,प्रतिभा बोगटी,प्रभा बोगटी
अभिभावक
  • thumb
  • 200px
  • right
  • सञ्चारमन्त्री भएपछि बोगटी

पोष्टबहादुर बोगटी (विक्रम सम्वत २०१०-२०७१) नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री थिए। उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट -३बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका थिए। संविधानसभा सदस्य पोष्टबहादुर बोगटी हाल एकीकृत नेकपा माओवादीको सचिव पनि हुनुहुन्छ। नुवाकोटको तुप्चेका स्थायी बासिन्दा बोगटी आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा जनयुद्ध थालनीसंगै सपरिवार भूमिगत हुनु भएको थियो। ८ कक्षा सम्म मात्र औपचारिक शिक्षा हासिल गर्नुभएका बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिनुहुन्छ। उहाँका छोरा रवि वोगटीको विद्रोह कै क्रममा हत्या भएको थियो। पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका बोगटी केही समय नुवाकोट भाल्चेस्थित भेडा फर्ममा सरकारी जागीरे पनि हुनुहुन्थ्यो। विचारमा दृढ र व्यवहारमा सहज पोष्टबहादुर बोगटी गैर माओवादीहरुका बीचमा पनि मिलनसार नेताका रूपमा परिचित थिए । समाजिक सेवाबाट राजनीतिमा प्रवेश गरेका बोगटी राजनीतिबाट लिने होइन, देश र जनताको सेवा गर्ने हो भन्नेमान्यता स्थापित गर्न सफल भए । बोगटीको जन्म नुवाकोटको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते भएको थियो । सामान्य किसान परिवारमा जन्मिएका बोगटी आफ्नो गाउंमा सहकारीमार्फत समाजसेवामा सक्रिय थिए । सहकारीमा सक्रिय हुंदै गर्दा बोगटी समाजबादतर्फ आर्कर्षित भए । २०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बोगटी माओवादीले सशस्त्र संर्घष थाल्नुभन्दा पूर्व नै भुमिगत राजनीतिमा थिए । बोगटी एकीकृत नेकपा माओवादीका संस्थापक मध्ये एक हुन् । माओवादीले सशस्त्र संर्घष थाल्नुपूर्व भएको गोरखाको सिरानचोकमा गरिएको फौजी तालिममा सहभागी केही नेता मध्ये उनी एक थिए । माओवादीको संशस्त्र संर्घषताका बोगटीले माओवादीको पश्चिम क्षेत्रको कमाण्ड सम्हाले । बोगटीले नेतृत्व गरेको पश्चिम कमाण्डमा माओवादी संर्घष चांडै विस्तार भएको थियो । सरल र सालीन स्वभावका बोगटी सबैसंग मिल्न सक्ने नेता थिए । विचारमा दृढ र व्यवहारमा सहज बोगटीलाई गैरमाओवादीहरु पनि मिलनसार नेताका रूपमा बुझ्ने गर्दछन् । बोगटी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अत्यन्त निकट बोगटीले माओवादी अन्तरसंर्घषमा बोगटीले सधैं अध्यक्ष प्रचण्डलाई साथ दिए । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३बाट निर्वाचित बोगटी दोश्रो निर्वाचनमा भने पराजित भए । पहिलो संविधानसभामा माओवादीको प्रमुख सचेतक रहेका बोगटीले सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्ड्यन तथा ऊर्जामन्त्रीसमेतको जिम्मेवारी सम्हाले । पर्यटन मन्त्री छंदा बोगटीले नेपाल वायुसेवा निगममको स्तरोन्नतीकरणका लागि महत्त्वपूर्ण निर्णय गरेका थिए । त्यस्तै उर्जामन्त्री हुंदा ऊर्जामा चिनिया लगानी भित्र्याउन उनको विशेष पहल रह्यो । जलविद्युत क्षेत्रको विकासका लागि नीतिगत सुधारमा बोगटीले निर्वाह गरेको भूमिका ऊर्जा क्षेत्रमा सम्झिने गरिन्छ । एकीकृत माओवादीको हेटौँडामा भएको सातौ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । बोगटीका एकमात्र छोरा रबिको माओवादी सशस्त्र संर्घषताका सुरक्षाकर्मीको आक्रमणमा निधन भएको थियो । बोगटीका श्रीमती उषा माओवादीको जिल्लातहको राजनीतिमा सक्रिय छन् । बोगटीका दुई छोरीमध्ये प्रतिभा दाङमा छिन् भने प्रभा काठमाडौँमा सञ्चारकर्मी छन् । बोगटीको ६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान उपचारका क्रममा निधन भएको हो । २६ गते बिहीबार एक्कासी हृदयाघात र मष्तिष्कघात भएका बोगटीको काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा २०७१ भदौ ३० गते बिहान साढे सात बजे निधन भएको हो । []

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

बोगटीको जन्म २०१० सालमा नुवाकोटको तुप्चेमा भएको थियो । यिनी पिता भैरवबहादुर[] बोगटी र माता लेखाकुमारी बोगटीको कोखबाट जन्मेका थिए ।

भुमिगत जीवनी

[सम्पादन गर्नुहोस्]
  • २०५२ सालदेखि सपरिवार भुमिगत

राजनीतिक यात्रा

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

अध्ययन र राजनीति

[सम्पादन गर्नुहोस्]

६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान उपचारका क्रममा निधन भएको हो । २६ गते बिहीबार एक्कासी हृदयाघात र मष्तिष्कघात भएका बोगटीको काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा २०७१ भदौ ३० गते बिहान साढे सात बजे निधन भएको हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; http://election.ujyaaloonline.com/candidates/43/Posta-Bahadur-Bogati/ नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन