सामग्रीमा जानुहोस्

तोसिमा कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तोसिमा कार्की
तोसिमा कार्की
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
कार्यकाल
३ माघ २०७९  २२ माघ २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीपुष्पकमल दाहाल
मन्त्रीपदम गिरी
पूर्वाधिकारीहिराचन्द्र केसी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२५ पुष २०७९
पूर्वाधिकारीपम्फा भुषाल
निर्वाचन क्षेत्रललितपुर ३
व्यक्तिगत विवरण
जन्म
आदिनाथ गाउँ, नख्खु खोला मार्ग, वडा नं. १८, ललितपुर
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षामास्टर्स जनरल सर्जरी (काठमाडौं विश्वविधालय)

Deprecated parameter termendDeprecated parameter termstartDeprecated parameter primeministerDeprecated parameter termstart1

तोसिमा कार्की (वि. सं. २०४६) एक नेपाली राजनीतिज्ञ, पेशाले चिकित्सकराष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य हुन्। उनी हालै ललितपुर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी छन्। कार्की नेपालको स्वास्थ्य मन्त्रालयका लागि राज्यमन्त्रीको रूपमा ३ माघ २०७९ देखि २२ माघ सम्म सेवा गरिकी थिन।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

उनको जन्म वि. सं. २०४६ मा बुबा पदमबहादुर कार्की र आमा दीपा कार्कीको घरमा भएको थियो।[] तोसिमा कार्कीको बाल्यकाल ललितपुरमा बितेको थियो।[] सहिद धर्मभक्त विद्यालय, ललितपुर महानगरपालिकामा कक्षा १० सम्म पढेकी उनले चोभारको मोर्डन इन्डियन स्कुलबाट कक्षा ११ र १२ पूरा गरेकी हुन्।[]

उनले ललितपुरको किस्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन्।[] उनी नेपाल मेडिकल काउन्सिलको जनरल शल्यचिकित्सक र कार्यकारी समितिको सदस्य पनि हुन्।[][]

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

उनी रवि लामिछानेले बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी थिइन्।[] उनको उम्मेदवारीलाई नेपाल निर्वाचन आयोगले सुरुमा अस्वीकार गरेको थियो, तर कार्कीले आफ्नो उम्मेदवारीलाई कायम राख्न सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।[][]

कार्की तत्कालीन मन्त्री पम्फा भुसाललाई पराजित गर्दै प्रतिनिधि सभा निर्वाचन, २०७९मा ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्।[][] उनी गोविन्द केसीको समर्थक हुन्।[१०] वि. सं. २०७९ माघ ३ मा, उनी पुष्पकमल दाहालको प्रधानमन्त्री तेस्रो मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री मन्त्री भइन्।[११][१२]

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो।[१३] सो कारण कार्यभार सम्हालेको १९ दिनमै तोसिमा कार्की पदमुक्त भएका छन्।[१४][१५]

चलचित्र सूची

[सम्पादन गर्नुहोस्]
वर्ष चलचित्र भूमिका टिप्पणीहरू सन्दर्भ
२०७९ महापुरुष चिकित्सक पहिलो चलचित्र [१६]

चुनावी इतिहास

[सम्पादन गर्नुहोस्]
ललितपुर ३
दल उम्मेदवार मतदान
राष्ट्रिय स्वतन्त्र पार्टी तोसिमा कार्की ३१,१३६
नेकपा एमाले अमृत खड्का १२,९६३
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पम्फा भुषाल ८,७६९
नतिजा तोसिमा कार्की निर्वाचित
स्रोत: निर्वाचन आयोग

प्रतिनिधि सभा निर्वाचन, २०८२

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०८२मा राष्ट्रिय स्वतन्त्र पार्टीको लागि ललितपुर जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन्।[१७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 उपरकाेटी, साइराम (३ माघ २०७९), "अरुलाई प्रश्न सोध्न माहिर ‘डा.तोसिमा’ को अब सुरु भयो परीक्षा", नागरीक, अन्तिम पहुँच २०२३-०१-२४
  2. "ललितपुरबाट तोसिमा कार्की विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२२-११-३०
  3. "डा. तोसिमा कार्कीको उम्मेदवारी किन भयो खारेज?", हिमालखबर, अन्तिम पहुँच २०२२-११-३० अभिलेखिकरण २०२२-११-३० वेब्याक मेसिन
  4. "स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा. तोसिमा कार्की", गोरखापत्र, अन्तिम पहुँच २०२३-०१-२५
  5. "डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने", गोरखापत्र, अन्तिम पहुँच २०२२-११-३०
  6. "तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतको आदेश", बीबीसी, २०२२-११-०१, अन्तिम पहुँच २०२२-११-३०
  7. "तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतबाट कायम (आदेशसहित)", कान्तिपुर, अन्तिम पहुँच २०२२-११-३०
  8. "ललितपुर-३ मा रास्वपा उम्मेदवार तोसिमा कार्की १८ हजारभन्दा बढी मतले विजयी", कान्तिपुर, ८ मङ्सिर २०७९, अन्तिम पहुँच २०२२-११-२४
  9. "डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने", कान्तिपुर, अन्तिम पहुँच २०२३-०१-२४
  10. "डा. गोविन्द केसी मलाई आफूसँगसँगै हिँड्ने छोरी भन्नुहुन्छ", इकागज, अन्तिम पहुँच २०२२-११-३० अभिलेखिकरण २०२४-११-२७ वेब्याक मेसिन
  11. "मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?", हिमालखबर, अन्तिम पहुँच २०२३-०१-२४ अभिलेखिकरण २०२३-०१-१७ वेब्याक मेसिन
  12. "यस्ता छन् नयाँ मन्त्री", नागरिक, अन्तिम पहुँच २०२३-०१-२४
  13. "रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा", न्युज अफ नेपाल, अन्तिम पहुँच २०२३-०२-०५
  14. "लामिछानेले गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा", कान्तिपुर, अन्तिम पहुँच २०२३-०२-०५
  15. "सरकारबाट बाहिरिने रास्वपाको निर्णय", सेतोपाटी, अन्तिम पहुँच २०२३-०२-०५ अभिलेखिकरण २०२३-०२-०५ वेब्याक मेसिन
  16. "जब तोसिमा कार्की ‘महापुरुष’ खेल्न डराइन्", अनलाइनखबर, अन्तिम पहुँच २०२३-०१-२५
  17. "ललितपुर–३ बाट उम्मेदवारी दर्ता गरिसकेँ: डा. तोसिमा कार्की", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२६-०३-२१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

वेब ठेगाना