पम्फा भुसाल
पम्फा भुसाल | |
|---|---|
| ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री | |
| पद बहाली 12 July 2021 | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| प्रधानमन्त्री | शेरबहादुर देउवा |
| पूर्वाधिकारी | शरतसिंह भण्डारी |
| Member of Parliament, Pratinidhi Sabha | |
| पद बहाली 4 March 2018 | |
| पूर्वाधिकारी | Madan Bahadur Amatya |
| निर्वाचन क्षेत्र | Lalitpur 3 |
| Member of Constituent Assembly | |
| कार्यकाल 28 May 2008 – 28 May 2012 | |
| पूर्वाधिकारी | Raghuji Pant |
| उतराधिकारी | Madan Bahadur Amatya |
| निर्वाचन क्षेत्र | Lalitpur 3 |
| व्यक्तिगत विवरण | |
| जन्म | २०१९ साल साउन ४ गते अर्घाखाँची |
| राष्ट्रियता | Nepali |
| राजनीतिक दल | नेकपा (माओवादी केन्द्र) |
| अन्य राजनीतिक संलग्नता | CPN (Fourth Convention) CPN (Mashal) Samyukta Janamorcha |
पम्फा भूषाल नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष हुन्। उनी नेकपा केन्द्रका प्रवक्ता समेत हुन्।
पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३बाट विजयी संविधान सभा सदस्य पम्फा भुसाल माओवादी केन्द्रीय सदस्य पनि थिइन्। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा पनि ललितपुर ३ बाट विजयी भइन।
राजनीति सुरुवात
[सम्पादन गर्नुहोस्]जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी भुसालले विक्रम संवत् २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी हुन्। २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन्। फुर्सदको बेला समाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउछिन्।
विद्युत उपनामले चिनिने भुसाल ५ दिदीबहिनी र एक भाइमा साहिली हुन्।[स्रोत नखुलेको]
औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन्। २०१९ साउनमा अर्घाखाची किमडाँडा -५ आँपखोलामा भुसालको जन्म भएको हो। अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थिइन्।[१]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]पम्फा भुसालको बारेमा त्रिभुबन बिश्वबिद्यालयमा गरेको शोध :- https://kalopati.com/2021/09/14212 वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०४ मिति
- संविधान सभा सदस्य
- नेपालका महिला राजनीतिज्ञहरू
- कम्युनिस्ट सभासद
- नेपालको पहिलो
- बिबिसी १०० महिला सम्पादन-थनमा बनाइएको वा सुधारिएका लेखहरू
- त्रिभुवन विश्वविद्यालयका पूर्व विद्यार्थीहरू
- नेपाल सरकारका मन्त्रीहरू
- अर्घाखाँची जिल्लाका मानिसहरू
- माओवादी जनयुद्धका मानिसहरू
- नेपाली हिन्दुहरू
- नेपालका सांसदहरू २०७४–२०७९
- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का राजनीतिज्ञहरू
- नेपाल सरकारका महिला मन्त्रीहरू
- २०औँ शताब्दीका नेपाली राजनीतिज्ञहरू