सामग्रीमा जानुहोस्

पम्फा भुसाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पम्फा भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
पदमा
12 July 2021
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीशरतसिंह भण्डारी
Member of Parliament, Pratinidhi Sabha
पदमा
4 March 2018
पूर्वाधिकारीMadan Bahadur Amatya
निर्वाचन क्षेत्रLalitpur 3
Member of Constituent Assembly
पदमा
28 May 2008 – 28 May 2012
पूर्वाधिकारीRaghuji Pant
उतराधिकारीMadan Bahadur Amatya
निर्वाचन क्षेत्रLalitpur 3
व्यक्तिगत विवरण
जन्म२०१९ साल साउन ४ गते
अर्घाखाँची
दलनेकपा (माओवादी केन्द्र)

पम्फा भूषाल नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष हुन्। उनी नेकपा केन्द्रका प्रवक्ता समेत हुन्।

पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३बाट विजयी संविधान सभा सदस्य पम्फा भुसाल माओवादी केन्द्रीय सदस्य पनि थिइन्। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा पनि ललितपुर ३ बाट विजयी भइन।

राजनीति सुरुवात

[सम्पादन]

जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी भुसालले विक्रम संवत् २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी हुन्। २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन्। फुर्सदको बेला समाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउछिन्।

विद्युत उपनामले चिनिने भुसाल ५ दिदीबहिनी र एक भाइमा साहिली हुन्।[स्रोत नखुलेको]

औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन्। २०१९ साउनमा अर्घाखाची किमडाँडा -५ आँपखोलामा भुसालको जन्म भएको हो। अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थिइन्।[१]

सन्दर्भ

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

पम्फा भुसालको बारेमा त्रिभुबन बिश्वबिद्यालयमा गरेको शोध :- https://kalopati.com/2021/09/14212 अभिलेखिकरण २०२१-१०-०४ वेब्याक मेसिन