राणा - काङ्ग्रेस मन्त्रिमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राणा - काङ्ग्रेस मन्त्रिमण्डल

नेपालको पहिलो मन्त्रिमण्डल
राणा - काङ्ग्रेस मन्त्रिमण्डलको सामूहिक तस्विर
गठन मिति१७ फेब्रुअरी १९५१ (1951-02-17)
वि.सं. २००७ फागुन ७
भङ्ग मिति१२ नोभेम्बर १९५१ (1951-11-12)
वि.सं. २००८ कार्तिक २६
सदस्य र सङ्गठन
राष्ट्र प्रमुखराजा त्रिभुवन शाह
सरकार प्रमुखमोहन शमशेर जङ्गबहादुर राणा
दल सङ्ख्याराणा
नेपाली काङ्ग्रेस
प्रतिपक्षी दलथिएन
प्रतिपक्षी नेताथिएन
इतिहास
आगामी निर्वाचनआम निर्वाचन २०१५
संसद कार्यकाल(हरू)८ महिना र २६ दिन
उत्तराधिकारीपहिलो मातृकाप्रसाद मन्त्रिमण्डल

वि.सं. २००७ सालको क्रान्तिपछि नेपालमा राणा शासनको अन्त्य भई वि.सं. २००७ साल फागुन ७ गते तदनुसार सन् १९५१ फेब्रुअरी १७ तारिखका दिन नेपालमा प्रजातन्त्र स्थापना भएपछि सर्वप्रथम गठन भएको राणा - काङ्ग्रेस मन्त्रिमण्डलको बागडोर मोहन शमशेर जङ्गबहादुर राणाले सम्हालेका थिए। उनले आफ्नो नेतृत्वमा १० जना सहितको मन्त्रिमण्डल गठन गरेका थिए जसलाई नेपालमा प्रजातन्त्र उदय भएपछि गठन भएको पहिलो मन्त्रिमण्डल पनि भनिन्छ।[१]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

नेपाली काङ्ग्रेसको नेतृत्व र सोहि पार्टीद्वारा गठित राजनीतिक दस्ता मुक्ति सेनाले वि.सं. २००७ कार्तिक २१ गतेबाट सुरू गरेको देशव्यापी शसस्त्र क्रान्ति भयावह र प्रतिकूल बनेपछि तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेर जङ्गबहादुर राणाले अन्त्यमा भारतलाई मध्यस्थता गर्न अनुरोध गरेका थिए। तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको संयोजकत्वमा नयाँ दिल्लीमा वि.सं. २००७ फागुन १ गते तदनुसार १२ फेब्रुअरी १९५१ तारिखका दिन राणा, काङ्ग्रेस र राजाबीच त्रिपक्षीय दिल्ली सम्झौता हस्ताक्षर भयो। सम्झौतापछि काङ्ग्रेसले आन्दोलन स्थगन गर्ने निर्णय गर्‍यो। लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका तत्कालिन राजा त्रिभुवन वि.सं. २००७ फागुन ६ गते नेपाल फर्किए र त्यसको भोलिपल्ट शाही घोषणा मार्फत प्रजातन्त्रको घोषणा गरेका थिए।[२] दिल्ली सम्झौता अनुसार ५ नेपाली काङ्ग्रेस र ५ राणाहरूको तर्फबाट गरी १० जना सदस्य रहने अन्तरिम मन्त्रिमण्डल गठन गर्ने निर्णयको फलस्वरुप मोहन शमशेर जङ्गबहादुर राणाको नेतृत्वमा मन्त्रिमण्डल[३] विस्तार गरियो।[४][५][६]

मन्त्रिमण्डल सदस्यहरू[सम्पादन गर्नुहोस्]

नेपालको पहिलो मन्त्रिमण्डलमा १० जना सदस्यहरूको सहभागिता रहेको थियो जसमा ५ जना राणाहरूको पक्षबाट र ५ जना नेपाली काङ्ग्रेसको पक्षबाट रहेको थियो। नेपालको पहिलो मन्त्रिमण्डलमा रहेका सदस्यहरूको सूची निम्नलिखित रहेको छ।[१][७]

विभाग मन्त्री कार्यकाल आरम्भ पद त्याग राजनीतिक दल
प्राइममिनिस्टर
परराष्ट्र मन्त्री
 मोहन शमशेर जङ्गबहादुर राणा१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
राणा पक्ष
रक्षा मन्त्री बबर शम्शेर जङ्गबहादुर राणा१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१० जुन १९५१
वि.सं. २००८ जेठ २७
राणा पक्ष
गृह मन्त्री विश्वेश्वरप्रसाद कोइराला१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
नेपाली काङ्ग्रेस
अर्थ मन्त्री सुवर्ण शमशेर राणा१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
नेपाली काङ्ग्रेस
वन विभागको मन्त्री चूडाराज समशेर ज.ब.रा.१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१० जुन १९५१
वि.सं. २००८ जेठ २७
राणा पक्ष
 सिंहसम्शेर राणा१० जुन १९५१
वि.सं. २००८ जेठ २७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
राणा पक्ष
उद्योग वाणिज्य मन्त्री गणेशमान सिंह१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
नेपाली काङ्ग्रेस
शिक्षा मन्त्री नृपजङ्ग राणा१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
राणा पक्ष
यातायात मन्त्री भद्रकाली मिश्र१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
नेपाली काङ्ग्रेस
स्वास्थ्य तथा स्थानीय स्वायत्तशासन मन्त्री यज्ञबहादुर बस्न्यात१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१० जुन १९५१
वि.सं. २००८ जेठ २७
राणा पक्ष
स्वास्थ्य मन्त्री यज्ञबहादुर बस्न्यात१० जुन १९५१
वि.सं. २००८ जेठ २७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
राणा पक्ष
खाद्य तथा कृषि मन्त्री भरतमणि शर्मा१७ फेब्रुअरी १९५१
वि.सं. २००७ फागुन ७
१० जुन १९५१
वि.सं. २००८ जेठ २७
नेपाली काङ्ग्रेस
 सूर्यप्रसाद उपाध्याय१० जुन १९५१
वि.सं. २००८ जेठ २७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
नेपाली काङ्ग्रेस
स्थानीय स्वायत्तशासन मन्त्री चूडाराज समशेर ज.ब.रा.१० जुन १९५१
वि.सं. २००८ जेठ २७
१२ नोभेम्बर १९५१
वि.सं. २००८ कार्तिक २६
राणा पक्ष

उल्लेख्यानीय कार्यहरू[सम्पादन गर्नुहोस्]

  • २००८ साल भदौ १३ गते सं.रा.अमेरिकासँग राजदूत स्तरमा सम्बन्ध कायम
  • नेपाल राजपत्रको प्रकाशनको सुरुवात

राजीनामा[सम्पादन गर्नुहोस्]

२००८ कार्तिक २० मा प्रदर्शनमा प्रहरीको गोली लागेर चिनियाँकाजी मारिए।

२००८ कार्तिक २४ मा राणा - काङ्ग्रेस मन्त्रिमण्डल लाई अप्राकृतिक गठबन्धन भन्दै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिए ।[८] त्यसपछि कार्तिक २६ मा प्रधानमन्त्री मोहन शमशेरले राजीनामा दिएपछी यो मन्त्रीमण्डल भङ्ग भयो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "२००७ को राणा–कांग्रेस मन्त्रीमण्डल : को–को थिए मन्त्री ?", लोकपाटी, अन्तिम पहुँच १२ जुन २०२० 
  2. "राजा त्रिभुवनको २००७ साल फागुन ७ गतेको शाही घोषणा", राष्ट्रिय समाचार, अन्तिम पहुँच १२ जुन २०२० 
  3. "प्रधानमन्त्री दर्जा पाउने मातृकाप्रसाद कोइराला पहिलो", पहिलो पोस्ट, अन्तिम पहुँच १२ जुन २०२० 
  4. "त्यो ७ फागुन", सौर्य अनलाइन, अन्तिम पहुँच १२ जुन २०२० 
  5. "भारतीय फौजको आक्रमण बेहोरेका मुक्ति सेनाका लडाकुको सम्झनामा सात सालको क्रान्ति", बिबिसी, अन्तिम पहुँच १२ जुन २०२० 
  6. "२००७ सालमा वी.पी गृहमन्त्री हुँदा गरेका निर्णयहरु", नयाँ विकल्प, अन्तिम पहुँच १२ जुन २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-१८ मिति
  7. "ईतिहास: २००७ साल फागुन ७", नेपाल इन डेटा, अन्तिम पहुँच २०२० जुन १४ 
  8. Democratic Innovations In Nepal: A Case Study Of Political Acculturation