सामग्रीमा जानुहोस्

नृपजङ्ग राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नृपजङ्ग राणा
शिक्षा मन्त्री
कार्यकाल
वि.सं. २००७ फागुन ७  २००८ जेठ २७
राजश्रीराजा त्रिभुवन
प्रधानमन्त्रीमोहन शमशेर जङ्गबहादुर राणा
उतराधिकारीशारदा शमशेर राणा
व्यक्तिगत विवरण
अभिभावक
  • बहादुरजङ्ग राणा (बुबा)
Military service
Allegiance नेपाल
Branch/service नेपाली सेना
Rankमेजर

Deprecated parameter birthnameDeprecated parameter primeministerDeprecated parameter serviceyears

नृपजङ्ग राणा २००७को क्रान्तिपछिको मन्त्रीमण्डलमा राणाका तर्फबाट मन्त्री बनेका थिए। उनको जन्म सन् १८९० फेब्रुअरी १५ मा भएको थियो ।[]  उनी जंगबहादुर राणाका दाइ जनरल भक्तवीर कुँवर राणाका नाति थिए । उनले इलाहबाद विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका थिए । उनी राजा त्रिभुवनले बनाएको सल्लाहकार सभाको पनि सदस्य थिए ।

राजा त्रिभुवनको प्रजातन्त्रको घोषणाका साथै राणा र काँग्रेसको संयुक्त सरकार बन्ने निर्णय भयो । मोहन शमशेर प्रधानमन्त्री बन्ने भए । तर हिमालय शमशेरहरुले एउटा कुरोमा अत्तो थापे । उनीहरुले मोहन शमशेरमाथि सबै भाइ भारदारहरुको श्रद्धा नभएको भन्दै मोहन शमशेर प्रधानमन्त्री भएपनि मन्त्रीमण्डलमा भाइ भारदारहरुको प्रतिनिधित्व गर्ने विषय भने चुनावी प्रकृयाबाट हुनुपर्ने दवाव दिए । प्रधानमन्त्रीले मनोनयन गरेर मात्र हुँदैन भन्ने कुरोलाई अगाडि बढाए । यसका लागि हिमालय शमशेर र उनका सहयोगीहरुले रोलवाला, ए, बी र सी सबै क्लासका गरेर करिब १ सय २० जना राणाजीहरुको दस्तखत गराए । त्यो दस्तखत गरिएको कागज राजा त्रिभुवनका समक्ष पुर्‍याइयो । त्यसैको परिणाम, निर्वाचन प्रकृयाबाट नृपजङ्ग राणा र यज्ञबहादुर बस्नेतको मन्त्री पदमा नियुक्ति भए । मोहन शमशेरले बबर शमशेर, सिंह शमशेर र चुडाराज शमशेरलाई सरकारमा मनोनयन गरे ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lamb2", www.royalark.net, अन्तिम पहुँच २०२५-०१-२९
  2. खनाल, राजेश, "राणाविरोधी आन्दोलनमा थापाथली दरबारबाटै पर्चा निस्कन्थ्यो", baahrakhari, अन्तिम पहुँच २०२५-०१-२९