राणा - काङ्ग्रेस मन्त्रिपरिषद्
राणा - काङ्ग्रेस मन्त्रिपरिषद् | |
---|---|
नेपालको पहिलो मन्त्रिपरिषद् | |
गठन मिति | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ |
भङ्ग मिति | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ |
सदस्य र सङ्गठन | |
राष्ट्र प्रमुख | राजा त्रिभुवन शाह |
सरकार प्रमुख | मोहन शमशेर जङ्गबहादुर राणा |
राजनीतिक दल | राणा नेपाली काङ्ग्रेस |
प्रतिपक्षी दल | थिएन |
प्रतिपक्षी नेता | थिएन |
इतिहास | |
आगामी निर्वाचन | आम निर्वाचन २०१५ |
संसद कार्यकाल(हरू) | ८ महिना र २६ दिन |
उत्तराधिकारी | पहिलो मातृकाप्रसाद मन्त्रिपरिषद् |
वि.सं. २००७ सालको क्रान्तिपछि नेपालमा राणा शासनको अन्त्य भई वि.सं. २००७ साल फागुन ७ गते तदनुसार सन् १९५१ फेब्रुअरी १७ तारिखका दिन नेपालमा प्रजातन्त्र स्थापना भएपछि सर्वप्रथम गठन भएको राणा - काङ्ग्रेस मन्त्रिपरिषद्को बागडोर मोहन शमशेर जङ्गबहादुर राणाले सम्हालेका थिए। उनले आफ्नो नेतृत्वमा १० जना सहितको मन्त्रिपरिषद् गठन गरेका थिए जसलाई नेपालमा प्रजातन्त्र उदय भएपछि गठन भएको पहिलो मन्त्रिपरिषद् पनि भनिन्छ।[१]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]नेपाली काङ्ग्रेसको नेतृत्व र सोहि पार्टीद्वारा गठित राजनीतिक दस्ता मुक्ति सेनाले वि.सं. २००७ कार्तिक २१ गतेबाट सुरू गरेको देशव्यापी शसस्त्र क्रान्ति भयावह र प्रतिकूल बनेपछि तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेर जङ्गबहादुर राणाले अन्त्यमा भारतलाई मध्यस्थता गर्न अनुरोध गरेका थिए। तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको संयोजकत्वमा नयाँ दिल्लीमा वि.सं. २००७ फागुन १ गते तदनुसार १२ फेब्रुअरी १९५१ तारिखका दिन राणा, काङ्ग्रेस र राजाबीच त्रिपक्षीय दिल्ली सम्झौता हस्ताक्षर भयो। सम्झौतापछि काङ्ग्रेसले आन्दोलन स्थगन गर्ने निर्णय गर्यो। लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका तत्कालिन राजा त्रिभुवन वि.सं. २००७ फागुन ६ गते नेपाल फर्किए र त्यसको भोलिपल्ट शाही घोषणा मार्फत प्रजातन्त्रको घोषणा गरेका थिए।[२] दिल्ली सम्झौता अनुसार ५ नेपाली काङ्ग्रेस र ५ राणाहरूको तर्फबाट गरी १० जना सदस्य रहने अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने निर्णयको फलस्वरुप मोहन शमशेर जङ्गबहादुर राणाको नेतृत्वमा मन्त्रिपरिषद्[३] विस्तार गरियो।[४][५][६]
-
त्रिभुवन, बिपी कोइराला र नेहरु (दिल्ली विमानस्थलमा)
-
सात सालको शाही घोषणाको कानूनी दस्तावेज
मन्त्रिपरिषद् सदस्यहरू
[सम्पादन गर्नुहोस्]नेपालको पहिलो मन्त्रिपरिषद्मा १० जना सदस्यहरूको सहभागिता रहेको थियो जसमा ५ जना राणाहरूको पक्षबाट र ५ जना नेपाली काङ्ग्रेसको पक्षबाट रहेको थियो। नेपालको पहिलो मन्त्रिपरिषद्मा रहेका सदस्यहरूको सूची निम्नलिखित रहेको छ।[१][७]
विभाग | मन्त्री | कार्यकाल आरम्भ | पद त्याग | राजनीतिक दल | |
---|---|---|---|---|---|
प्राइममिनिस्टर परराष्ट्र मन्त्री | मोहन शमशेर जङ्गबहादुर राणा | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | राणा पक्ष | |
रक्षा मन्त्री | बबर शम्शेर जङ्गबहादुर राणा | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १० जुन १९५१ वि.सं. २००८ जेठ २७ | राणा पक्ष | |
गृह मन्त्री | विश्वेश्वरप्रसाद कोइराला | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | नेपाली काङ्ग्रेस | |
अर्थ मन्त्री | सुवर्ण शमशेर राणा | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | नेपाली काङ्ग्रेस | |
वन विभागको मन्त्री | चूडाराज समशेर ज.ब.रा. | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १० जुन १९५१ वि.सं. २००८ जेठ २७ | राणा पक्ष | |
सिंहसम्शेर राणा | १० जुन १९५१ वि.सं. २००८ जेठ २७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | राणा पक्ष | ||
उद्योग वाणिज्य मन्त्री | गणेशमान सिंह | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | नेपाली काङ्ग्रेस | |
शिक्षा मन्त्री | नृपजङ्ग राणा | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | राणा पक्ष | |
यातायात मन्त्री | भद्रकाली मिश्र | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | नेपाली काङ्ग्रेस | |
स्वास्थ्य तथा स्थानीय स्वायत्तशासन मन्त्री | यज्ञबहादुर बस्न्यात | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १० जुन १९५१ वि.सं. २००८ जेठ २७ | राणा पक्ष | |
स्वास्थ्य मन्त्री | यज्ञबहादुर बस्न्यात | १० जुन १९५१ वि.सं. २००८ जेठ २७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | राणा पक्ष | |
खाद्य तथा कृषि मन्त्री | भरतमणि शर्मा | १७ फेब्रुअरी १९५१ वि.सं. २००७ फागुन ७ | १० जुन १९५१ वि.सं. २००८ जेठ २७ | नेपाली काङ्ग्रेस | |
सूर्यप्रसाद उपाध्याय | १० जुन १९५१ वि.सं. २००८ जेठ २७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | नेपाली काङ्ग्रेस | ||
स्थानीय स्वायत्तशासन मन्त्री | चूडाराज समशेर ज.ब.रा. | १० जुन १९५१ वि.सं. २००८ जेठ २७ | १२ नोभेम्बर १९५१ वि.सं. २००८ कार्तिक २६ | राणा पक्ष |
उल्लेख्यानीय कार्यहरू
[सम्पादन गर्नुहोस्]- २००८ साल भदौ १३ गते सं.रा.अमेरिकासँग राजदूत स्तरमा सम्बन्ध कायम
- नेपाल राजपत्रको प्रकाशनको सुरुवात
राजीनामा
[सम्पादन गर्नुहोस्]२००८ कार्तिक २० मा प्रदर्शनमा प्रहरीको गोली लागेर चिनियाँकाजी मारिए।
२००८ कार्तिक २४ मा राणा - काङ्ग्रेस मन्त्रिपरिषद् लाई अप्राकृतिक गठबन्धन भन्दै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिए ।[८] त्यसपछि कार्तिक २६ मा प्रधानमन्त्री मोहन शमशेरले राजीनामा दिएपछी यो मन्त्रीमण्डल भङ्ग भयो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "२००७ को राणा–कांग्रेस मन्त्रीमण्डल : को–को थिए मन्त्री ?", लोकपाटी, अन्तिम पहुँच १२ जुन २०२०।
- ↑ "राजा त्रिभुवनको २००७ साल फागुन ७ गतेको शाही घोषणा", राष्ट्रिय समाचार, अन्तिम पहुँच १२ जुन २०२०।
- ↑ "प्रधानमन्त्री दर्जा पाउने मातृकाप्रसाद कोइराला पहिलो", पहिलो पोस्ट, अन्तिम पहुँच १२ जुन २०२०।
- ↑ "त्यो ७ फागुन", सौर्य अनलाइन, अन्तिम पहुँच १२ जुन २०२०।
- ↑ "भारतीय फौजको आक्रमण बेहोरेका मुक्ति सेनाका लडाकुको सम्झनामा सात सालको क्रान्ति", बिबिसी, अन्तिम पहुँच १२ जुन २०२०।
- ↑ "२००७ सालमा वी.पी गृहमन्त्री हुँदा गरेका निर्णयहरु", नयाँ विकल्प, अन्तिम पहुँच १२ जुन २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-१८ मिति
- ↑ "ईतिहास: २००७ साल फागुन ७", नेपाल इन डेटा, अन्तिम पहुँच २०२० जुन १४।
- ↑ Democratic Innovations In Nepal: A Case Study Of Political Acculturation