प्रकाश दाहाल
प्रकाश दाहाल | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | १७ असार २०३८ शिवनगर, चितवन |
मृत्यु | ३ मंसिर २०७४ काठमाडौँ |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
जीवन साथी | बिना मगर |
अभिभावकs |
|
सैन्य सेवा | |
लडाई/युद्धहरू | माओवादी जनयुद्ध |
प्रकाश दाहाल एक नेपाली राजनीतिज्ञ थिए।
जीवनी
[सम्पादन गर्नुहोस्]प्रकाश दाहालको जन्म वि.स. २०३८ असार १७ गते चितवनको शिवनगरमा बुबा पुष्पकमल दाहाल र आमा सिता दाहालको कोखमा भएको थियो। [१] उनले स्थानीय बालकुमारी प्राविबाट कक्षा ३ सम्म अध्ययन गरेपछि वि.स.२०४७ मा शान्ति माध्यमिक विद्यालय, ललितपुरमा कक्षा ४ देखि ८ सम्म पढे।[१] माओवादी जनयुद्ध सुरु भएपछि १४ बर्सिए दाहाल भारतको पञ्जाबमा गए।[१] पञ्जावमा दिदी रेणु दाहालको संरक्षणमा उनले पढेका थिए र कक्षा १२ सकिएपछि दाहाल बुबा प्रचण्डको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजनीतिक दलमा प्रवेश गरे।[१][२] दाहालले सानै उमेरमा भरुवा बन्दुक र एके-४७ कसरी प्रयोग गर्ने भनेर सिकेका थिए।[१]
वि.स.२०७४ मंसिर ३ गते हृदयाघातबाट दाहालको मृत्यु भयो।[३] वि.स. २०७९ असार १७ गते पुष्पकमलले प्रकाशको सालिक नुवाकोटको ककनीमा सालिक अनावरण गरे।[४][५] दाहालले बिना मगरसँग विवाह गरेका थिए र उनको एउटा बच्चा थियो।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ बस्नेत, सुरेन्द्र (१७ असार २०७७), "सम्झनाका तरेलीमा प्रकाश दाहाल", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच १९ आषाढ २०७९।
- ↑ "को थिए प्रकाश दाहाल?", बीबीसी नेपाली, १९ नोभेम्बर २०१७, अन्तिम पहुँच १९ आषाढ २०७९।
- ↑ महर्जन, नारायण (३ मंसिर २०७४), "यसरी अस्ताए प्रकाश दाहाल", सेतोपाटी, अन्तिम पहुँच १९ आषाढ २०७९।
- ↑ "प्रकाशको सालिक अनावरण गर्दै दाहालले भने- 'पर्वतीय पर्यटनका लागि नेपाल दुनियाँकै उर्वर'", कान्तिपुर, १७ असार २०७९, अन्तिम पहुँच १९ आषाढ २०७९।
- ↑ भट्ट, देवचन्द्र (१७ असार २०७९), "दिवंगत छोराको सालिक अनावरण गर्दै प्रचण्डले भने- पर्वतारोहीहरुको सम्मान र कदर भयो", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच १९ आषाढ २०७९।
- ↑ "प्रकाश दाहालको अन्त्येष्टिका यी २० तस्बिर", नेपाल लाइभ, ३ मंसिर २०७४, अन्तिम पहुँच १९ आषाढ २०७९।