विमलेन्द्र निधि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

विमलेन्द्र निधि

धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित विमलेन्द्र निधि नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। आफ्ना बुबा कांग्रेसका शीर्ष नेता महेन्द्ननारायण निधिको प्रेरणाले सानै उमेरमा राजनीतिमा संलग्न भएका निधि १२ वर्षको उमेरमा नै जेल परिसक्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर निधिले एसएलसी सम्मको परीक्षा जेलबाटै दिनुभएको थियो। ५२ वर्षीय निधिले पटकपटक गरी हालसम्म पाँच वर्ष जेलजीवन बिताइसक्नुभएको छ। २०५१को संसदीय निर्वाचनमा धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित निधिले २०५६मा पनि संसदीय निर्वाचन लड्नुभएको थियो। विद्यार्थी नेताका रूपमा लोकप्रिय रहेका निधि हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा महामन्त्री हुनुहुन्छ। नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य रहिसकेका निधिले शिक्षा तथा खेलकुद मन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेदारी सम्हालिसक्नुभएको छ। आफ्नो चाहना संविधानमा लिपिबद्ध गर्न सक्ने व्यक्ति भनेर जनताले आफूलाई संविधानसभामा विजयी बनाएको आकलन गर्ने निधि समाजसेवामा रुचि राख्‍नुहुन्छ। दुई छोराका पिता निधिले संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका प्रमुख दुई मुद्दा हुन्― क. राज्यको पुनः संरचना गर्ने, ख. प्राकृतिक श्रोतको समुचित बाँडफाँड सहितको सङ्घीयताको खाका कोर्ने।

[१]

सन्दर्भ[सम्पादन गर्ने]