अलि मियाँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अलि मियाँ (वि. स‌ं. १९७५ - वि. स‌ं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।

जीवनी[सम्पादन गर्ने]

अलि मियाँको जन्म वि. स‌ं. १९७५ साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँडहर बजार, पोखरा, कास्कीमा भएको हो।

कृतिहरू[सम्पादन गर्ने]

उनका प्रकाशित कृतिहरूः

  • विरक्ति लहरी (वि. सं. २००६)
  • महेन्द्र लहरी (वि. सं. २००९)
  • नेपाली झ्याउरे गीत सँग्रह (गीत, वि. सं. २०११)
  • न्याउलीको पुकारा (लोकगीत सँग्रह, वि.सं. २०११)
  • पहाडको उद्गार (कविता, वि. सं. २०१५)
  • सेतीको सुस्केरा (वि. सं. २०२९)
  • अलि मियाँ (आत्मकथा, वि. सं. २०३८)
  • उज्यालो भइसक्यो (कवितासँग्रह, वि. सं. २०३९)
  • सम्झनाको दीयो (कविता, वि. सं. २०५१)
  • अलि मियाँ (गीत, वि. सं. २०५८)

पुरस्कार[सम्पादन गर्ने]

छ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत उनलाई वि. स‌ं. २०६०को जगदम्बाश्री पुरस्कार प्रदान गरियो। त्यसबाहेक उनले वि. सं. २०४७को इन्द्रराज्यलक्ष्मी पुरस्कार पाएका थिए। भरतपुरमा राजा महेन्द्रले नेपाली भाषा सेवीका रूपमा पुरस्कृत गरेका थिए।

वि.सं. २०३४मा राजा वीरेन्द्र, वि. सं. २०१५मा राजा महेन्द्र, वि. सं. २०१२मा भारत सरकार र वि. सं. २०२९मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार पाएका थिए।

निधन[सम्पादन गर्ने]

मियाँको वि. स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। मियाँको समाधिस्थल पोखराको जयकोट वनमा बनाइएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]