महजोडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'महजोडी' नेपाली कला साहित्यमा चिरपरिचित नाम हो।मदनकृष्ण श्रेष्ठ को नामको पहिलो अक्षर 'म' र हरिवंश आचार्य को नामबाट 'ह' शव्द मिलेर 'मह' बनेको हो।यसरी मिलेर बनेको महलाई नै हामी महजोडी भनेर सम्झिन्छौ।'महजोडी' लाई नेपाली परिवेशमा मह जस्तै गुलियो जोडी भनेर चित्रण गरिन्छ।

परिचय[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सभागृहमा 'विज्ञापन नाटक प्रदर्शन भइरहेको थियो। पर्दाभित्रबाट राजाराम पौडेल उद्घोषण गर्दै थिए।उदघोषणमा उनले भने -"अब आउँदैछन् 'महजोडी'। मह जस्तै गुलिया, मह जस्तै गुनिला, मह जस्तै कहिल्यै नकुहिने अभिनेतामदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य।"[१]

नेपाली कला साहित्यका नेपाली मनमनमा बस्न सफल सहयात्री द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लाई सम्बोधन गर्दा जन्मिएको शव्द 'महजोडी' ले पनि मदनकृष्ण र हरिवंशको सफलता संगै लोकप्रियता पाएको हो।जसरी दिन र रात मिलेर एउटा पुर्ण दिन बन्छ त्यसरी नै मदन कृष्ण र हरिवंशको अथक र अविरल सहयात्राबाट नै मह जोडी बनेको हो।

मह जोडी[सम्पादन गर्नुहोस्]

दूध अर्कै जातको हो त भात अर्कै जातको , तर जातीय एकता हुँदा दूधभात कति मिठो हुन्छ , सर्वप्रिय। कलाकार मदनकृष्ण श्रेष्ठले भनेझै मह जोडी पनि दुई जात मिलेर बनेको छ।जसमा मदनकृष्ण एक नेवार हुन भने हरिवंश एक व्राहमण हुन।त्यसैले यो जोडी सबैका लागि अनुकरणिय छ।गायन क्षेत्रमा महजोडीले पुराना देखि नयाँ करिब आठ पुस्ताका धेरै गायक गायिका सँगसँगै काम गरिसकेका छन।त्यस्तै हास्यव्याङ्ग्यमा पनि अहिले सम्मका धेरै कलाकारहरूसंग काम गरिसकेका छ।[२]

'मह'को सहयात्रा[सम्पादन गर्नुहोस्]

मह जोडीको सहयात्राका धेरै विधाहरु छन।यो जोडीले धेरै सुमधुर गितसंगित पस्किसकेको छ।पछिल्लो पटक आएको 'ईश्वत तिमिले जगत बनायौ' बोलको गित धेरै चर्चामा थियो।[३]रेडियो टेलिभिजनमा संदेशमुलक प्रचारमा पनि यो जोडीले काम गरैको छ। त्यस्तै हास्यव्याङ्ग्य क्षेत्रमा पनि यो जोडीले धेरै योगदान गरिसकेको छ।अभिनय यात्राको कुरा गर्दा 'मह' ले राष्ट्रिय देखि अन्तराष्ट्रिय चलचित्रमा समेत काम गरिसकेका छन।अन्य विज्ञापन र प्रचारमा समेत यो जोडी अग्र पंतिमा रहेको छ।यति मात्र नभएर यो जोडी राजनीतिक आन्दोलनमा समेत सहभागिता बनिसकेको अवस्था हो।मह जोडीले ब्राण्ड अम्ब्यास्डरको रूपमा पनि परिचय बनाएको छ।त्यस्तै महले देश विदेशका कन्सर्ट कार्यक्रममा समेत आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिसकेको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. हरिवंश आचार्य, चिना हराएको मान्छे, पृष्ठ 113, फाइनप्रिन्ट (प्रा.) लि., 2069
  2. हरिवंश आचार्य, चिना हराएको मान्छे, पृष्ठ 114, फाइनप्रिन्ट (प्रा.) लि., 2069
  3. 'ईश्वर तिमिले संसार बनायौ' गित