रामचन्द्र अधिकारी
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
रामचन्द्र अधिकारी | |
---|---|
![]() | |
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | ![]() |
अन्य नाम | रामचन्द्र अधिकारी |
कार्यकाल | अहिलेसम्म |
रामचन्द्र अधिकारी चलचित्र कलाकार हुनुहुन्छ। अधिकारीको जन्म २०१२ मंसिर २३ गते काठमाडौँको गोठाटार, इचोटमा भएको हो। पिता बद्रीप्रसाद र माता मैंयाँका ३ छोरा र एक छोरी जन्मे। उहाँ जेठो हो। अधिकारी नेपाल टेलिकमका भू. पु. कर्मचारी पनि हुनुहुन्छ।
कला क्षेत्र[सम्पादन गर्नुहोस्]
उहाँले करिब २ सयभन्दा बढी चलचित्र, एक सय ५० टेलिश्रृंखला, १५ नाटकमा अभिनय गर्नुभएको छ। उहाँले अभिनय गरेको पहिलो नाटक 'सच्चा प्रेम' हो। हाँस्यव्यंग्यकार भैरव अर्यालले लेखेको उक्त नाटक राजधानीको जोरपाटीमा देखाइएको थियो। त्यसपछि उहाँ श्री समूह नाट्यसंस्थामा पुग्नुभयो। 'अँध्यारो उज्यालो' नाटकमा अभिनय गर्नुभयो। उक्त नाटक देशभर घुमेर देखाइयो। ०३६/३७मा मात्र उहाँ नाटकमा देखिनुभयो। श्री समूहकै धेरै कलाकारले चलचित्र वासुदेवमा अभिनय गरे। अधिकारीको त्यो पहिलो चलचित्र थियो। नेपाल टेलिभिजन खुलेपछि मुलुकको पहिलो टेलिश्रृंखला 'पृथ्वीनारायण शाह'मा अभिनय गर्नुभयो। उहाँको त्यो पहिलो टेलिश्रृंखला थियो। उहाँले धेरै सम्मान, पुरस्कार पाउनु भएको छ। पछिल्लोपटक भारतीय जीटिभीको टेलिश्रृंखला अगले जनम मे मोहे बेटिया कीजोमा पनि उहाँले अभिनय गर्नुभएको छ। उहाँले अभिनय गरेको मुनामदन चलचित्र ओस्कार पुरस्कारको मनोनयनमा परेको थियो।

अधिकारी आफूले अभिनय गरेका राम्रा टेलिश्रृंखलामध्ये चक्रव्यूह, टाढाको बस्ती, लौ आयो, दोषी को, बद्री मास्टर, हरि बाजे, दाइजो, गुलाफ एकैपटक फुल्छ, रूपमती आदिको नाम लिन्छन्। अधिकारी विगतमा चलचित्रमा बढी देखिए पनि पछिल्ला वर्षहरूमा टेलिभिजनमा छाइरहेका छन्। खासगरी शनिबार राति प्रसारण हुने हास्यश्रृंखला 'मेरी बास्सै'मा काजीको भूमिकामा उनी लोकप्रिय छन्। [१]
नाटकहरू[सम्पादन गर्नुहोस्]
रामचन्द्र अधिकारीद्वारा अभिनित नाटकहरू
- सच्चा प्रेम
- अँध्यारो उज्यालो
- लैजाउ जोवन
- बसाई
- चुइया
टेलिश्रृंखला[सम्पादन गर्नुहोस्]
रामचन्द्र अधिकारीद्वारा अभिनित टेलिश्रृंखलाहरू
- चक्रव्यूह
- टाढाको बस्ती
- लौ आयो
- दोषी को
- बद्री मास्टर
- हरि बाजे
- दाइजो
- गुलाफ एकैपटक फुल्छ
- मेरी बास्सै
- रूपमती
- रिसानी माफ[१]
चलचित्रहरू[सम्पादन गर्नुहोस्]
- बासुदेव
- कोसेली
- चेलीवेटी
- मायाप्रीति
- अधिकार
- चिनो
- ट्रक ड्राईभर
- दौतरी
- दुइ थोपा आँसु
- रहर
- आफ्नो मान्छे
- अपराध
- ठुल्दाइ
- कर्म
- जंगे
- बलिदान
- आधिबेरी
- मुना मदन
- प्रेम पिण्ड
- हाँसीदेउ एकफेर
- तँ त बिग्रिस नी बद्रि
- हामी तीन भाइ
- जय भोले
- कालेदाई
- काउसो
- हजार जुनी[१]
साथै अधिकारीले हिन्दी चलचित्र लव इन नेपाल र हिन्दी टेलिश्रृंखला अग्ले जनममे मोहे बेटीहि किजो (जी टिभीबाट प्रशारित) मा अभिनय गरेका छन् ।
सम्मान र पुरुस्कार[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ १.३ इकान्तिपुर