नेपालमा बजेट

नेपालामा बजेट भनेको नेपाल सरकारलाई राजस्व उठाउन र खर्च गर्न दिने कानुन हो । बजेट "विनियोजन विधेयक", "राष्ट्र ऋण उठाउने विधेयक" र "आर्थिक विधेयक" को रुपमा अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत गरिन्छ । नेपालमा जेठ १५ गणतन्त्र दिवसमा संसदमा बजेट पेश गर्नु पर्ने संवैधानिक प्रावधान छ ।[१] [२] संविधानको धारा ११९ को उपधारा (३) मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको पन्ध्र गते संघीय संसदमा पेस गर्नेछ’ भन्ने प्रावधान छ ।
सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएतापनी बजेट गत आर्थिक वर्षको आर्थिक गतिविधिहरूको अभिलेख, चालु आर्थिक वर्षका आर्थिक गतिविधिहरूको चित्रण र आगामी वर्षका गतिविधिहरूको प्रक्षेपित अनुमानको दस्तावेज हो । तर एसियाली विकास बैङ्कले बजेटलाई आर्थिक गतिविधिहरूको ऐना भनेर परिभाषित गरेको छ । बजेटलाई जिम्मेवारी किटान गरी अख्तियारि दिने माध्यम पनि भनिन्छ । बजेट आवधिक योजनाहरु कार्यान्वयन गर्ने माध्यम पनि हो ।
शाब्दिक रूपमा हेर्ने हो भने Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougetteबाट आएको हो जसको अर्थ छालाको सानो थैली भन्ने हुन्छ ।
विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए ।
नेपालमा सरकारी बजेटको विकासक्रम
[सम्पादन गर्नुहोस्]नेपालमा बजेटको इतिहास : पाँच करोडदेखि १७ खर्ब ५१ अर्ब ३१ करोड सम्म
नेपालमा वि.सं. २००८ साल मार्ग१ गते देखि औपचारिकरूपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।[३] जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।
नेपालमा बजेट प्रणालीमा वि स २०५९।६० सालबाट मध्येकालिन खर्च संरचनाको व्यवस्थापन मार्फत आवधिक योजना तर बजेटको तादम्यता कायम गर्दै प्राथमिकता प्राप्त क्षेत्रहरुमा बजेट विनियोजन प्रणालीको सुरुवात भएको पाईन्छ
यस अवधिमा विभिन्न किसिमका बजेट आए भने बजेटको आकारमा पनि व्यापक परिवर्तन भयो । आर्थिक वर्ष २०२७/०२८ देखि नेपालको बजेट १ अर्ब नाघेको हो । ०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले ल्याएको बजेटको आकार ३६ अर्ब ६४ करोड रुपैयाँको थियो । जसमा १६ अर्ब ८९ करोड विकासका लागि छुट्याइएको थियो ।
त्यसैगरी ०६१/०६२ सालमा पहिलोपटक नेपालको बजेटको आकार १ खर्ब रुपैयाँ नाघेको हो । त्यसयता बजेटको सामान्यरूपमा बढे पनि ०७२ वैशाख १२ गते भूकम्प गएपछि त्यसको पुनर्निर्माणका लागि बजेट थप्नु परेकाले अर्थमन्त्री डा. रामशरण महतले आब ०७२/०७३ मा ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ पुर्याइयो । त्यसअघि आब ०७१/०७३ मा ६ खर्ब १७ अर्बको बजेट महतले नै ल्याएका थिए ।
बजेटको सूची
[सम्पादन गर्नुहोस्]आर्थिक वर्ष | मिती | अर्थमन्त्री | प्रधानमन्त्री | रुपैयाँ | सन्दर्भ | |
---|---|---|---|---|---|---|
२००८ | वि.सं. २००८ मंसिर २१ | सूवर्ण समशेर | मातृकाप्रसाद कोइराला | ५ करोड २५ लाख २९ हजार | [३] | |
२०२१/२२ | २०२१ असार २३ | सूर्यबहादुर थापा | सूर्यबहादुर थापा | ३४ करोड २ लाख ८४ हजार | [४] | |
२०३१/ ३२ | २०३१ असार २१ | भेषबहादुर थापा | १ अर्ब ७४ करोड | [५] | ||
२०४१/४२ | २०४१ असार २६ | प्रकाशचन्द्र लोहनी | ९ अर्ब ८० लाख | [६] | ||
०४८ | महेश आचार्य | कृष्णप्रसाद भट्टराई | ३६ अर्ब ६४ करोड | |||
डा. रामशरण महत | ||||||
भरतमोहन अधिकारी | ||||||
२०६५ ।६६ | २०६५ असोज ३ | डा.बाबुराम भट्टराई | पुष्पकमल दाहाल | २ खर्ब ३६ अर्ब १ करोड | [७] | |
२०६६ ।६७ | २०६७ असार २८ | सुरेन्द्र पाण्डे | माधवकुमार नेपाल | २ खर्ब ८५ अर्ब ९३ करोड | [८] | |
२०६६ ।६७ | २०६७ मंसिर ४ | सुरेन्द्र पाण्डे | माधवकुमार नेपाल | ३ खर्ब ३७ अर्व ९० करोड | [९] | |
२०६७ ।६८ | सुरेन्द्र पाण्डे | माधवकुमार नेपाल | ||||
२०६८ ।६९ | भरतमोहन अधिकारी | झलनाथ खनाल | ||||
२०६९ ।७० | वर्षमान पुन | बाबुराम भट्टराई | ||||
२०७० ।७१ | शङ्करप्रसाद कोइराला | खिलराज रेग्मी | ||||
२०७१ ।७२ | डा. रामशरण महत | सुशील कोइराला | ||||
२०७२ ।७३ | खड्गप्रसाद ओली | |||||
२०७३ ।७४ | पुष्पकमल दाहाल | |||||
२०७४ ।७५ | शेरबहादुर देउवा | |||||
२०७५ /७६ | २०७५ जेठ १५ | युवराज खतिवडा | खड्गप्रसाद ओली | १३ खर्ब १५अर्बको १६ करोड | [१०] | |
२०७६/७७ | २०७६ जेठ १५ | युवराज खतिवडा | खड्गप्रसाद ओली | १५ खर्ब ३२ अर्बको ९६ करोड | [११] | |
२०७७/७८ | २०७७ जेठ १५ | युवराज खतिवडा | खड्गप्रसाद ओली | १४ खर्ब ७४ अर्ब ६४ करोड | [१२] | |
२०७८/७९ | २०७८ जेठ १५ | विष्णुप्रसाद पौडेल | खड्गप्रसाद ओली | १६ खर्ब ४७ अर्ब ५७ करोड | [१३] | |
२०७९/८० | २०७९ जेठ १५ | जनार्दन शर्मा | शेरबहादुर देउवा | १७ खर्ब ९३ अर्ब ८३ करोड | [१४] | |
२०८०/८१ | २०८० जेठ १५ | डा. प्रकाशशरण महत | पुष्पकमल दाहाल | १७ खर्ब ५१ अर्ब ३१ करोड[१५] | [१६] | |
२०८१/८२ | २०८१ जेठ १५ | वर्षमान पुन | पुष्पकमल दाहाल | १८ खर्ब ६० अर्ब ३० करोड[१७] |

बजेट होलिडे
[सम्पादन गर्नुहोस्]बजेट होलिडे भनेको सरकारले खर्च गर्न नपाउने अवस्था सिर्जना हुनु नै हो । सरकारले आफ्नो आयव्यय विवरण जननिर्वाचित निकायबाट अनुमोदन गराएर मात्र खर्च गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारको आयव्यय विवरण संसदबाट अनुमोदन नभए सरकारको खर्च रोकिन्छ ।
खर्च प्रभावित भएपनि सरकारले राजस्व संकलन भने निरन्तर गर्न सक्छ ।[१८]
नरोकिने खर्च
[सम्पादन गर्नुहोस्]बजेट पारित नहुँदा पनि सरकारले संविधानको धारा ११८ अनुसार संसदको स्वीकृति नचाहिने भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति)को पारिश्रमिकसहित संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम खर्च गर्न सक्छ ।
- राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा
- प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषद्का सदस्यको पारिश्रमिक र सुविधा
- प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको पारिश्रमिक र सुविधा
- संवैधानिक निकायका प्रमुख र पदाधिकारीको पारिश्रमिक र सुविधा
- प्रदेश प्रमुखको पारिश्रमिक र सुविधा
- राष्ट्रपति कार्यालय वा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक निकाय र प्रदेश प्रमुख कार्यालयको प्रशासनिक खर्च
- नेपाल सरकारको दायित्वको ऋण सम्बन्धी व्ययभार
- नेपाल सरकारविरुद्ध अदालतबाट भएको फैसला/आदेश अनुसार भुक्तानी दिनुपर्ने रकम ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सिंह, शंकर मान (२०७९, जेठ १), "गणतन्त्र दिवस र बजेट वक्तव्य : एकै दिन", aarthikdainik।
- ↑ वाग्ले, अच्युत (जेष्ठ १५, २०७४), [गणतन्त्र दिवसमा खप्टिएको ‘बजेट डे’ "https://ekantipur.com/opinion/2017/05/29/20170529081742.html"]
|url=
योजना जाँच गर्ने (सहायता), कान्तिपुर। - ↑ ३.० ३.१ इकागज | (माघ २१, २०७७), "नेपालको पहिलो बजेट (पूर्णपाठ)", इकागज। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-२३ मिति
- ↑ "नेपाल राजपत्र"।
- ↑ "२०३१-३२ को वजेट वक्तव्य प्रकाशित गरेको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२५-०१-२३।
- ↑ "आ व ०४१-४२ को बजेट वक्तव्य", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२५-०१-२३।
- ↑ "बजेट वक्तव्य २०६५/६६ असोज"।[स्थायी मृत कडी]
- ↑ "बजेट वक्तव्य २०६६/६७"। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०७-२६ मिति
- ↑ "३ खर्व ३७ अर्व ९० करोडको बजेट प्रस्तुत / पूर्वाधारमा जोड (पूर्ण विवरणसहित)", कान्तिपु, मंसिर ४, २०६७।
- ↑ "आर्थिक वर्ष २०७५ /७६ को बजेट"।
- ↑ "आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्य", नेपाल सरकार अर्थ मन्त्रालय।
- ↑ "नेपाल बजेट: आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक", बीबीसी नेपाल, २८ मई २०२०।
- ↑ "आर्थितक वर्ष २०७८ ।७९ को आय-व्ययको सार्वजनिक जानकारी वक्तव्य", नेपाल सरकार अर्थ मन्त्रालय।
- ↑ "आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य", नेपाल सरकार अर्थ मन्त्रालय।
- ↑ "बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)", अनलाइनखबर, अन्तिम पहुँच २०८० जेठ १५।
- ↑ "आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य", नेपाल सरकार अर्थ मन्त्रालय।
- ↑ "बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड", अनलाइनखबर, अन्तिम पहुँच २०८१ जेठ १५।
- ↑ पुरी, अच्युत (२०७८ भदौ ३१), "बजेट होलिडे के हो ? कहाँ-कहाँ रोकियो खर्च ?"।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बजेट वक्तव्य सङ्ग्रह वेब्याक मेसिन अभिलेखिकरण २०२४-०७-२० मिति
- विनियोजन ऐन वेब्याक मेसिन अभिलेखिकरण २०२४-०८-०७ मिति
- आर्थिक ऐन तथा विधयेक वेब्याक मेसिन अभिलेखिकरण २०२४-०७-२४ मिति