भरतमोहन अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरत मोहन अधिकारी
भरतमोहन अधिकारी
अर्थ मन्त्रालय
कार्यकाल
३० नोभेम्बर १९९४ – १२ सेप्टेम्बर १९९५
एकाधिपतिवीरेन्द्र
प्रधानमन्त्रीमनमोहन अधिकारी
व्यक्तिगत विवरण
जन्म(१९३६-०५-०४)मे ४, १९३६
महोत्तरी, भ्रमरपूरा[१]
मृत्यु२ मार्च २०१९(2019-03-02) (उमेर ८२)
ह्यम्स अस्पताल, काठमाडौँ[२]
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
जीवन साथीओम कुमारी अधिकारी
सन्तान(हरू)[३]
आफन्तहरूमनमोहन अधिकारी (भाइ)
शिक्षाएम.ए., वी.एल.

भरतमोहन अधिकारी पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता हुन्। उनको जन्म बि. सं. १९९३ साल वैशाख २२ गते महोत्तरी जिल्लाको भ्रमणपुरा गाउँमा भएको थियो।[४] सन् १९३६ मा महोत्तरीमा जन्मेका अधिकारीले पटक पटक मोरङ क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। तत्कालीन् प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहन अधिकारी नेपालको इतिहासमा पहिलो अर्थमन्त्री नियुक्त भएका थिए। उनी तीनपटक अर्थमन्त्री भएका थिए।[५] बि. सं. २०५१ सालमा “आफ्नो गाउँ आफै बनाऔँ ” कार्यक्रम, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास र गाउँगाउँमा सहकारी जस्ता कार्यक्रम उनको कार्यकालमा ल्याइएको थियो ।

शुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

विराटनगरको आर्दश माद्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका उनले भारतको इलाहाबादबाट प्रविणता प्रमाणपत्र तह, बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थ शास्त्रमा एमए र कानुनमा स्नातक गरेका थिए।[६]

अधिकारीले सन् १९५२ मा १६ वर्षको उमेरमै भारतको बनारसमा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीति सुरु गरेका थिए। बि. सं. २००८ सालमा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष बनेका अधिकारीकै नेतृत्वमा बि. सं. २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड परिवर्तन गरेर आर्दश स्कुलको बोर्ड राखिएको थियो। बि. सं. २०१७ सालमा तत्कालिन राजा महेन्द्रले कू गरेपछि सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रबृत्ति त्यागेर सक्रिय राजनीतिमा आएका थिए।[७]

उनको विवाह २०२५ सालमा धरानकी ओमकुमारीसँग भएको थियो।[८]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

बि. सं. २००८ सालदेखि राजनीतिमा संलग्न भएका अधिकारी ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए। नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार बि. सं. २०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा भरतमोहन अधिकारी अर्थमन्त्री बनेका थिए। मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए। बि. सं. २०५१ पुस ११ मा पहिलो बजेट ल्याउँदै 'आफ्नो गाउँ आफैं बनाऔँ' भन्ने कार्यक्रम ल्याएका थिए। बि. सं. २०५२ असार असार २७ गते अर्को बजेट ल्याएका थिए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो।[९]

अधिकारी बि. सं. २०५३ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए। बि. सं.२०५६, बि. सं. २०६१ मा पनि अधिकारी अर्थमन्त्री भएका थिए। बि. सं. २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने। २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २बाट उनी दुई पटक निर्वाचित भएका थिए।[९]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. http://parliament.gov.np/lpsn/public/np/members/603 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२७ मिति
  2. "रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी", http://www.newsofnepal.com, अन्तिम पहुँच २०१९-०३-०२ 
  3. "रहेनन् पूर्वउपप्रधानमन्त्री भरत मोहन अधिकारी", अन्तिम पहुँच २०१९-०३-०२ 
  4. "रहेनन् भरतमोहन अधिकारी", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-०२ 
  5. "रहेनन् भरतमोहन अधिकारी, बृद्धभत्तादेखि ‘आफ्नो गाउँ आँफै बनाउँ’ सम्मका योजनाकार", अन्तिम पहुँच २०१९-०३-०३ 
  6. "रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता", अन्तिम पहुँच २०७५ फागुन १८ गते 
  7. "रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता", अन्तिम पहुँच २०७५ फागुन १८ गते 
  8. "भरतमोहन थोत्रो कमिज लगाएर विराटनगरको आदर्श स्कुल जान्थे, छोरी पढाउन अण्डा बेचे", अन्तिम पहुँच २०१९-०३-०३ 
  9. ९.० ९.१ "रहेनन् भरतमोहन अधिकारी", अन्तिम पहुँच फाल्गुन १८, २०७५  कान्तिपुर दैनिक

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]