सुरेन्द्र पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुरेन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टीको सांसद हुन् ।

२०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होमिएका नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य सुरेन्द्र पाण्डे संविधानसभामा समानुपातिक तर्फका सभासद थिए। तत्कालीन को-अर्डिनेसन केन्द्रबाट उनले राजनीतिक यात्रा शुरु गरेका हुन् जसका निम्ति आफ्नो पारिवारिक वातावरण र त्यसवेलाको राजनीतिक परिस्थिति समेतले उनलाई प्रेरित गरेको थियो। सभासद पाण्डे विगत १८ वर्षदेखि एमाले केन्द्रीय कमिटीमा छन् र राष्ट्रिय सभा सदस्य पनि रहिसकेका छन्। राजनीतिक यात्राका क्रममा उनले राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताइसकेका छन्।

१. विगतको राजनीतिक जीवनः[सम्पादन गर्नुहोस्]

  • ०३१ साल देखि राजनीतिमा सक्रिय
  • पंचायती शासनकालमा १० वर्ष भुमिगत भई आन्दोलनको नेतृत्व गरेको
  • ०४३ सालमा पंचायतको विरुद्ध जनपक्षीय उम्मेदवारलाई जिताउन विभिन्न जिल्लामा नेतृत्व गरेको
  • उपत्यकाको इन्चार्ज भई काम गरेको
  • ०४६ सालको जनआन्दोलनमा कोशि अन्चलमा पार्टीको तर्फबाट नेतृत्व गरेकोे
  • कर्णाली अन्चल जस्तो बिकट जिल्लामा इन्चार्ज भई पार्टीलाई बिस्तार र व्यवस्थित बनाएको
  • मजदूर फाँट, बिद्यार्थी फाँट, पेशागत फाँट लगायतको प्रमुख भई काम गरेको
  • महिलाहरूको हक, हित तथा अधिकारको निम्ति निरन्तर रूपमा कार्य गरेको
  • गणतन्त्र नेपालमा राज्यको पुनःसंरचना, सङ्घीयता, निर्वाचन प्रणाली लगायतका महत्त्वपूर्ण सवालहरूमा पार्टीको तर्फवाट विशेषज्ञताको भुमिका निर्वाह गरेको

२. संसदमा योगदान[सम्पादन गर्नुहोस्]

  • ०५४ देखि ०६० सम्म राष्ट्रियसभाको सदस्य भई चितवनको क्षेत्र नं १ विकास निर्माणको निम्ति निरन्तर कार्य गरेको
  • ०५६ देखि ०६० सम्म राष्ट्रियसभाको प्रमुख सचेतक भई सदन संचालनमा महत्त्वपूर्ण योगदान गरेको
  • ०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य तथा संविधानसभामा दलको उपनेता भई कार्य गरेको
  • संबिधानसभामा संबैधानिक समिति, विवाद समाधान उपसमितिमा बसी महत्त्वपूर्ण
  • भ्ुामिका खेलेको र संबिधानको बिषयमा विवादित बिषयलाई हल गर्न भुमिका खेलेको र उच्च स्तरिय वार्ताहरूमा सक्रिय सहभागिता रहेको
  • नेपालका प्राय सवै जिल्लाहरूमा भ्रमण गर्नुको साथसाथै अन्तराष्ट्रिय स्तरको अनुभव हासिल

३. सफल अर्थमन्त्रीको रूपमा कार्यगर्दा[सम्पादन गर्नुहोस्]

  • ०६६ जेष्ठ खेखि ०६७ माघ सम्म नेपाल कै सफल अर्थमन्त्रीको रूपमा कार्य गरेको र मुलुकको सिंगो विकासमा प्रभाव पार्ने कार्यक्रमहरू अगाडि ल्याएको
  • देशको आर्थिक विकासमा नयाँ सोच र योजना अगाडि बढाएको । मध्य पहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा शहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको थालनी गरेको
  • काठमाडौँ नीजगढ फास्ट ट्याक निर्माण शुरु
  • पूर्वपश्चिम हुलाकी मार्ग, त्यसमा पर्ने पुलहरूको निर्माण शुरु
  • दलितहरूको हक तथा अधिकारको संरक्षणको निम्ति शसक्त कदम चालेको र उनीहरूको निम्ति जनता आवासको नाममा घरहरु निर्माण गरेको
  • सडक दुर्घटनाका पीडितलाई उचित न्याय दिलाउन, दुर्घटनाको कारणबाट सडक अवरोध भई यात्रुहरु अलपत्र पर्ने अवस्थालाई समाप्त गर्न तेश्रो पक्षको बिमा शुरु गरेको
  • लेड सेडिंगको समस्यालाई क्रमशः समाधान गर्ने योजना अनुरुप माथिल्लो तामाकोशि आयोजनाको शुरु गरेको
  • माथिल्लो चिशुली ुतीन एु को ऋण सम्झौता गरी काम शुरु
  • श्रमिकहरूको सामाजिक सुरक्षाको लागि सामाजिक सुरक्षाकर कट्टी गरी सामाजिक सुरक्षा प्रणाली शुरु,
  • आम नागरिकको श्वास्थ उपचारको व्यवस्था सहज रूपले गराउन पाउन पाँच जिल्लामा पाइलट योजनाको रूपमा श्वास्थ्य बिमा शुरु
  • गरीब जनताहरुका सवै छोराछोरीहरूले शिक्षाको अवसर पाउन सकून भन्ने उद्देश्यले दशकक्षासम्म सरकारी बिद्यालयमा पढ्ने छात्रछात्राहरूलाई नगद छात्रबृत्ति शुरु
  • बालिकाहरूको श्वास्थ्यलाई ध्यानमा राखी सवै बिद्यालयहरूमा छात्रा शौचालयको व्यवस्था
  • तिस हजार सरकारी बिद्यालयमा इन्टरनेट सेवा शुरु
  • खेलक्षेत्रमा लगानी वृद्धि
  • चितवन, हेटौडा र कैलालीमा क्षेत्रिय रंगशालाको निम्ति र भैरहवा र काठमाडौँ क्रिकेट मैदानमा बजेट विनियोजन
  • पोखरा विमानस्थलको लागि ऋण सम्झौता गरी कार्य अगाडि बढाएको
  • राष्ट्रिय परिचयपत्र, गरीब परिचयपत्र निर्माणको लागि बजेट विनियोजन

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर ४९ वर्षीय सुरेन्द्र पाण्डे दुई छोराका पिता हुन्। अध्ययनमा उनको रुचि छ र उनी वीरेन्द्रनगर, चितवन स्थित जनआदर्श बहुमुखी क्याम्पससँग आवद्ध रहेका छन्। विभिन्न पत्रपत्रिकामा उनका लेख रचना प्रकाशित हुँदै आएका छन्। चितवन (भण्डारा) निवासी पाण्डे आफू पार्टीको नीति, सङ्गठन र राजनीतिक निरन्तरताको आधारमा संविधानसभामा पुग्न सकेको आकलन गर्छन्। संविधानसभामा उनले प्रमुखतासाथ दुई मुद्दा उठाउने बताएका थिए। क.शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा समावेश गर्ने अग्रगामी एजेण्डा सहितको संविधान निर्माण, ख. सङ्घीय संरचना मार्फत जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय विभेदको अन्त्यका लागि पहल। सबै दलको सहमति र सहकार्यका आधारमा बन्ने नयाँ संविधानले नै नयाँ नेपालको मार्गचित्र कोर्न सक्ने उनको धारणा छ।

हाल उनी सांसदको रूपमा कार्यरत छन्।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]