हुलाकी राजमार्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालको पूर्व पश्चिम हुँदै तराईका वस्तीहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।
यस आयोजनाको कूल लागत अनुमान करिव ४७२७ करोड रहेको छ । नेपाल सरकार तथा भारत सरकारबाट प्राप्त हुने अनुदान रकमबाट लागत व्यहोरिने छ । आ.व. २०६५/६६ मा शुरु भई आ.व. २०७४/७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आ.व. २०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको अन्त्यमा कूल १६६३ कि.मि.कालोपत्रे सडक र १२५ वटा पूलहरुको निर्माण हुने अनुमान छ । [१]

इतिहास[सम्पादन गर्ने]

राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिाड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुाचमार्ग पनि हो । यस आयोजना पूर्व-पश्चिम ९सय ७५ किमि फैलिएको छ ।

भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । [२]

सन्दर्भ[सम्पादन गर्ने]