ललिता निवास प्रकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललिता निवासमा रहेको नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय

ललिता निवास प्रकरण वा बालुवाटार जग्गा प्रकरण नेपालको एक प्रसिद्ध जग्गा अनियमितता प्रकरण हो । नेपालको प्रधानमन्त्री निवास बालुवाटारमा अवस्थित ललिता निवासमा रहेको भूतपूर्व प्रधानमन्त्री सुवर्ण शमशेर राणाको निजी जग्गाको भ्रष्टाचार, अख्तियार दुरुपयोग तथा अनियमितता थियो । यस प्रकरणमा तत्कालीन एमाले महासचिव तथा शीर्ष नेता विष्णु प्रसाद पौडेलको संलग्नता भएपछि घटनाले उग्र रूप लिएको थियो । यस प्रकरणमा थुप्रै राजनैतिक संग्लनता रहेको आशङ्का गरिएको थियो ।[१][२][३] त्रिताल प्रतिवेदनको अनुसार मालपोत कर्मचारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीले पदको दुरुपयोग गरी जग्गा घूसको रूपमा हत्याएको उल्लेख गरेको थियो ।[४]

स्रोत[सम्पादन गर्नुहोस्]

हेर्नुहोला[सम्पादन गर्नुहोस्]