नेपाल स्काउट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल स्काउट
Countryनेपाल
Membership१०९०००
संरक्षकप्रधानमन्त्री पुष्पकमल दाहाल
प्रमुख आयुक्तमहेन्द्रराज रंजित
निर्देशक (कार्यालय प्रमुख)रामप्रसाद भट्टराई
Website
nepalscouts.org वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२८ मिति
Scouting portal

नेपाल स्काउट नेपालको आधिकारीक स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो ।

नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

उद्देश्य[सम्पादन गर्नुहोस्]

नेपाल स्काउटको उद्देश्य यस्तो छः
(क) विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।
(ख) बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
(ग) दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।
(घ) सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।
(ङ) समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने ।
(च) स्वास्थ्य, वातावरण, भू-संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।

"बन्द कोठा भित्र बस्ने मानिसको सोच सञ्कोचीत हुन्छ"

स्काउट नियम[सम्पादन गर्नुहोस्]

ब्वाय् र गर्ल्स स्काउट नियम[सम्पादन गर्नुहोस्]

  • स्काउट विश्वास योग्य हुन्छ ।
  • स्काउट भक्त हुन्छ ।
  • स्काउट उपयोगी र सहयोगी हुन्छ ।
  • स्काउट सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भगिनित्व कायम राख्दछ ।
  • स्काउट विनम्र हुन्छ ।
  • स्काउट प्राणी प्रति दयालु हुन्छ ।
  • स्काउट अनुशासित र आज्ञाकारी हुन्छ ।
  • स्काउट बहादुर हुन्छ र सधैं प्रसन्न हुन्छ ।
  • स्काउट मितव्ययी हुन्छ ।
  • स्काउट मन, बचन र कर्ममा पवित्र हुन्छ ।

ब्वाय् र गर्ल्स स्काउटको प्रतिज्ञा[सम्पादन गर्नुहोस्]

म (आफ्नो नाम)................................ आत्मा साक्षी राखी आफ्नो मर्यादामा प्रतिज्ञा गर्दछु कि सकभर
देश, नरेश तथा ईश्वर\धर्म प्रति आफ्नो कर्तव्य पालन गर्दछु ।
सधैं परोपकार गर्दछु ।
सधैं स्काउट नियम पालना गर्दछु ।

नेपाल स्काउटको वर्गिकरण[सम्पादन गर्नुहोस्]

उमेरको आधारमा नेपाल स्काउटको वर्गीकरण यस प्रकार छ :-[सम्पादन गर्नुहोस्]

  • कब\ब्राउनी (७ देखी १० वर्ष )
  • ब्वाय्\गर्ल (११ देखी १५ वर्ष)
  • रोवर\रेञ्जर (१६ देखी २५ वर्ष)

ब्वाय्\गर्ल स्काउटको ब्याज सूची[सम्पादन गर्नुहोस्]

क्रियाकलाप[सम्पादन गर्नुहोस्]

ज्याम्बोरी[सम्पादन गर्नुहोस्]

नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी वि.सं. २०४३मा कीर्तिपुरमा गरेको थियो ।[१]

नेपाल स्काउटको दोश्रो ज्याम्बोरी वि.सं. २०६९ सालमा चितवनको टिकौलीमा आयोजना भएको थियो ।[२]

नेपाल स्काउटको तेस्रो ज्याम्बोरी २०७५ सालमा ककनीमा आयोजना भएको थियो ।[३]

रोभरमुट

नेपाल स्काउटको पहिलो रोभरमुट २०७८ सालमा पोखरामा आयोजना भएको थियो ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालमा स्काउट एक परिचय", Sadarline (en-USमा), ८ चैत्र २०७४, बिहीबार १७:३१, अन्तिम पहुँच २०२४-०४-०८ 
  2. "स्काउट 'ज्याम्बोरी’ सकियो", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०४-०८ 
  3. "नेपाल स्काउटको सबैभन्दा ठूलो भेला ‘ज्याम्बोरी’ ककनीमा", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०४-०८ 
  4. "नेपालमा पहिलो पटक स्काउटले 'रोभर मुट' गर्ने", Annapurna Post (Nepaliमा), अन्तिम पहुँच २०२४-०४-०८ 

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

नेपाल स्काउट
राष्ट्रिय प्रधान कार्यलय
लैनचौर, काठमाडौँ, नेपाल
पोष्ट बक्स न : १०३७
टेलीफोन: ४४१९००१, ४४२५७६२, ४४१३३६९
फ्याक्स: ९७७-१-४४१३३६९
ईमेल: info@nepalscouts.org

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]