अन्नपूर्ण ब्याज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्नपूर्ण ब्याज ब्वाए/गर्ल स्काउट लाई वेडेन पावेल शिखर ब्याज प्रदान गरेपछि प्रदान गरिने अर्को चरणको ब्याज हो ।

यो दोस्रो चरणको वेडेन पावेल शिखर ब्याज दिए पछि स्काउटहरूलाई प्रदान गरिने तेस्रो चरणको ब्याज हो । यो ब्याजको भूमी हरियो हुन्छ । जसले स्काउटहरूलाई नेपालको धनको रूपमा रहेको हरियो वनपाखाको प्रतिनिधित्व गराउँछ । यस ब्याजको माथिल्लो भागमा सेतो हिमाल अङ्कित छ । जसले नेपालको अन्नपूर्ण हिमालको प्रतिनिधित्व गर्दछ । हिमालभन्दा तल्लो भागमा स्काउटको तीन औंले प्रणाम चिन्ह रहेको हुन्छ । जसले स्काउटहरु आफ्नो ३ प्रतिज्ञामा सदा निष्ठावान रहन्छन् भन्ने कुरा जनाउँछ ।[१]

प्रक्रिया[सम्पादन गर्नुहोस्]

[२] अन्नपूर्ण ब्याज प्राप्त गर्नको लागि स्काउटले आफ्नो स्काउट मास्टरलाई तपसिलका विषयको परीक्षा दिई उहाँको विश्वास प्राप्त गर्नु पर्नेछ

शारीरिक शिक्षा[सम्पादन गर्नुहोस्]

  • शारीरिक शिक्षा अन्र्तगत स्काउटले वी.पी. ब्यायाम गर्न सक्ने, स्काउट मार्च र व्यक्तिगत स्वास्थ्य सम्बन्धी ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले स्वास्थ्य नियम र कवाज आफ्नो एउटा स्काउट साथीलाई सिकाएको हुनुपर्ने छ ।
  • शारीरिक शिक्षा अन्र्तगत स्काउटले एउटा कब/ब्राउनी साथीलाई स्वास्थ्य सम्बन्धी प्रोफिसियन्सी ब्याज प्राप्त गर्न मद्दत गर्ने वा जुडो, कराते, तेक्वाण्डो खेल मध्य कुनै एकको जानकारी हासिल गरेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले स्वास्थ्य सम्बन्धी प्रोफिसियन्सी ब्याज प्राप्त गरेको हुनुपर्ने छ ।

बौद्धिक खुबी[सम्पादन गर्नुहोस्]

  • बौद्धिक खुबी अन्र्तगत स्काउटले अन्नपूर्ण ब्याजको अर्थ, राष्ट्रिय चिन्हहरूको ज्ञान, चार वटा स्काउट गीत, आफ्नो जिल्लाको स्काउटिङ्ग इतिहासको ज्ञान जानेको हुनुपर्ने छ ।
  • स्काउटले WOSM/WAGGGS को चिन्हको अर्थ थाहा पाएको र चित्र बनाउन सक्ने हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले आफू रहने जिल्लाको इतिहासको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले अन्तर ट्रुप वा अन्तर पेट्रोलका लागि हाजिर जवाफ, वाद–विवाद, हिज्जे, वक्तृत्वकला प्रतियोगितामा भाग लिन सक्ने हुनुपर्ने छ ।
  • स्काउटले आफू रहने जिल्ला र आफ्नो विद्यालयको वरिपरिको वातावरणको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।

गृह सेवा[सम्पादन गर्नुहोस्]

  • गृह सेवा अन्र्तगत स्काउटले घरमा वा घरभन्दा बाहिर एक पेट्रोलको लागि मिलेर एक छाक खाना तयार गर्न सक्ने हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले एक छाक खाना तयार गर्न आवश्यक किनमेल गर्न सक्ने हुनुपर्दछ ।
  • गृह सेवा अन्र्तगत नै स्काउटले निम्न लिखित मध्ये कुनै दुईको पूर्ण ज्ञान र अभ्यास गरेको हुनुपर्ने

(क) कम्पोष्ट मल बनाउने,
(ख)कुखुरापालन,
(ग)करेसा बारी सिहारसुसार
(घ)सिलाई बुनाई
(ङ)आफ्नो फूलबारीमा दुई फल फल्ने विरूवा रोपेको हुनुपर्ने
(च)अथवा स्थायी फूलेको विरूवा हुर्काउने

  • स्काउटले घरायसी कार्यमा एउटा प्रोफिसियन्सी ब्याज हासिल गरेको हुनुपर्दछ ।

सेवा[सम्पादन गर्नुहोस्]

  • स्काउटले घर, विद्यालय वा समाजमा सेवा कार्य गरेर त्यसको प्रमाण–पत्र प्राप्त गरेको हुनुपर्ने छ ।
  • स्काउटले ट्रूपमा बनेका हस्तकलाका वस्तुहरुविक्री गरी ट्रूपका लागि अर्थ सङ्कलन गर्ने अथवा २ दिनको सेवा शिविर मा भाग लिर्इ प्रमाण–पत्र हासिल गरेको हुनुपर्ने छ ।
  • स्काउटलाई रोलर व्यान्डेजको जानकारी हुनु पर्ने र बाँध्ने तरिकाको समेत ज्ञान हुनु पर्ने छ ।
  • स्काउटले हात भाँचिएको ठाउँमा सानो र ठूलो झोलुङ्गे पट्टीको प्रयोग गर्न सक्ने हुनुपर्ने छ ।

बाह्य कृयाकलाप[सम्पादन गर्नुहोस्]

  • बाह्य कृयाकलाप अन्र्तगत स्काउटले दुई राते क्याम्प वा चार वटा डे क्याम्पमा भाग लिएको हुनुपर्ने छ ।

चरित्र निर्माण[सम्पादन गर्नुहोस्]

  • बाह्य कृयाकलाप अन्र्तगत स्काउटले पेट्रोलमा सक्रिय भर्इ ६ महिनासम्म काम गरेको अवधिको रिपोर्ट तयार गरेको हुनुपर्ने छ ।

हस्तकला[सम्पादन गर्नुहोस्]

  • हस्तकला अन्र्तगत स्काउटलेएउटा उनी वस्त्र बनाउन जानेको हुनुपर्ने छ ।

सम्बन्ध[सम्पादन गर्नुहोस्]

  • सम्बन्ध अन्र्तगत स्काउटले आफ्नो जिल्ला स्काउट कार्यालयका लागि अर्थ संकलनमा सहभागी भएको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले कम्तिमा २ राष्ट्रिय वा अन्तर्राष्ट्रिय पत्र–मित्र बनाएको हुनुपर्ने छ ।
  • स्काउटले कम्तिमा १० जना स्काउटिङ्ग क्षेत्रका वा अन्य महत्त्वपूर्ण व्यक्तिहरूको अटोग्राफ/फोटो सङ्कलन गर्न सक्ने हुनुपर्ने छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. अन्नपूर्ण ब्याज[dead link]
  2. नेपाल स्काउट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२८ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरु[सम्पादन गर्नुहोस्]