सगरमाथा ब्याज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सगरमाथा ब्याज ब्वाए/गर्ल स्काउटलाई कञ्चनजङ्गा ब्याज प्रदान गरेपछि प्रदान गरिने अर्को चरणको ब्याज हो ।

यो ब्याज चौँथो चरणको कञ्चनजङ्गा ब्याज दिए पछि स्काउटहरूलाई प्रदान गरिने पाँचौं चरणको ब्याज हो । यो ब्याजको भूमी हरियो हुन्छ । जसले स्काउटहरूलाई नेपालको धनको रूपमा रहेको हरियो वनपाखाको प्रतिनिधित्व गराउँछ । यस बाएजको माथिल्लो भागमा सेतो हिमाल अङ्कित छ । जसले नेपालमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको प्रतिनिधित्व गर्दछ । हिमालभन्दा तल्लो भागमा स्काउटको सदस्यता चिन्ह रहेको हुन्छ । जसले स्काउटहरु स्काउटको सदस्य रही अनवरत मेहिनतका साथ स्काउटिङ सिद्धान्त प्रतिपादन गर्दै यस स्थानमा पुगेको भन्ने कुराको प्रतिनिधित्व गर्दछ । त्यस भन्दा तल भागमा अङ्ग्रेजी अक्षरमा EVEREST लेखीएको छ । सगरमाथा ब्याज हाल ब्वाए/गर्ल स्काउटलाई दिईने सर्वोच्च ब्याज हो ।[१]

प्रक्रिया[सम्पादन गर्नुहोस्]

[२] सगरमाथा ब्याज प्राप्त गर्नको लागि स्काउटले आफ्नो स्काउट मास्टरलाई तपसिलका विषयको परीक्षा दिई उहाँको विश्वास प्राप्त गर्नु पर्नेछ

शारीरिक स्वास्थ्य[सम्पादन गर्नुहोस्]

  • शारीरिक स्वास्थ्य अन्र्तगत स्काउटले आफ्नो ट्रूपमा र आफूभन्दा मुनिको कोर्सका सहभागी स्काउटहरूलाई स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्न जानेको हुनुपर्ने छ ।
  • स्काउटले आफ्नो ट्रूपमा आफुभन्दा मुनिका स्काउटहरूलाई मार्च पास/परेड सिकाउने र कमाण्डका साथ नेतृत्व दिन सक्ने हुनुपर्दछ ।
  • स्काउटले आफ्नो ट्रूपमा आफुभन्दा मुनिका स्काउटहरूलाई स्वास्थ्य सम्बन्धी ज्ञान दिएको हुनपर्दछ ।
  • शारीरिक स्वास्थ्य अन्र्तगत स्काउटले आफू र आफ्नो एक जना स्काउट मित्र सँग शारीरिक तन्दुरूस्ती हुने क्रियापलापमा निरन्तर संलग्न भैरहेको हुनु पर्नेछ ।

बौद्धिक खुबी[सम्पादन गर्नुहोस्]

  • बौद्धिक खुबी अन्र्तगत स्काउटले ५ वटा अन्तराष्ट्रिय गीतको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
  • स्काउटले नेपाल स्काउट, राष्ट्रिय प्रधान कार्यालयको झण्डाको बनावट र अर्थ थाहा पाएको हुनुपर्ने छ ।

सेवा कार्य[सम्पादन गर्नुहोस्]

  • सेवा कार्य अन्र्तगत स्काउटले हुलाक वा ईमेल/इन्टरनेटको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।

गृह सेवा[सम्पादन गर्नुहोस्]

  • गृह सेवा अन्र्तगत स्काउटले घर पालुवा पंछी वा जनावरको हेरचाह गर्न जानेको हुनुपर्ने छ ।

बाह्य कृयाकलाप[सम्पादन गर्नुहोस्]

चरित्र निर्माण[सम्पादन गर्नुहोस्]

  • चरित्र निर्माण अन्र्तगत स्काउटले आफ्नो विद्यालय तथा जिल्ला स्काउट कार्यालयद्वारा आयोजित साँस्कृतिक, वक्तृत्वकला/हाजिरी जवाफ आदि प्रतियोगितामा सहभागी हुनेर उद्घोषक भर्इ कार्य क्रम सञ्चालन गर्न सक्ने हुनुपर्ने छ । ।

हस्तकला[सम्पादन गर्नुहोस्]

  • हस्तकला अन्र्तगत स्काउटले सिलाई सम्बन्धी सामान्य ज्ञान भएको र उपयोगमा आउने गरी कपडा काट्न र सिउन सक्ने हुनुपर्ने छ । ।

सम्बन्ध[सम्पादन गर्नुहोस्]

  • सम्बन्ध अन्र्तगत स्काउटले अन्तर स्काउट ट्रूप बीच लोकगीत वा लोक नृत्य जस्ता कार्यक्रमको आयोजना गर्ने तथा सहभागी हुनेपर्दछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सगरमाथा ब्याज[dead link]
  2. नेपाल स्काउट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२८ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]