कञ्चनजङ्घा ब्याज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कञ्चनजंगा ब्याज ब्वाए/गर्ल स्काउटलाई अन्नपूर्ण ब्याज प्रदान गरेपछि प्रदान गरिने अर्को चरणको ब्याज हो ।

यो ब्याज तेस्रो चरणको अन्नपूर्ण ब्याज प्रदान गरे पछि स्काउटहरूलाई प्रदान गरिने चौँथो चरणको ब्याज हो । यो ब्याजको भूमी हरियो हुन्छ । जसले स्काउटहरूलाई नेपालको धनको रूपमा रहेको हरियो वनपाखाको प्रतिनिधित्व गराउँछ । यस ब्याजको माथिल्लो भागमा सेतो हिमाल अङ्कित छ । जसले नेपालको कञ्चनजंगा हिमालको प्रतिनिधित्व गर्दछ । हिमालभन्दा तल्लो भागमा स्काउटको सदस्यता चिन्ह रहेको हुन्छ । जसले स्काउटहरु स्काउटको सदस्य रही अनवरत मेहिनतका साथ स्काउटिङ सिद्धान्त प्रतिपादन गर्दै यस स्थानमा पुगेको भन्ने कुराको प्रतिनिधित्व गर्दछ । [१]

प्रक्रिया[सम्पादन गर्नुहोस्]

[२] कञ्चनजंगा ब्याज प्राप्त गर्नको लागि स्काउटले आफ्नो स्काउट मास्टरलाई तपसिलका विषयको परीक्षा दिई उहाँको विश्वास प्राप्त गर्नु पर्नेछ

शारीरिक स्वास्थ्य[सम्पादन गर्नुहोस्]

  • शारीरिक स्वास्थ्य अन्र्तगत स्काउटले वी.पी. ब्यायाम गर्न सक्ने र स्काउट मार्च सम्बन्धी ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले कम्तिमा २ कि.मि. हिड्न सक्ने हुनुपर्ने छ ।

बौद्धिक खुबी[सम्पादन गर्नुहोस्]

सेवा[सम्पादन गर्नुहोस्]

  • सेवा अन्र्तगत स्काउटले स्थानीय चार्डपर्व , मेला आदि सेवा क्याम्पमा सेवा गरेको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले जिल्ला स्काउट कार्यालयको लागि अर्थ संकलनमा सहयोग गर्नुपर्ने छ ।

गृह सेवा[सम्पादन गर्नुहोस्]

  • गृह सेवा अन्र्तगत स्काउटले सन्तुलित भोजनबारे जनचेतना जगाउन सक्ने हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले होम सर्भिसमा एउटा प्रोफिसियन्सी ब्याज प्राप्त गरेको हुनुपर्ने छ ।
  • स्काउटले घर पालुवा कुनै एक जनावर, कुकुर/बिरालो, सुग, मैना, गाई/बाख्रोको हेरचाह गर्न जानेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले बैङ्क भौचर भरी बैङ्कमा रकम जम्मा गर्नसक्ने र चेकद्वारा रकम निकाल्न सक्ने हुनुपर्दछ ।

बाह्य कृयाकलाप[सम्पादन गर्नुहोस्]

  • बाह्य कृयाकलाप अन्र्तगत स्काउटले ३ राते ४ दिने क्याम्पमा भाग लिएको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले सडक सुरक्षा नियमको प्रयोगात्मक ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
  • बाह्य कृयाकलाप अन्र्तगत स्काउटले स्टे«चर बनाउन र त्यसको प्रयोग गर्न जानेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले आफ्नो स्काउट पोशाक र अन्य प्रयोगका सामग्रीहरूको हिफाजत एवं संरक्षण गर्न सक्ने हुनुपर्दछ ।

चरित्र निर्माण[सम्पादन गर्नुहोस्]

  • चरित्र निर्माण अन्र्तगत स्काउटले जिल्ला स्काउट कार्यालयको समारोहमा सक्रिय भर्इ संलग्न हुने वा सकृय योगदान दिने वा जिम्मा लिर्इ कार्य गर्न जानेको हुनुपर्ने छ । ।

हस्तकला[सम्पादन गर्नुहोस्]

  • हस्तकला अन्र्तगत स्काउटले दैनिक जीवनमा प्रयोग हुने ६ वटा उपयोगी ग्याजेट वा स्थानीय सामग्रीको प्रयोग गरी उपयोगी वस्तुहरु(चराहरू, जनावरहरू,फलफूलहरू) बनाउन सक्ने हुनु पर्दछ ।

सम्बन्ध[सम्पादन गर्नुहोस्]

  • सम्बन्ध अन्र्तगत स्काउटले विद्यालयमा हुने अतिरिक्त कृयाकलापको लागि एउटा सेसन सञ्चालन गर्ने वा विद्यालयको समारोहमा अतिथिहरूको स्वागत गरी व्यवस्थित गर्ने कार्य मा संलग्न भएको हुनुपर्दछ ।
  • स्काउटले पाँच वटा राष्ट्रिय र दुई वटा अन्तर्राष्टिय पत्र–मित्र बनाई आफ्नो भावनाको आदान प्रदान गरेको हुनु पर्दछ ।
  • सम्बन्ध अन्र्तगत स्काउटले स्काउटका जिल्ला स्तरीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको अटोग्राफ र फोटोग्राफको सङ्कलन गर्ने र एलबम तयार गरेको हुनु पर्दछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. कञ्चनजंगा ब्याज वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-२९ मिति
  2. नेपाल स्काउट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२८ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]