राधाकृष्ण मैनाली
राधाकृष्ण मैनाली | |
|---|---|
| पूर्व शिक्षा मन्त्री | |
| कार्यकाल 1 February 2005 – 25 April 2006 | |
| राष्ट्रपति | राजा ज्ञानेन्द्र |
| व्यक्तिगत विवरण | |
| जन्म | Communist Party of Nepal (ML)]] (1998–2002) UCPN (2002–present) २६ सेप्टेम्बर १९४६ चोकपुर, ताप्लेजुङ, नेपाल |
| मृत्यु | Communist Party of Nepal (ML)]] (1998–2002) UCPN (2002–present) |
| चिहान | Communist Party of Nepal (ML)]] (1998–2002) UCPN (2002–present) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल कम्युनिष्ट पार्टी (माले) (before 1998) नेपाल कम्युनिष्ट पार्टी (माले) (1998) |
| अभिभावक |
|
राधाकृष्ण मैनाली नेपालका बाम राजनीतिज्ञ हुन्। मैनाली २०२५ मा विद्यार्थी राजनीतिमा उत्रेका हुन्। उनी २०२८ सालको झापा बिद्रोहबाट नेपालको राजनीतिक बृत्तमा चिनिएका हुन्। [१] ताप्लेजुङमा जन्मेका मैनालीले १६ वर्ष जेल जीवन विताएका छन्। नेकपा मालेका संस्थापक रहेका मैनालीले २०४६ को जन आन्दोलनमा बाम मोर्चाको नेतृत्व भूमिकामा रही काम गरेका थिए। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा उनी कृषि तथा भूमिसुधार मन्त्री बने।
नेकपा एमालेको पोलिटब्युरो सदस्य भएका उनी पार्टी फुटेर नेकपा माले सत्तामा जाँदा २०५४ सालमा स्वास्थ्य मन्त्री बनेका थिए। पार्टी एकीकरण पछि उनी निस्कृय बने। २०६१ को शाही कू पश्चात् राजाको शासन कालमा फेरी यिनी शिक्षामन्त्री बने। गणतन्त्रको स्थापना पश्चात् केही समय नेकपा माओवादी प्रवेश गरेका उनी पुनः नेकपा एमालेमा फर्केका छन्।
उनका 'लुटिएका २ थुँगा फूल', 'मेरो अतीतः मेरो सपना', 'बन्दी रहर', 'नलेखिएको इतिहास' लगायत कृतिहरू प्रकाशित छन्।
जीवनी
[सम्पादन गर्नुहोस्]राधाकृष्ण मैनालीको जन्म वि.सं. २००३ साल असोज १० गते धनपति मैनाली र चन्द्रमाया मैनालीको कोखमा ताप्लेजुङ जिल्लाको फूलबारी गाविस चोकपुर गाउँमा भएको थियो। उनका पिता धनपति मैनाली आफ्नो क्षेत्रका ठूला जमिन्दार थिए। यिनका ४ भाइ मध्ये माइला सिपी मैनाली पनि नेपाली बाम राजनीतिमा परिचित छन्। [२]
मैनालीको प्रारम्भिक शिक्षा ताप्लेजुङमा र माध्यमिक तहको शिक्षा झापामा भएको थियो।
मैनालीको विवाह ताप्लेजुङमै १३ वर्षको उमेरमा ११ वर्षकी राधिकासँग भएको थियो। उनी हरूका एक छोरा र दुई छोरी छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ यादब, अनिल (१० माघ २०७४), "राधाकृष्ण मैनालीको परिवार: ‘नेताकी श्रीमती हुन साह्रै गाह्रो’", नागरिक दैनिक, अन्तिम पहुँच २२ असार २०७५।
- ↑ यादब, अनिल (१० माघ २०७४), "राधाकृष्ण मैनालीको परिवार: ‘नेताकी श्रीमती हुन साह्रै गाह्रो’", नागरिक दैनिक, अन्तिम पहुँच २२ असार २०७५।