गोपालमान श्रेष्ठ
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गोपालमान श्रेष्ठ | |
|---|---|
| उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री | |
| पदमा 7 June 2017 – 15 February 2018 | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| पूर्वाधिकारी | Dhaniram Paudel |
| उतराधिकारी | गिरीराजमणि पोखरेल |
| व्यक्तिगत विवरण | |
| दल | नेपाली कांग्रेस |
नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठ स्याङजा क्षेत्र नं.१बाट विजयी सभासद हुनुहुन्छ। ३ छोरा र ६ छोरी सहित नौ जना सन्तानका पिता श्रेष्ठ २०४८ र २०५६ को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो। उहाँले भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योग मन्त्रीको जिम्मेदारी सम्हालिसक्नुभएको छ। काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका श्रेष्ठ नेपाली काङ्ग्रेस(प्रजातान्त्रिक) का कार्यवाहक सभापति हुनुहुन्थ्यो।
२०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२-६३ को दोस्रो जनआन्दोलनका सक्रिय सहमागी हुनुहुन्थ्यो। लोकतन्त्र स्थापनाको आन्दोलन र शान्ति प्रक्रिया अघि बढाउने कार्यमा उहाँले अग्रपंक्तिमा रहेर काम गर्नुभएको छ। अर्थशास्त्रका स्नातक गोपालमान श्रेष्ठको राजनीति वाहेकको पेशा व्यापार हो र उहाँ रेडक्रसका आजीवन सदस्य समेत हुनुहुन्छ। राजनीतिक यात्राका क्रममा साढे पाँच वर्ष जेलमा विताएका श्रेष्ठको रुचि समाजसेवामा पनि छ। प्रजातन्त्रका लागि निरन्तर गरेको संघर्षले आफूलाई संविधानसभामा पुर्याएको ठान्ने श्रेष्ठ सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र आदिवासी, जनजाति, महिला लगायत सबै पिछडिएका वर्गको उत्थानका लागि जोडदार आवाज उठाउने कुरामा प्रतिवद्ध हुनुहुन्छ।
सन्दर्भ
[सम्पादन]- ↑ संविधान सभा निर्वाचन पोर्टल अभिलेखिकरण २०१४-१२-१८ वेब्याक मेसिन