राजसूय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजा युधिष्ठिरद्वारा गरिएको राजसूय यज्ञ

राजसूय वैदिक कालको विख्यात यज्ञ हो। कुनै पनि राजाले चक्रवर्ती सम्राट बन्नको लागि राजसूय यज्ञ गर्दथे। यो एक वैदिक यज्ञ हो, जसको वर्णन यजुर्वेदमा पाइन्छ।[१]

विधि[सम्पादन गर्नुहोस्]

चक्रवर्ती सम्राट बन्नको लागि राजाहरू राजसूय यज्ञ सम्पन्न गरेर एउटा अश्व (घोडा) छाड्ने गर्दथे।[१] त्यो घोडा भिन्न-भिन्न राज्यहरू र प्रदेशहरूमा जाने गर्थ्यो। त्यस अश्वको पछाडी गुप्त रूपले राजसूय यज्ञ गराउने राजाका केही सैनिक समेत हुन्थे।

जब त्यो अश्व कुनै राज्यबाट भएर जान्थ्यो र त्यस राज्यको राजाद्वारा त्यस अश्वलाई समातिएको खण्डमा त्यो अश्वको राजासँग युद्ध गर्नु पर्दथ्यो र आफ्नो वीरता प्रदर्शित गर्नुपर्ने हुन्थ्यो। तर यदि कुनै राजाले त्यस अश्वलाई समात्न सकदैन्थ्यो भने त्यो राजालाई त्यस राजसूय अश्वको राजालाई नमन गर्दै त्यस राज्यको राजाको छत्रछायामा बस्न स्वीकार गर्नुपर्थ्यो।[२]

महाभारत कालमा महाराज युधिष्ठिरद्वारा यो यज्ञ गरिएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Knipe 2015, पृष्ठ 237.
  2. "Importance of yagna", The Hindu (en-INमा), २०१८-०६-२७, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०१९-०६-०१