गर्भाधान
Jump to navigation
Jump to search
गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्केका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बको असंख्य शुक्रकीटमध्ये एकसँग मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।