राईनास नगरपालिका
राईनास नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | पश्चिमाञ्चल |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | लमजुङ जिल्ला |
स्थापना | २०७२ आस्विन १ |
जनसङ्ख्या | |
• जम्मा | १७,३३३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६६ |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
राईनास नगरपालिका नेपालको साबिक पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुङ र मोहोरियाकोट यी ६ गाउँ विकास समितिहरूलाई समेटेर राईनास नगरपालिका घोषणा गरिएको हो।[४] राईनास नगरपालिकाको केन्द्र चक्रतिर्थ गाउँ विकास समितिको तिनपिप्ले बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
सिमाना[सम्पादन गर्नुहोस्]
- पूर्व, पूर्व-दक्षिण: चेपे नदी र गोरखा जिल्ला
- दक्षिण: मर्सयाांदी नदी, तनहु जिल्ला-पुर्कोट ग.बि.स.
- पश्चिम:
- उत्तर:
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुङ र मोहोरियाकोट यी ६ गाउँ विकास समितिहरूलाई मिलाएर राईनास नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ६ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर राईनास नगरपालिकाको जनसङ्ख्या १७,३३३ रहेको छ।[५]
शिक्षा[सम्पादन गर्नुहोस्]
स्वाथ्य[सम्पादन गर्नुहोस्]
कृषि[सम्पादन गर्नुहोस्]
कृषिको दृष्टिकोणबाट राईनास नगरपालिका भित्र अत्यन्त उर्वर भूमिहरु छन् | सिंचाईको हिसाबले दुई ठुला रास्ट्रिय स्तरका योजनाहरु : राईनासटार सिंचाई योजना र पाङ्ग्रे-हर्राबोट सिंचाई योजना यसै नगरपालिका भित्र पर्दछन | दुवै योजनाहरूबाट गरी ११६० हेक्टर सिंचित भुमि र लगभग १५००० जनता लाभान्बित छन् | अरु साना ठुला कुलाहरूको माध्यमबाट धेरै जसो भूमिहरु सिंचित भुमि मै पर्दछन् | तार्कुघाटका फाँटहरु, राईनासटार, कैनिटार, तिनपिप्ले, अल्काटार, ढम्के, टिमुरे, टारी, खरखरे, रयले, ढाँड साथै आसपासका फाँटहरु व्यबसायिक खेतीका लागि उपयुक्त छन् | यति हुँदाहुँदै पनि स्थानीय कृषिमा यान्त्रिकीकरण तथा लामो समयदेखि व्यवसायिकरण हुन नसक्नुलाई ठुलो कमजोरी मान्नुपर्दछ | चेपे र मर्स्यांदी नदि आसपासका फाँटहरु अन्न र तरकारी वालीको लागि उपयुक्त छन् भने, माथिल्लो पहाडी भुमि फलफुल, जैविक तरकारी, जडीबुडी र पशुपालनको लागि उपयुक्त देखिन्छ | व्यवसायिक हिसाबले यान्त्रिकीकरण सहित कृषि तथा पशुपालनमा ध्यान दिने हो भने यो भू-भाग कृषिको उदाहरणीय केन्द्र बन्न सक्छ | विध्यमान कृषि निर्वाहमुखि भन्दा माथि उठ्न सकेको छैन र हालसम्म मानिसहरूको खाने वानीमा सुधार ल्याउन सकिएको छैन |
पर्यटन[सम्पादन गर्नुहोस्]
ऐतिहासिक राईनासकोट, लिगलिगकोट यो क्षेत्रको गहना मान्नुपर्दछ | त्यसैगरि प्रख्यात धार्मिक स्थल दुधपोखरी जाने प्रमुख पदमार्ग यसै नगरपालिकामा पर्दछ | राइनास कोट, चेपेघाट, चक्रतिर्थ, बोक्सेरह, पन्थेडाँडा कालिका मन्दिर यहाँका महत्त्वपूर्ण धार्मिक स्थलहरु हुन् | नेपाल एकीकरणका सम्मानित पुरुष वीर भक्ति थापाको जन्मस्थल मोहोरियाकोट पनि ऐतिहासिक हिसाबले महत्त्वपूर्ण मानिन्छ | पदयात्रा, दृस्यावलोकन, ग्रामिण तथा सांस्कृतिक पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटनको लागि यो क्षेत्रले प्रचुर सम्भावना बोकेको छ | यसैगरी राईनासकोटबाट चेपेनदीको बगरसम्म प्याराग्लाइडिङ, रक क्लाइमीङ साथै साहसिक पर्यटनको लागि पनि उपयुक्त भू-भागहरु पर्दछन | काठमान्डौ, पोखरा र लुम्बिनीबाट समदुरीमा पर्ने यो ऐतिहासिक क्षेत्र जातीय र सांस्कृतिक सहिष्सुणताको हिसाबले पनि उदाहरणीय नै मान्नु पर्दछ | होमस्टे र दृस्यावलोकन एकैसाथ गर्न सकिने राईनास गाउँ, बोहोरा गाउँ जस्तै जातीय सांस्कृतिक पहिचान सहितका प्रसस्तै गाउँहरु यो नगरपालिका भित्र पर्दछन | चेपे र मर्स्यांदी नदिका किनारहरूलाई जल मनोरन्जनको दृष्टिले विकास गर्ने र समग्रमा यो क्षेत्रलाई रास्ट्रिय स्तरका पदमार्गहरूसँग जोडी पर्यटनको दिर्घकालिन विकाश गर्न सकिन्छ | यसको लागि स्थानीय स्तरमा बहसको सृजना गरी पर्यटन विकाशका साझेदारहरूलाई समाबेश गराउन सकिन्छ |
गतबिधिहरु[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १।
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |