सामग्रीमा जानुहोस्

राइनास नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राईनास नगरपालिकाबाट अनुप्रेषित)
राइनास नगरपालिका
राइनास नगरपालिका को गण्डकी प्रदेश मा अवस्थिति
राइनास नगरपालिका
गण्डकी प्रदेशको नक्सामा राइनास नगरपालिकाको अवस्थिति
राइनास नगरपालिका को नेपाल मा अवस्थिति
राइनास नगरपालिका
राइनास नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३०′N ८४°०८′E / 28.5°N 84.14°E / 28.5; 84.14
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखखड्गबहादुर गुरुङ (नेपाली काङ्ग्रेस)
  उपप्रमुखपुष्‍पराज खनाल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा७१.९७ किमी (२७.७९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,४०२
  घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविक चक्रतीर्थ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राइनास नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुङमोहोरियाकोट गरि ६ गाउँ विकास समितिहरूलाई समेटेर राईनास नगरपालिका घोषणा गरेको थियो।[] राइनास नगरपालिकाको केन्द्र चक्रतीर्थ गाउँ विकास समितिको तिनपिप्ले बजारमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राइनास नगरपालिकाको कुल जनसङ्ख्या १७,४०२ रहेको छ भने यहाँ ४,९६१ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार राइनास नगरपालिकाको कुल जनसङ्ख्या १७,४०२ रहेको छ। यस नगरपालिकालाई १० वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

राइनास नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
भलायखर्क (३-४,८-९)९३०४.४८२०७.५९
भलायखर्क (१-२,५-७)७५२५.९११२७.२४
चक्रतीर्थ (१-३)१,६१७८.०८२००.१२
चक्रतीर्थ (४-६)१,९९०३.७०५३७.८४
चक्रतीर्थ (७-९)१,६५१४.२०३९३.१०
धमिलीकुवा (३,४,६-९)२,७८६८.३७३३२.८६
धमिलीकुवा (१-२,५)१,७९०६.६५२६९.१७
तार्कुघाट२,८२०९.७६२८८.९३
मोहोरियाकोट१,७२२१०.२९१६७.३५
१०प्यार्जुङ१,३४४१०.५३१२७.६४
जम्मा१७,४०२७१.९७२४१.७९

कृषिको दृष्टिकोणबाट राईनास नगरपालिका भित्र अत्यन्त उर्वर भूमिहरु छन् । सिंचाईको हिसाबले दुई ठुला रास्ट्रिय स्तरका योजनाहरु : राईनासटार सिंचाई योजना र पाङ्ग्रे-हर्राबोट सिंचाई योजना यसै नगरपालिका भित्र पर्दछन | दुवै योजनाहरूबाट गरी ११६० हेक्टर सिंचित भुमि र लगभग १५००० जनता लाभान्बित छन् | अरु साना ठुला कुलाहरूको माध्यमबाट धेरै जसो भूमिहरु सिंचित भुमि मै पर्दछन् । तार्कुघाटका फाँटहरु, राईनासटार, कैनिटार, तिनपिप्ले, अल्काटार, ढम्के, टिमुरे, टारी, खरखरे, रयले, ढाँड साथै आसपासका फाँटहरु व्यबसायिक खेतीका लागि उपयुक्त छन् । यति हुँदाहुँदै पनि स्थानीय कृषिमा यान्त्रिकीकरण तथा लामो समयदेखि व्यवसायिकरण हुन नसक्नुलाई ठुलो कमजोरी मान्नुपर्दछ । चेपे र मर्स्यांदी नदि आसपासका फाँटहरु अन्न र तरकारी वालीको लागि उपयुक्त छन् भने, माथिल्लो पहाडी भुमि फलफुल, जैविक तरकारी, जडीबुडी र पशुपालनको लागि उपयुक्त देखिन्छ | व्यवसायिक हिसाबले यान्त्रिकीकरण सहित कृषि तथा पशुपालनमा ध्यान दिने हो भने यो भू-भाग कृषिको उदाहरणीय केन्द्र बन्न सक्छ । विध्यमान कृषि निर्वाहमुखि भन्दा माथि उठ्न सकेको छैन र हालसम्म मानिसहरूको खाने वानीमा सुधार ल्याउन सकिएको छैन ।

ऐतिहासिक राईनासकोट, लिगलिगकोट यो क्षेत्रको गहना मान्नुपर्दछ । त्यसैगरि प्रख्यात धार्मिक स्थल दुधपोखरी जाने प्रमुख पदमार्ग यसै नगरपालिकामा पर्दछ । राइनास कोट, चेपेघाट, चक्रतिर्थ, बोक्सेरह, पन्थेडाँडा कालिका मन्दिर यहाँका महत्त्वपूर्ण धार्मिक स्थलहरु हुन् | नेपाल एकीकरणका सम्मानित पुरुष वीर भक्ति थापाको जन्मस्थल मोहोरियाकोट पनि ऐतिहासिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । पदयात्रा, दृस्यावलोकन, ग्रामिण तथा सांस्कृतिक पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटनको लागि यो क्षेत्रले प्रचुर सम्भावना बोकेको छ | यसैगरी राईनासकोटबाट चेपेनदीको बगरसम्म प्याराग्लाइडिङ, रक क्लाइमीङ साथै साहसिक पर्यटनको लागि पनि उपयुक्त भू-भागहरु पर्दछन । काठमान्डौ, पोखरालुम्बिनीबाट समदुरीमा पर्ने यो ऐतिहासिक क्षेत्र जातीय र सांस्कृतिक सहिष्सुणताको हिसाबले पनि उदाहरणीय नै मान्नु पर्दछ । होमस्टे र दृस्यावलोकन एकैसाथ गर्न सकिने राईनास गाउँ, बोहोरा गाउँ जस्तै जातीय सांस्कृतिक पहिचान सहितका प्रसस्तै गाउँहरु यो नगरपालिका भित्र पर्दछन । चेपे र मर्स्यांदी नदिका किनारहरूलाई जल मनोरन्जनको दृष्टिले विकास गर्ने र समग्रमा यो क्षेत्रलाई रास्ट्रिय स्तरका पदमार्गहरूसँग जोडी पर्यटनको दिर्घकालिन विकाश गर्न सकिन्छ | यसको लागि स्थानीय स्तरमा बहसको सृजना गरी पर्यटन विकाशका साझेदारहरूलाई समाबेश गराउन सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]