सामग्रीमा जानुहोस्

क्व्होलासोथार गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्व्होलासोथार गाउँपालिका
{{{official_name}}}को अवस्थिति
क्व्होलासोथार गाउँपालिका मा पर्दछ गण्डकी प्रदेश
क्व्होलासोथार गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा क्व्होलासोथार गाउँपालिकाको अवस्थिति
क्व्होलासोथार गाउँपालिका मा पर्दछ नेपाल
क्व्होलासोथार गाउँपालिका
क्व्होलासोथार गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८४°१७′E / 28.23°N 84.29°E / 28.23; 84.29
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसूर्यप्रसाद गुरुङ (नेकपा (एमाले))
  उपाध्यक्षगमीमाया गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१७५.३७ किमी (६७.७१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७,९६०
  घनत्व४५/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविक मालिङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

क्व्होलासोथार गाउँपालिका लमजुङ जिल्लाका चार गाउँपालिकाहरू मध्ये एक हो।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका बाग्लुङपानीको १,२,५,६ वडाहरू, मालिङ, उत्तरकन्या, भुजुङ, पसगाउँ, भोजेगिलुङ गाउँ विकास समितिहरूलाई समेटेर क्व्होलासोथार गाउँपालिका घोषणा गरेको थियो।[][]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

क्व्होलासोथार गाउँपालिकाको क्षेत्रफल १७५.३७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १०,०३२ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा बेसीसहर नगरपालिकामर्स्याङ्दी गाउँपालिका, पश्चिममा कास्की जिल्ला, उत्तरमा कास्की जिल्लामर्स्याङ्दी गाउँपालिका र दक्षिणमा मध्यनेपालबेसीसहर नगरपालिका रहेका छन् ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार क्व्होलासोथार गाउँपालिकाको कुल जनसङ्ख्या ७,९६० रहेको छ भने यहाँ २,२७६ घरधुरी रहेका छन्।[]

क्व्होलासोथार गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
बाग्लुङपानी (१, २, ५, ६)७३९७.३४१००.६८
मालिङ१,०४२१४.९२६९.८३
उत्तरकन्या८९५११.४५७८.१६
भुजुङ१,३२१७१.३४१८.५१
पसगाउँ (१-४)८९७१५.६८५७.२०
पसगाउँ (५-९)५१८१०.१३५१.१३
भोजे (१-५)७०२११.९३५८.८४
भोजे (६-९)७०८१६.३९४३.१९
गिलुङ१,१३८१६.२७६९.९४
कुल७,९६०१७५.३६४५.३९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]