सामग्रीमा जानुहोस्

थासाङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थासाङ
थासाङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
थासाङ गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षप्रदिप गौचन (नेकपा (एमाले))
  उपाध्यक्षसोमल हिराचन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२९० किमी (११० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२,८५६
  घनत्व९.८/किमी (२६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविक कोबाङ गाविसको कार्यालय
वेबसाइटthasangmun.gov.np

थासाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका टुकुचेको (१-७)वडाहरू, कोबाङ, लेतेकुञ्जो गाउँ विकास समितिहरूलाई समेटेर थासाङ गाउँपालिका घोषणा गरिएको थियो।[][] थासाङ गाउँपालिकाको क्षेत्रफल २९० वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २,८५६ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा घरपझोङ गाउँपालिकाम्याग्दी जिल्ला, पश्चिममा म्याग्दी जिल्ला, उत्तरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाघरपझोङ गाउँपालिका र दक्षिणमा म्याग्दी जिल्लासम्म छ।[]

थासाङ गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
टुकुचे (१-७)६१०८२.३५७.४१
कोबाङ७६६८०.१५९.५५
लेते (४-९)५३६२१.८८२४.४९
लेते (१-३) र कुञ्जो (९)४३१५९.२४७.२७
कुञ्जो (१-८)५१३४५.९१११.१७
कुल२,८५६२८९.५३९.८६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]