सामग्रीमा जानुहोस्

लो-घेकर दामोदरकुण्ड गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लो-घेकर दामोदरकुण्ड
लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा विभाजनको अवस्थिति
लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा विभाजन
लो-घेकर दामोदरकुण्ड मा पर्दछ नेपाल
लो-घेकर दामोदरकुण्ड
लो-घेकर दामोदरकुण्ड
नेपालको नक्सामा लो-घेकर दामोदरकुण्ड गाउँपालिका
निर्देशाङ्क (चराङ): २९°५′३४″उ ८३°५५′५७″पू / 29.09278°N 83.93250°E / 29.09278; 83.93250
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षलोप्साङ छोम्पेल विष्ट (एमाले)
  उपाध्यक्षछिरिङ ल्हामो गुरुङ (एमाले)
क्षेत्रफल
  जम्मा१,३४४ किमी (५१९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१,४२३
  घनत्व१.१/किमी (२.७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविक चराङ गाविसको कार्यालय
वेबसाइटloghekardamodarkundamun.gov.np

लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमीसुर्खाङ गाउँ विकास समितिहरूलाई समेटेर लो-घेकर दामोदरकुण्ड गाउँपालिका घोषणा गरिएको हो ।[][] लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको क्षेत्रफल १,३४४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,२९२ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्लाचीन, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लोमान्थाङ गाउँपालिका, दक्षिणमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामनाङ जिल्लासम्म छ।[]

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
चराङ४१९३२३.८२१.२९
घमी (५-९)३१४२०२.८९१.५५
घमी (१-४)२३५१८.४९१२.७१
सुर्खाङ (१-६)१७९२९८.१९०.६०
सुर्खाङ (७-९)१४५५००.७४०.२९
कुल१,२९२१,३४४.१३०.९६

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]