सामग्रीमा जानुहोस्

जोमसोम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोमसोम
सदरमुकाम
जोमसोम
जोमसोम
जोमसोम is located in गण्डकी प्रदेश
जोमसोम
गण्डकी प्रदेशको नक्सामा जोमसोम
जोमसोम is located in नेपाल
जोमसोम
जोमसोम (नेपाल)
निर्देशाङ्क: २८°४७′०″उ॰ ८३°४३′५०″पू॰ / २८.७८३३३°N ८३.७३०५६°E / 28.78333; 83.73056निर्देशाङ्कहरू: २८°४७′०″उ॰ ८३°४३′५०″पू॰ / २८.७८३३३°N ८३.७३०५६°E / 28.78333; 83.73056
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ
गाउँ परिषद्घरपझोङ
वडा नम्बर
उन्नतांश
२,७४३ मिटर (८९९९ फिट)
जनसङ्ख्या
 (वि.सं २०६८)[]
 • जम्मा१,३७०
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
हुलाक कोड
३३१००
क्षेत्रीय सङ्केत०६९

जोमसोम नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक साविकको गाउँ विकास समिति तथा घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो।[] जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वारको रूपमा रहेकाे छ। जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ।[]

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार जोमसोमको कुल जनसङ्ख्या १,३७० मध्ये ७०२ पुरुष र ६६८ महिलाहरू ४३० व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन्।[]

तिब्बती भाषामा जोङ्साम भन्नाले नयाँ किल्ला भन्ने जनाउँछ। त्यही शब्द अपभ्रंश भएर जोमसोम शब्द बन्न गएको हो। स्थानीय नेपाली भाषामा यसलाई झुम्सा पनि भनिन्छ।[]

भौगोलिक स्थिति

[सम्पादन गर्नुहोस्]

जोमसोम अन्नपूर्ण हिमशृङ्खलाको उत्तर पट्टी रहेको हुनाले यहाँ अत्यन्त कम मात्रामा पानी पर्दछ। उच्च हिमाली भेग भएको हुनाले दिउँसाेको समयमा उच्च बेगले हावा बहने गर्दछ।[]

सञ्चार तथा यातायात

[सम्पादन गर्नुहोस्]

जोमसोममा जोमसोम विमानस्थल रहेको छ जहाँबाट पोखरा सम्म सिधा हवाई सम्पर्क हुने गर्दछ। त्यसका साथै यहाँबाट कालीगण्डकी नदीको तीरै तीर हुँदै गोरेटो बाटोले दक्षिणमा बेनी तथा बाग्लुङ बजार सम्म यसलाई जोड्ने गर्दछ। हाल बेनीबाट जोमसोमलाई जोड्न एक सडक पनि निर्माण हुँदै छ।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "National Population and Housing Census 2011", Central Bureau of Statistics, नोभेम्बर २०१७, मूलबाट २७ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१८ मिति
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  3. ३.० ३.१ ३.२ "जिल्ला विकास समिति, मुस्ताङ (जिल्ला परिचय)", जिल्ला विकास समिति, मुस्ताङ, http://www.ddcmustang.gov.np/leftall_blank.php?page=intro_detail। 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
  5. "पोखरा–जोमसोम सिधा बस सेवा सुरु", रिपोर्टर्स नेपाल, रिपोर्टर्स नेपाल, २ चैत, २०७१, अन्तिम पहुँच २ चैत [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

जोमसोम विकियात्रामा यात्रा सहयोगी