सामग्रीमा जानुहोस्

मादी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मादी गाउँपालिका
मादी गाउँपालिका मादी गाउँपालिका-को अवस्थिति
मादी गाउँपालिका
मादी गाउँपालिका कास्की जिल्ला-को अवस्थिति
मादी गाउँपालिका
मादी गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
मादी गाउँपालिका
मादी गाउँपालिका नेपाल-को अवस्थिति
मादी गाउँपालिका
निर्देशाङ्क: २८°१५′२१″ उत्तर ८४°०६′०४″ पूर्व / २८.२५५७११° उत्तर ८४.१०१०२८° पूर्व / 28.255711; 84.101028
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदेवीजङ्ग गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षकल्पना गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा४६९.६९ किमी२ (१८१.३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,१४२
 • घनत्व३४/किमी२ (८९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६१
केन्द्रसाविक थुमाकोडाँडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मादी गाउँपालिका कास्की जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पार्चे, नामार्जुङ, थुमाकोडाँडा, कालिका (६-९), सिल्दुजूरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठाना (२,३) र हंसपुर (५,८) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मादी गाउँपालिकाको कुल जनसङ्ख्या १६,१४२ रहेको छ भने यहाँ ४,०९४ घरधुरी रहेका छन्।[२]

मादी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१पार्चे१,९७७९०.१२२१.९४
२नामार्जुङ९४१२८१.९९३.३४
३थुमाकोडाँडा (१-५)१,२१७६.२६१९४.४१
४थुमाकोडाँडा (६-९)१,२०३६.५९१८२.५५
५कालिका (६-९)१,६९८११.०७१५३.३९
६सिल्दुजूरे (१-५)१,१९०७.३७१६१.४७
७सिल्दुजूरे (६-९)१,२९७७.१७१८०.८९
८मिजुरेडाँडा (१-४)१,५०२१०.२८१४६.११
९मिजुरेडाँडा (५-९)१,५२३१५.९७९५.३७
१०भाचोक१,१८८९.६७१२२.८५
११सैमराङ१,१२०१०.७७१०३.९९
१२माझठाना (२-३) र हंसपुर (५,८)१,२८६१२.४३१०३.४६
कुल१६,१४२४६९.६९३४.३७

भौगोलिक अवस्थिति

[सम्पादन]

मादी गाउँपालिकाको क्षेत्रफल ५६३ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका १२ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा लमजुङ जिल्ला, पश्चिममा पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा पोखरा महानगरपालिका र रूपा गाउँपालिकासम्म छ।[४]

पर्यटन

[सम्पादन]

मादी गाउँपालिका क्षेत्रभित्र पर्ने कपुचे ताल र कोरी डाँडा यस क्षेत्रका प्रमुख पदयात्रा गन्तव्यहरू हुन्। कपुचे तालतर्फ जाने पदयात्रा सामान्यतया २ देखि ३ दिनको अवधिमा पूरा गर्न सकिन्छ। त्यस्तै, कोरी डाँडा पनि यस क्षेत्रको अर्को लोकप्रिय पदयात्रा गन्तव्य हो, जसलाई एउटै ट्रेकिङ रुट प्रणाली अन्तर्गत भ्रमण गर्न सकिन्छ। यी दुवै पदयात्राका लागि सिक्लेस प्रमुख प्रारम्भिक बिन्दुका रूपमा प्रयोग गरिन्छ।[५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
  5. ↑ "Kapuche Lake Trek", Travel Nepal Today, अन्तिम पहुँच ३० मे २०२६।

बाह्य कडीहरू

[सम्पादन]