मादी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मादी
मादी गाउँपालिकाका वडाहरूको अवस्थिति
मादी गाउँपालिकाका वडाहरू
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाकास्की जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • प्रकारस्थानीय तह
 • अध्यक्षबेदबहादुर गुरुङ (नेकपा एमाले)
 • अधिकृतनारायण सापकोटा
 • उपाध्यक्षबिष्णुमाया आचार्य (पौडेल) (नेकपा एमाले)
  • वडा नं. १ मा सुरजकुमार गुरुङ (एमाले)
  • वडा नं. २ मा एक्काजंग गुरुङ (एमाले)
  • वडा नं. ३ मा मनबहादुर गुरुङ (काँग्रेस)
  • वडा नं. ४ मा सत्यराज सापकोटा (एमाले)
  • वडा नं. ५ मा रतनबहादुर गुरुङ (काँग्रेस)
  • वडा नं. ६ मा पसबहादुर बास्तोला (एमाले)
  • वडा नं. ७ मा लालबहादुर गुरुङ (माओवादी)
  • वडा नं. ८ मा यामबहादुर गुरुङ (काँग्रेस)
  • वडा नं. ९ मा तोरणबहादुर गुरुङ (माओवादी)
  • वडा नं. १० मा कुलप्रसाद गुरुङ (एमाले)
  • वडा नं. ११ मा मित्रबहादुर गुरुङ (माओवादी)
  • वडा नं. १२ मा चित्रबहादुर गुरुङ (एमाले)
क्षेत्रफल
 • जम्मा५६३ किमी (२१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,१५३
 • घनत्व३२/किमी (८४/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६१
केन्द्रसाविकको थुमाकोडाँडा गाविसको कार्यालय

मादी गाउँपालिका कास्की जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका नामार्जुङ, थुमाकोडाँडा, कालीकाको (६-९) वडाहरू, सिल्दुजूरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठानाको (२,३) वडाहरू, हंसपुरको (५,८) वडाहरू र पार्चे गाउँ विकास समितिहरूलाई समेटेर मादी गाउँपालिका घोषणा गरिएको हो ।[३][४] मादी गाउँपालिकको कूल जनसङ्ख्या १८,१५३ रहेको छ ।[५]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

मादी गाउँपालिकाको क्षेत्रफल ५६३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका १२ वडाहरूमा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा लमजुङ जिल्ला, पश्चिममा पोखरा लेखनाथ महानगरपालिकामाछापुच्छ्रे गाउँपालिका, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिकारूपा गाउँपालिकासम्म छ ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]