नाशोङ गाउँपालिका
नाशोङ | |
---|---|
![]() नाशोङ गाउँपालिकाको वडा विभाजन | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | मनाङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | चन्द्र घले (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | कमलमाया गुरुङ (नेपाली कांग्रेस) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ७०९.५८ किमी२ (२७३.९७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,९३८ |
• घनत्व | २.७/किमी२ (७.१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६६ |
केन्द्र | साविकको धारापानी गाविसको कार्यालय |
नाशोङ गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका धारापानी, थोचे, र ताचैबगरछाप गाउँ विकास समितिहरूलाई समेटेर नाशोङ गाउँपालिका बनाइएको हो ।[३][४] नाशोङ गाउँपालिकाको क्षेत्रफल ७०९.५८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,९३८ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा नार्फु गाउँपालिका, उत्तरमा नार्फु गाउँपालिका र चीन तथा दक्षिणमा लमजुङ जिल्लासम्म फैलिएको छ ।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।