चामे गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चामे
चामे गाउँपालिकाको वडा विभाजनको अवस्थिति
चामे गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लामनाङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षलोकेन्द्र बहादुर घले (एमाले)
 • उपाध्यक्षमन्द्रिजंग गुरुङ (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा७८.८६ किमी (३०.४५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,१२९
 • घनत्व१४/किमी (३७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६६
केन्द्रसाविकको चामे गाविसको कार्यालय

चामे गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको चामे गाविसलाई नै चामे गाउँपालिका बनाइएको हो ।[३][४] चामे गाउँपालिकाको क्षेत्रफल ७८.८६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,१२९ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा नाशोङ गाउँपालिका, पश्चिम नेस्याङ गाउँपालिकाकास्की जिल्ला, उत्तरमा नार्फु गाउँपालिका र दक्षिणमा कास्की तथा लमजुङ जिल्लासम्म छ ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]