सामग्रीमा जानुहोस्

देवदह नगरपालिका

निर्देशाङ्कहरू: २७°३९′४०″N ८३°३३′५८″E / 27.661°N 83.566°E / 27.661; 83.566
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवदह नगरपालिका
देवदह नगरपालिका is located in लुम्बिनी प्रदेश
देवदह नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा देवदह नगरपालिकाको अवस्थिति
देवदह नगरपालिका is located in नेपाल
देवदह नगरपालिका
देवदह नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३९′४०″N ८३°३३′५८″E / 27.661°N 83.566°E / 27.661; 83.566
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखध्रुवप्रसाद खरेल (नेकपा (एमाले))
 • उपप्रमुखविद्यालक्ष्मी गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१३६.९५ किमी (५२.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७२,४५७
 • घनत्व५३०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट

देवदह नगरपालिका लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला मा अवस्थित एक नगरपालिका हो ।

प्राचिन कोलीय राज्यको राजधानी देवदह पश्चिमाञ्चलको रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवम् बुद्धको मावलीस्थलको रूपमा प्रशिद्ध रहेको छ। देवदह नगरपालिका नेपाल सरकारको २०७१ वैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदहकेरवानी गाउँ विकास समितिहरू मिलेर बनेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा सिक्टन गाविसलाई पनि यसमा गाभिएको थियो।[][] यस नगरपालिकाको पूर्वमा सुनवल नगरपालिका पश्चिममा बुटवल उप-महानगरपालिका उत्तरमा पाल्पा जिल्लाको गोठादी गाविस, चुरे पहाड र दक्षिणमा सिक्टहन गाविसको बिचमा पर्यटकीय नगरीको रूपमा रहेको छ। कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको, विभिन्न जातजातीहरूको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रूपमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवदह नगरपालिकाको कुल जनसङ्ख्या ७२,४५७ रहेको छ भने यहाँ १७,३०० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "७२ नगरपालिका थपिए", अन्नपूर्ण पोष्ट, २५ बैशाख, २०७१, अन्तिम पहुँच २५ बैशाख, २०७१ 
  4. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", अन्नपूर्ण पोष्ट, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]