देवघाट धाम
देवघाट धाम आदिप्रयाग नेपालको गण्डकी अञ्चल मा रहेको तनहुँ जिल्लाको देवघाट, लुम्बिनी अञ्चलको नवलपरासीमा रहेको गैंडाकोट र नारायणी अञ्चलको चितवनमा रहेको भरतपुरको संगम स्थल हो जुन कालीगण्डकी र त्रिशुलीको संगम स्थल मा पर्दछ ।[१][२][३]
परिचय
[सम्पादन गर्नुहोस्]समस्त हिन्दू धर्मावलम्वी हरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आदिप्रयाग देवघाट धाम भएको विद्वानहरूले बताएका छन । यहाँको प्राचीन भग्नावशेष मणिमुकुन्दसेनद्वारा निर्मित मन्दिरहरू र चक्रवर्त्तिशीला हो|सिद्धबाबा गलेश्वर ब्रह्मचारिद्वरा स्थापित आश्रम र वेदवेदांग विद्यालय हो |अन्य आश्रमहरूमा महेश आश्रम, हरिहर आश्रम आदि रहेकाछन् |नवलपरासीतर्फ मौलाकालिका माईको मन्दिरका साथै थुप्रै मन्दिरहरू रहेका छन्| ।[४] हालै मात्र गैर आवासीय नेपाली सँघले एक ठूलो वृद्धाश्रम बनाइदिएको छ, त्यस्तै अन्य वृद्धाश्रम पनि याँहा रहेका छन।[५]
धार्मिक मेला
[सम्पादन गर्नुहोस्]चितवन र तनहुँको संगमस्थल देवघाटमा विभिन्न चाड पर्वहरूमा ठूलो मेला लग्दछ । माघे सक्रातिको दिन त्रिवेणी नुहाउनेको घुइँचो लाग्छ ।[६][७][८] यहाँका मानीसहरूको जीवनको अन्त्यतिर धर्म प्राप्तीका लागि जान लालायीत हुने गर्दछन ।[९][१०] नारायणी र काली गण्डकी नदीहरूको मनोरम प्रकृतीक जलधारा र सफा कन्चन जल अन्य पर्यटक का आकर्षण हुन । पोखरा बसपार्कबाट बस मार्फत तथा ट्याक्सी माफर्त देवघाट सजीलै जान सकिन्छ ।[११]
आश्रमहरू
[सम्पादन गर्नुहोस्]- महेश संन्यास आश्रम
- गलेश्वर संन्यास आश्रम
- हरिहर संन्यास आश्रम
- बालिका आश्रम[१२]
- गर्ग-ऋषीआश्रम[१३]
- शंकराचार्य आश्रम १४
आद्य जगद्गुरु आचार्य शंकरको स्मृतिमा स्वामी रामानन्द सरस्वतीद्वारा २०३८मा स्थापित आश्रम
[["वेदो नित्यमधीयताम् तदुदितं कर्म स्वनुष्ठीयताम् "वेदहरूको नित्य अध्ययन गर्नुहोस् र वेदोक्त कर्महरूको अनुष्ठानगर्नुहोस्|"वेदो नित्यमधीयताम् तदुदितं कर्म स्वनुष्ठीयताम् "वेदहरूको नित्य अध्ययन गर्नुहोस् र वेदोक्त कर्महरूको अनुष्ठानगर्नुहोस्]]-आचार्य शंकर
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "देवघाटधाम", चितवन पर्यटन विकास समिति।
- ↑ "देवघाट धाम नै आदिप्रयाग भएको पुष्टी", इमेज खबर, इमेज खबर, २० जेष्ठ, २०७०, अन्तिम पहुँच जेष्ठ १९।[स्थायी मृत कडी]
- ↑ "देवघाट क्षेत्र विकास समिति (गठन) आदेश, २०५०"।
- ↑ "मौलाकालिका माई", नागरिक न्युज, नागरिक न्युज, ३ असार, २०७०, अन्तिम पहुँच ३ असार, २०७०।
- ↑ अर्याल, कमलप्रसाद (२०७० पौष १७), "हाम्रो गौरव हाम्रो शान हामी सबैको देवघाट धाम", हेल्लो नेपाल कोरिया, दक्षिण कोरिया, अन्तिम पहुँच २०७० पौष १७।
- ↑ "देवघाट, धनुषा धाम र बराह क्षेत्रमा मेला", नेपलीज, नेपालीज, माघ १, २०७१, अन्तिम पहुँच माघ १। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०७ मिति
- ↑ "देवघाटमा श्रद्धालुको घुइँचो", कान्तिपुर, कान्तिपुर, २०७१ माघ २, अन्तिम पहुँच माघ २।[स्थायी मृत कडी]
- ↑ "देवघाट धाममा बोलबम मेला सुरु", हाम्रा कुरा, हाम्रा कुरा, साउन १, २०६९, अन्तिम पहुँच १ साउन।[स्थायी मृत कडी]
- ↑ "लोकप्रिय देवघाट र नेपाल भिडियो प्लेलिस्ट"।
- ↑ हमाल, चाँदनी (१२ बैशाख, २०७२), "चमक गुमाउँदै देवघाट", नागरिक न्युज, अन्तिम पहुँच १२ बैशाख।
- ↑ "देवघाट रामनगर पर्यटन मार्गको निर्माण प्रक्रिया शुरु" (४ पुस, २०७०), कालिका एफ एम, कालिका एफ एम, अन्तिम पहुँच ४ पुस।[स्थायी मृत कडी]
- ↑ "अनाथ बालबालिका संरक्षणमा बालिका आश्रम", अनलाईन खबर, अनलाईन खबर, बैशाख ६, २०७२, अन्तिम पहुँच बैशाख ६। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२३ मिति
- ↑ श्रेष्ठ, शिवराज (२०७२), "वैदिक युगको धार्मिक पर्यटन क्षेत्र 'देवघाट’", आर्थिक राष्ट्रिय दैनिक, आर्थिक राष्ट्रिय दैनिक, अन्तिम पहुँच २०७२।[स्थायी मृत कडी]